४ खेलाडी जसले मलेसियालाई पराजित गर्न महत्वपूर्ण योगदान दिए

  • विकेटनेपाल,भदौ १६ 

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिता अन्तर्गत नेपालले मलेसिया बिरुद्धको खेलमा जित दर्ता गरेको छ। प्रतियोगितामा तेस्रो खेल खेलेको नेपालको यो पहिलो जित समेत हो। नेपालले प्रतियोगिताको अघिल्लो २ खेलमा ओमान र युएईसंग पराजय बेहोरेको थियो।

बायुमास ओभल मैदानमा बर्षा बाधक बनेको खेललाई ३० ओभरमा झारिएको थियो। टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको १८९ रनको लक्ष्यको पिछा गरेको घरेलु टोलीले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो। उसको चेजमा अनवर अरुदीन र स्येद अजिजले समान ३४-३४ रनको पारि खेले। नेपालको बलिंगतर्फ बसन्त रेग्मीले सर्वाधिक ३ तथा सन्दिप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए। यसअघि नेपाललाई १८८ रनको स्कोरसम्म पुर्याउन आरिफ शेखले अविजित ६४ तथा दिपेन्द्र ऐरीले ५४ रन जोडेका थिए।

यी हुन् नेपालको जित पछाडीका ४ खेलाडीहरु :

Dipendra Airee
Dipendra Airee

१) दिपेन्द्र सिंह ऐरी : नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित भए। ब्याटिंगतर्फ अर्ध-शतक जोड्ने क्रममा दिपेन्द्रले ५४ रनको इनिंग खेलेभने बलिंगतर्फ समेत १ विकेट चट्काए। कुनै समय ६०/५ रहेको नेपालको ब्याटिंगलाई उकास्न दिपेन्द्रले आरिफ शेखसंग छैठौं विकेटका लागि १०१ रनको साझेदारी गरेका थिए। त्यसक्रममा उनले ५१ बलमा ६ चौका र १ छक्का सहित ५४ रन जोडे। दोस्रो इनिंगमा बलिंगतर्फ समेत दिपेन्द्रको प्रदर्शन उत्कृस्ट रह्यो। आफ्नो ६ ओभरको स्पेलमा दिपेन्द्रले २५ रन खर्चेर ३४ रन बनाएका स्येद अजिजको महत्वपूर्ण विकेट लिन सफल भए।

Aairf Sheikh
Aairf Sheikh

२) आरिफ शेख : मलेसिया बिरुद्ध नेपालको जित दर्ता गराउन आरिफ शेखको प्रदर्शन धेरै महत्वपूर्ण रह्यो। माथिल्लो क्रमका ब्याट्सम्यानहरुले खराब प्रदर्शन गर्दा ६० रन जोड्न ५ विकेट गुमाएको नेपालको ब्याटिंगलाई आरिफ र दिपेन्द्रको साझेदारीले उकासेको थियो। दिपेन्द्रसंग १०१ रनको साझेदारी गर्ने क्रममा आरिफले ४८ बलमा ५ चौका र २ छक्का सहित ६४ रन जोडे। आरिफले अविजित बन्दै अन्त्यसम्म ब्याटिंग गर्दा नेपालले ३० ओभर पुरा ब्याटिंग गर्दै १८८ रन जोडेको थियो।

Basant Regmi
Basant Regmi

३) बसन्त रेग्मी : नेपाली क्रिकेटका ” संकटमोचक ” बसन्त रेग्मीको बलिंग प्रदर्शन मलेसियालाई पराजित गर्न महत्वपूर्ण बन्यो। ब्याटिंगमा समेत अन्त्यतर्फ आरिफ शेखको साथ निभाउंदै ६ रनमा अविजित रहेका बसन्तले बलिंगतर्फ समेत मोर्चा सम्हाले। आफ्नो ६ ओभरको स्पेलमा बसन्तले ३६ रन खर्चेर ३ विकेट आफ्नो नाम गरे। कसिलो बलिंग गर्नेक्रममा बसन्तले १५ डट बल गरेका थिए। आफ्नो स्पेलमा बसन्तले कप्तान अहमद फैज, भिरन्दिप सिंह र शर्भिन मुनिएन्डीको महत्वपूर्ण विकेट हात पारे।

Sandeep Lamichhane
Sandeep Lamichhane

४. सन्दिप लामिछाने  दोश्रो इनिंगमा १८९ को लक्ष्य पछ्याउने क्रममा मलेसियाले आक्रामक सुरुवात गरेको थियो जुन क्रममा ५ ओभरमा स्कोर ४७ रन थियो। ९ भन्दा माथिको रन गतिमा अघि बढीरहेको घरेलु टोलिको रफ्तार थाम्न र दबाब शृजना गर्न छैठौं ओभर बलिङ्ग गर्न आएका लामिछानेले पहिलो ओभरनै मेडन गरे। पहिलो ३ ओभरमा मात्र ६ रन खर्चिए पछि मलेसियाको रन गति ९ बाटमा पुग्दा ७ भन्दा कम पुगीसकेको थियो जुन दबाबको फाइदा अन्य बलरले उठाए। आफ्नो दोश्रो स्पेल बलिङ्ग गर्न आउने क्रममा गुग्लि ब्वाईले खेल को २७ औं ओभरमा २ विकेट लिंदै मलेसियाको जितको आशा भंग गरेका थिए। कुल ६ ओभरमा उनले २० रन खर्चेर २ विकेट हात पारे र जितमा अहम योगदान दिए।

प्रतियोगिताको फाइनल पुग्दै एसिया कपको सपना कायम गर्न नेपाललाई आफ्ना सबै खेल जित्ने दवाब रहेको छ। नेपालले बाँकीका आफ्ना खेलमा आइतवार सिंगापुर र मंगलवर हंगकंगको सामना गर्दैछ।

नेपालको बाँकी खेल तालिका :- २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]