पहिलो अभ्यास खेलमा नेपालको जितका ३ नायक

Aarif Sheikh , Lalit Rajbanshi
  • विकेटनेपाल – ६ भदौ, बुधवार

मलेसियामा आयोजना हुने एसिया कप छनौटको तयारिका लागि श्रीलंकामा रहेको नेपाली टोलीले आफ्नो पहिलो अभ्यास खेलमा जित हात पार्यो। नेपालले घरेली टोलि श्रीलंकाको आर्मी क्रिकेट क्लबलाई ६७ रनको अन्तरले पराजित गर्यो। कम योगफलको खेलमा नेपालको लागि आरिफ शेखले उत्कृस्ट ब्याटिंग प्रदर्शन गर्दै ८९ रनको इनिंग खेले। बसन्त रेग्मी र सोमपाल कामीको ३ विकेट समेत नेपालको जितमा प्रभावकारी बन्यो।

टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको नेपाली टोलीले ४८.४ ओभरमा सबै विकेट गुfमाएर १९४ रन जोडेको थियो। जवाफमा १९५ रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलीले नेपाली बलिंगको अगाडी ३६.१ ओभर मात्र ब्याटिंग गर्न सक्यो। आर्मीले १२७ रन जोड्न सबै १० विकेट गुमाएपछि नेपालले पहिलो अभ्यास खेलमा ६७ रनको जित हात पार्यो।

यी हुन् नेपालको पहिलो अभ्यास खेलका जितका ३ नायकहरु :

१) बसन्त रेग्मी :

नेपाली क्रिकेटका “संकटमोचक ” का रुपमा परिचित बसन्त रेग्मीको प्रदर्शन समेत श्रीलंकाको आर्मी क्रिकेट टोलीलाई पराजित गर्न महत्वपूर्ण रह्यो। विशेषतः आफ्नो बलिंगका लागि चिनिने बसन्त रेग्मीले महत्वपूर्ण समयमा ब्याटिंगमा समेत सहयोग गर्दै आएका छन्।

Basant Regmi
Basant Regmi ( File Photo )

पहिलो अभ्यास खेलमा समेत नेपालको ब्याटिंग समस्यामा रहेको समयमा बसन्त रेग्मीले सहयोगी भूमिका खेले। आरिफ शेखसंग आठौँ विकेटका लागि २९ रनको साझेदारी गर्दै बसन्तले नेपालको ब्याटिंग सम्हाल्ने प्रयास गरेका थिए।

दोस्रो इनिंगमा १९५ रनको सामन्य लक्ष्यको बचाउ गर्न बलिंगमा नेपाल उत्रिंदा समेत बसन्त रेग्मीको प्रदर्शन खास रह्यो। आफ्नो ७.१ ओभरको स्पेलमा बसन्तले १ मेडन सहित मात्र २० रन खर्चिएर ३ विकेट लिए। क्रिजमा जमेर ब्याटिंग गरिरहेका जगथ राजापाक्षेको विकेट लिंदै बसन्तले नेपालको जित सुनिस्चित गरेका थिए।

Sompal Kami
Sompal Kami ( File Photo )

२) सोमपाल कामी :

नेपाली क्रिकेट टोलीका मुख्य तिब्र गतिका बलर सोमपाल कामीको बलिंग प्रदर्शन समेत नेपाललाई जित दिलाउन महत्वपूर्ण रह्यो। ब्याटिंगमा योगदान गर्न नसकेपनि सोमपालले बलले आफ्नो जिम्मेवारी पुरा गरे।

आफ्नो ७ ओभरको स्पेलमा सोमपालले १ मेडन सहित ३१ रन खर्चिएर महत्वपूर्ण ३ विकेट चट्काए। आर्मी क्रिकेट कल्बका माथिल्लो क्रमका ३ ब्याट्सम्यानहरुलाई सस्तैमा पभेलियनको बाटो देखाउंदै सोमपालले नेपालको जितको जग बसालेका थिए।

Aarif Sheikh
Aarif Sheikh ( Photo – Raman Shiwakoti )

३) आरिफ शेख :

नेपालको पहिलो अभ्यास खेलमा जितको अहम नायक बनेको नाम हो आरिफ शेख। टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको नेपालले सुरुवात खराब गरेको थियो। श्रीलंकाका घरेलु बलरहरुको सामुन्ने नेपाली माथिल्लो क्रमका ब्याट्सम्यानहरु निरिह बनेको समयमा आरिफले भने एक छेउबाट इनिंग थाम्दै खेललाई अगाडी बढाए। स्कोरकार्ड

३६ रन जोड्दा तेस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल पभेलियन फर्किएपछि मैदान छिरेका आरिफले उत्कृस्ट ब्याटिंग गर्दै ११८ बल खेल्दै ५ चौका र ४ छक्का सहित ८९ रनको इनिंग खेले। पछिल्लो क्रमका ब्याट्सम्यानहरु बसन्त रेग्मी, ललित सिंह भण्डारी र ललित राजबंशीसंग महत्वपूर्ण साझेदारी गर्दै टोलीको स्कोरलाई १९४ रनसम्म पुर्याए। उनको इनिंगकै सहयोगमा नेपालले पहिलो अभ्यास खेलमा जित दर्ता गर्यो।

नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा अगष्ट २४ तारिकमा ब्लुमफिल्डको सामना गर्नेछ। यस्तै तेस्रो तथा अन्तिम अभ्यास खेलमाभने अगष्ट २६ तारिकमा नेपालले कोल्ट्सको सामना गर्नेछ। ३ अभ्यास खेलपछि १५ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागिता जनाउन अगष्ट २७ तारिकमा मलेसियातर्फ प्रस्थान गर्नेछ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]