युएई बिरुद्ध रोमान्चक जितमा महत्वपूर्ण योगदान दिने ६ नेपाली खेलाडी

Dipendra Airee
  • विकेटनेपाल – १८ माघ, शुक्रवार

घरेलु टोलि युएई बिरुद्धको दोस्रो टि-२० अन्तर्राष्ट्रिय खेलमा ४ विकेटको रोमान्चक जित निकाल्दै नेपालले ३ खेलको शृंखला १-१ को बराबरीमा ल्याएको छ।

दुबई स्थित आइसीसी एकेडेमीमा शुक्रवार सम्पन्न खेलमा नेपाललाई जित दिलाउन दिपेन्द्र सिंह ऐरीले सानदार ब्याटिंग गरे। युएईले दिएको १०८ रनको सामन्य लक्ष्य पछ्याउने क्रममा कुनै समय ४६/५ को खराब अवस्थामा पुगेको नेपालको इनिंगलाई ऐरी र पवन सर्राफको साझेदारीले जितको नजिकसम्म पुर्याएको थियो।

छैठौं विकेटका लागि सर्राफ र ऐरीले ५५ रनको साझेदारी गर्दा पवन अन्तिम ओभरको पहिलो बलमा १८ रनको निजि स्कोरमा पभेलियन फर्किए। त्यसको लगत्तै अर्को बललाई छक्का र तेस्रो बललाई चौका प्रहार गर्दै ऐरीले नेपालको जित सुनिस्चित गरे। ४७ रनमा अविजित रहेका दिपेन्द्रले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

यसअघि पहिले ब्याटिंग गरेको युएईले खराब प्रदर्शन गर्दै १९.२ ओभरमा १०७ रनमा सबै विकेट गुमाएको थियो। उसका सिपि रिज्वनले सर्वाधिक ४४ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेको थिएन। नेपालको बलिंगमा अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिएका थिए।

नेपालको जितमा महत्वपूर्ण योगदान दिने ६ खेलाडीहरु – 

दिपेन्द्र सिंह ऐरी  ( ४७* रन ) :-

युएई शृंखला अन्तर्गत ३ एक दिवसीय अन्तर्राष्ट्रिय र पहिलो टि-२० अन्तर्राष्ट्रियमा दिपेन्द्र ऐरीको ब्याट नचल्दा उनी आलोचनाको शिकार बनेका थिए। तर दोस्रो टि-२० खेलमा ऐरीले अतिआवश्यक ४७ रनको अविजित इनिंग खेल्दै नेपाललाई जित दिलाए। त्यसक्रममा उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

खेलको प्लेयर अफ दि म्याच बनेका ऐरीले टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक रन बनाउंदा नेपालले खेलमा रोमान्चक जित हात पार्यो। युएईले दिएको १०८ रनको सामन्य लक्ष्य पछ्याउने क्रममा नेपाल ३५/३ को खराब अवस्थामा रहंदा दिपेन्द्र ब्याटिंग गर्न गर्न उत्रिएका थिए। त्यसपश्चात उनले करन केसीसंग चौथो विकेटको लागि मात्र ४ रनको साझेदारी गर्न सके। करनको विकेट पश्चात थप ७ रन जोड्दा सन्दिप जोरा समेत पभेलियन फर्किए।

खराब अवस्थामा रहेको नेपालको ब्याटिंगलाई दिपेन्द्रले पवन सर्राफसंग छैठौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै जितको नजिक पुर्याए। जितका लागि ७ रन आवश्यक हुँदा पवनले अन्तिम ओभरको पहिलो बलमा आफ्नो विकेट गुमाएका थिए। त्यसको लगत्तै दिपेन्द्रले छक्का र चौका प्रहार गर्दा नेपाल खेलमा जित दर्ता गर्यो।

Avinash Bohara
Avinash Bohara

अविनाश बोहोरा ( ३/२० ) :-

दोस्रो टि-२० खेलमा नेपालको जितमा अविनाश बोहोराको समेत ठूलो भूमिका रह्यो। आफ्नो दोस्रो मात्र खेल खेलेका बोहोराले अनुसाशित बलिंग गर्दा युएईले रन जोड्ने मौका पाउन सकेको थिएन। आफ्नो ४ ओभरको स्पेलमा अविनाशले मात्र २० रन खर्चिएर ३ विकेट चट्काए।

टस जितेर ब्याटिंगमा उत्रिएको युएईका लागि सर्वाधिक रन जोडेका सिपि रिज्वन ( ४४ रन ) सहित अमिर हायात र बिष्फोटक ब्याटिंगको क्षमता राख्ने कप्तान मोहम्मद नाबिदको विकेट अविनाशले लिएका थिए। खेलको अन्तिम ओभरहरु तर्फ सटिक योर्कर र सुस्त गतिको बल फालेर अविनाशले युएईको स्कोरिंग रेटमा रोक मात्र लगाएनन् महत्वपूर्ण ३ विकेट समेत आफ्नो नाम गरे। ४ ओभरको स्पेलमा २० रन खर्चिएर ३ विकेट लिएका बोहोरासंगै अन्य नेपाली बलरहरुको प्रदर्शनमा युएई १०७ रनमा समेटिएको थियो।

Karan KC ( Photo – Thenational.ae )

करन केसी ( २० रन र २/२२ ) :-

टि-२० फर्म्याटका लागि उपयोगी मानिने करन केसीको अलराउण्ड प्रदर्शन नेपालको जितमा महत्वपूर्ण रह्यो। करनले दोस्रो टि-२० मा ब्याटिंग र बलिंग दुबैतर्फ बाट टोलीका लागि योगदान गरे।

बलिंगतर्फ आफ्नो ३.२ ओभरको स्पेलमा करनले २२ रन खर्चिएर २ विकेट लिएका थिए। करनको बलिंगमा मोहम्मद बुता र जहुर खानले आफ्नो विकेट गुमाएका थिए। बिष्फोटक ब्याटिंगको क्षमता राख्ने बुतालाई करनले पभेलियनको बाटो देखाउँदा युएई १०७ रनमा समेटिन पुग्यो।

जवाफी ब्याटिंगमा उत्रिएको नेपालको लागि करनले ब्याटिंगबाट समेत योगदान गरे। कप्तान पारस खड्का (०) लाई इनिंगको दोस्रो बलमा गुमाएपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका करनले २३ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे। त्यसक्रममा उनले दोस्रो विकेटका लागि प्रदिप ऐरी ( ८ ) संग ८, तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल ( ७ )संग २६ र दिपेन्द्र सिंह ऐरीसंग चौथो विकेटका लागि ४ रनको साझेदारी गरेका थिए।

Pawan Sarraf
Pawan Sarraf

पवन सर्राफ ( १८ रन ) :-

डेब्यु खेलमा पवन सर्राफको प्रदर्शन समेत नेपाली टोलीका लागि महत्वपूर्ण रह्यो। सुरुवातमा बलिंगतर्फ एक मात्र ओभर गरेका सर्राफले ८ रन खर्चिएका थिए। सो ओभरमा उनले विकेट लिने मौका सृजना गरेपनि आफ्नै बलिंगमा उनले स्वयं क्याच छाड्न पुगे।

ब्याटिंगतर्फ भने सर्राफको योगदान नेपालको जितमा अहं साबित भयो। ४६ रनको स्कोरमा पाँचौं विकेट स्वरूप सुन्दिप जोरा पभेलियन फर्किएपछि ब्याटिंगमा उत्रिएका पवनले संयमित पारि खेले। २५ बल खेल्दा पवनको ब्याटबाट २ चौका सहित १८ रन बन्यो। त्यसक्रममा उनले दिपेन्द्र सिंह ऐरीसंग छैठौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपालको जित सुनिस्चित गरे।

Sompal Kami
Sompal Kami

सोमपाल कामि ( २/१५ ) :- 

खेलमा टस जितेर ब्याटिंग गर्ने क्रममा युएईले कमजोर सुरुवात गर्नुको पछाडी सोमपालको बलिङ्ग प्रमुख कारण थियो। सोमपालले युएई ओपनर अश्फाक एहमद र्तेश्रो नम्बरका घुलाम शब्बिरलाई तेश्रो ओभरसम्म पेभेलियन फर्काएपछि युएई सुरुवात देखि दबाबमा थियो। सोमपालले दिएको सुरुवाती दबाब पछि युएईले पुनः खुलेर खेल्न सकेन। सोमपालले सुरुमै लगातार ४ ओभर बलिङ्ग गर्दा मात्र १५ रन दिएर २ विकेट लिए।

सन्दिप लामिछाने – 

युएईको सुरुवात विकेट गुमे पछि नेपाली लेग स्पिनर सन्दिपले मध्यक्रमको २ महत्वपूर्ण विकेट लिने क्रममा शैमन अनवर र मोहमद उस्मानलाई पेभेलियन फर्काएर खतरा टारेका थिए। सन्दिपले ४ ओभरमा मात्र १९ रन खर्चेर २ विकेट लिए।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]