नेपालको अपत्यारिलो जितका ३ हिरो

  • विकेटनेपाल, २५ माघ, बिहिबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गर्दै नेपालले महत्वपूर्ण २ अंक बटुलेको छ। टस हारेर ब्याटिंग गर्दै नामिबियाले १३८ रन बनाएपछि १३९ रनको लक्ष नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाई जितेको थियो।

हारको संघारमा पुगेको खेललाई चमत्कारिक ढंगले बदल्दै जित हात पार्नेक्रममा ३ नेपाली खेलाडीहरुले बिशेष प्रदर्शन गरेका थिए।

सोमपाल कामि  

सोमपाल कामिले नामिबियन ब्याट्सम्यानहरुलाई उसैको घरमा घुंडा टेकाउन उत्कृस्ट बलिंग गरे। नामिबियाको इनिंग १३८ मै सिमित गर्न सोमपालले नामिबियाको माथिल्लो क्रमका ३ जना ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए।

पहिलो ओभरको पाँचौ बलमा ओपनर लुइस भान डरको स्टम्प उडाएका सोमपालले त्यसपछि पाँचौ ओभरमा स्टेफेन बार्डलाई पनि विकेटकिपर दिलिप नाथको हातमा क्याच थमाएपछी नामिबियाको विकेट पटक सुरु भएको थियो। सोमपाल त्यतिमै रोकिएनन् रिटायर्ड आउट भएपछि मैदान बाहिरिएका जेन ग्रिनको विकेट ३२ औ ओभरमा २२ रनको स्कोरमा बोल्ड आउट गर्दै नामिबियाको इनिंग छिटो समाप्त गर्न अहम योगदान दिए। ब्याटिंगतर्फ पनि सोमपालले १३ रनको महत्वपूर्ण इनिंग खेल्दै जितमा अहम योगदान दिए ।

Sandeep Lamichhane
Sandeep Lamichhane

सन्दिप लामिछाने 

आईपीएल खेल्न छनौट भएपछि पहिलो पटक अधिकारिक  प्रतियोगिता खेलीरहेका सन्दिपले आशा गरे अनुरुप उत्कृस्ट बलिंग गरे। खेलको म्यान अफ द म्याच समेत चुनिएका उनले अन्तिम विकेटको लागि बसन्त रेग्मीसंग महत्वपूर्ण १८ रनको साझेदारी गर्दै जितमा महत्वपूर्ण योगदान दिए। निकै किफायती बलिंग गर्ने क्रममा सन्दिपले ८.२ ओभरमा २ मेडन ओभर फाल्दै १८ रन खर्चिए। यस क्रममा उनले ४१ रन बनाएर आक्रामक ब्याटिंग गरेका क्रेग विलियम्सलाई एलबिडब्लु आउट गरेका थिए।

बसन्त रेग्मी 

नवौं नम्बरमा ब्याटिंग गर्न आएका बसन्त रेग्मीलेखेल जीवनकै उत्कृस्ट मध्येको पारि खेल्दै नेपाललाई १ विकेटको जित दिलाउने क्रममा चमत्कारिक योगदान दिए। शरद भेसावकरले विकेट गुमाएपछि ब्याटिंग गर्न आएका रेग्मीले अविजित २४ रनको इनिंग खेल्ने क्रममा २४ बलको समाना गर्दै २ चौका र १ छक्का प्रहार गरेका थिए।

आठौँ विकेटको लागि रोहित पौडेलसंग ११ रनको साझेदारी गरेपछि रोहित आउट हुँदा बसन्तले ४९ औं ओभरमा छक्का र अन्तिम ओभरमा चौका प्रहार गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए।

अन्तिम २ ओभरमा नेपाललाई जितको लागि  १६ रन आवस्यक रहंदा बसन्त रेग्मीले ४९ औ ओभरको चौथो बलमा छक्का प्रहार गरेका थिए। त्यसपछि अन्तिम ओभरमा जितको लागि ७ रन आवस्यक रहंदा अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका देब्रे हाते ब्याट्सम्यान बसन्तले ओभरको दोश्रो बलमा चौका प्रहार गरेका थिए। ४९.३ ओभरमा फ्रीलिंकको बल लेग साइडमा वाइड भएपछि नेपालले ३ बल बाँकी छदै खेल जितेको थियो।

बलिंग तर्फ पनि बसन्तले १ विकेट ( ७-०-२६-१ ) लिने क्रममा फर्ममा रहेका कोट्जेको विकेट लिएका थिए।

खेलको स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल ओमानसंग शुक्रबार खेल्नेछ। खेल नेपाली समय अनुसार १:१५ बजे दिउसो सुरुहुनेछ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]