३ खेलाडी जसले अफगानिस्तानलाई पराजित गर्न शानदार प्रदर्शन गरे

Sagar Dhakal
  • विकेटनेपाल, भदौ ३१ – आइतबार 

टेस्ट राष्ट्र अफगानिस्तान माथि शानदार जित जात पार्दै नेपाल यु-१९ क्रिकेट टिमले भारत चौकोणीय सिरिजमा पहिलो जित दर्ता गरेको छ। यु-१९ युथ एसिया कपको बिजेता राष्ट्र तथा नेपाल भन्दा स्तरीय टिम मानिने अफगानिस्तान माथिको जितले भविष्यमा नेपालको लागि खेल्न युवा क्रिकेटरहरु तयार छन् भन्ने देखाएको छ।

खेलमा टस जितेर नेपाललाई ब्याटिंग दिएपछि नेपालले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८९ रन मात्रै बनाउन सक्यो। १९० रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४७.४ ओभरमा १६४ रनमा सबै विकेट गुमाउन पुग्दा नेपालले खेल जित्यो। स्कोरकार्ड 

नेपालको जितमा शानदार प्रदर्शन गर्दै अहम योगदान दिने ३ खेलाडीहरु- 

पवन सर्राफ ( ७८ रन , १ विकेट ) 

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले अत्यन्त खराब सुरुवात गर्ने क्रममा पहिलो ३ विकेट ४.३ ओभरमा ७ रन  योगफलमै गुमाउन पुग्दा लज्जास्पद हारको खतरा नेपाल सामु थियो। त्यसपछि लोकेश बम ( १६ ) र सन्दिप जोरा ( २८ ) ले साझेदारी गर्ने प्रयास गरे पनि लगातार दुवैले विकेट गुमाउदा नेपाल सानो योगफलमै समेटिने परिस्थितितर्फ गएको थियो।

Pawan Sarraf
Pawan Sarraf

तर त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका सर्राफले छैठौं विकेटको लागि भिम शार्कीसंग ३० रन, आठौँ विकेटको लागि कमल ऐरिसंग २६ रन तथा आठौँ विकेटको लागि रासिद खानसंग ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो स्कोरतर्फ डोर्याए। अविजित इनिंग खेल्ने क्रममा सर्राफले ७८ रन बनाए जुन क्रममा ९६ बलमा १० चौका र १ छक्का प्रहार गरे।

बलिङ्गतर्फ पनि अफ स्पिनर पवनले १ विकेट लिए जुन क्रममा १० ओभरमा मात्र ३२ रन खर्चिए।

रासिद खान ( २४ रन र २ विकेट ) 

नवौं नम्बरमा ब्याटिंग गर्न रासिद खान आउदा नेपालको योगफल ११६/७ थियो। जसपछि नेपाल चाडैंनै अलआउट हुने खतरा थियो भने अर्को किनारमा राम्रो ब्याटिंग गरिरहेका पवन सर्राफलाई साथ दिने ब्याट्सम्यान भए सम्मानजनक स्कोर पुरा गर्ने आशा अर्कोतर्फ थियो।

Rashid Khan
Rashid Khan

रासिदले संयमतापुर्वक ब्याटिंग गर्दै पवनलाई राम्रो साथ दिने र १/२ रन लिंदै स्ट्राईक प्रदान गर्ने काम गरे। ४९ बलमा २ चौका मदतले २४ रन बनाएर आउट भए पनि उनले सर्राफसंग मिलेर नेपालको स्कोर ११६/७ बाट १८१/८ बनाईसकेका थिए।

ब्याटिंगमा मात्रै हैन बलिङ्गमा पनि तिब्र गति बलर खानले २ विकेट हात पारे जुन क्रममा अर्धशतक बनाएर नेपालको जितमा तगारो बनेका अफगानी कप्तान इजाज मेहरानको विकेट लिएका थिए। ४.४ ओभरमा उनले २६ रन खर्चे।

सागर ढकाल  ( ४ विकेट ) 

यु-१९  टिम छनौट गर्न आयोजित ट्यालेन्ट हन्ट हुँदै नेपाली टिममा स्थान बनाएका सागर ढकालको देब्रे हाते स्पिन नेपाली घरेलु क्रिकेटमा परिचित मानिन्छ। नेपाली ठुला लिगहरुमा स्थान नबनाए पनि ढकालले खुकुरी कप, नेपालगंज कप तथा अन्य स्थानीय प्रतियोगितामा लगातार बलिङ्ग गरेर प्रभाव जमाईसकेका थिए।

यस अघि सिरिजमा भारत ‘बि’ संग खेल्दा पनि १० ओभरमा ४ मेडन ओभर गर्दै २४ रन मात्र खर्चेर १ विकेट लिएका सागरले त्यही लयलाई कायम गर्ने क्रममा अफगानिस्थानमाथि हावी भए।

Sagar Dhakal
Sagar Dhakal

अफगानिस्तानको माथिल्लो क्रमलाई ध्वस्त गर्ने क्रममा ओपनर रियाज हसन ( ३८ ) , चौथो नम्बरका हसन खान ( ४ ) र पाँचौ नबरका अब्दुल्लाह नैब ( १ ) लाई ढकालले पेभेलियनको बाटो देखाए। सागरले १० ओभरमा ३ मेडन ओभर सहित मात्र २९ रन खर्चेर ४ विकेट लिए।
सागरनै खेलको प्लेयर अफ द म्याच समेत चुनिन पुगे।

Nepal U19 Cricket Team
Nepal U19 Cricket Team

यी बाहेक सन्दिप जोराले ब्याटिंगमा २८ रन तथा बलिङ्गतर्फ कमल सिंह ऐरिले २ विकेट लिंदै जितमा महत्वपूर्ण योगदान दिए।

( फोटो – बिक्रम न्यौपाने , फिजियो नेपाली यु-१९ टिम )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]