३ जिम्बाबे खेलाडी जो नेपालको जितमा तगारो बन्न सक्छन्

  • विकेटनेपाल, २० फाल्गुन – आइतबार 

सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा १० देश सम्मिलित एकदिवसीय क्रिकेट विश्वकप आयोजना हुँदैछ जसमा सन् २०१७ को सेप्टेम्बर ३० तारिखको एकदिवसीय वरियतामा शिर्ष स्थानमा रहेका ७ टिम र आयोजक इंग्ल्याण्ड सिधै छनोट भैसकेका छन् । बाँकी २ टिम छनौट गर्नको लागि आजदेखि जिम्बाबेमा विश्वकप छनौट प्रतियोगिताको सुरु हुँदैछ। प्रतियोगिताबाट उत्कृस्ट २ टिम बिश्वकप खेल्न छानिनेछन् भने उत्कृस्ट-३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

Nepal vs Zimbabwe
Nepal vs Zimbabwe

सोहि प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाबेको सामना गर्दै छ । टेस्ट रास्ट्र समेत रहेको घरेलु टिमका खेलाडीहरुसँग धेरै अन्तर्राष्ट्रिय अनुभब रहेको छ तर नेपाल भने अन्डरडग्सको रुपमा प्रतियोगितामा उत्रंदै छ । नेपालको लक्ष्य भनेको पहिलो पल्ट टेस्ट रास्ट्रलाई हराउनु रहेको छ तर त्यसको लागि जिम्बाबेका लागि प्रभाब पार्न सक्ने खेलाडीहरुलाई रोक्नुपर्ने हुन्छ। बुलावायोको क्विन स्पोर्टस क्लबमा हुने खेलमा जिम्बाब्वेका यी तीन खेलाडी नेपालको जितमा तगारो बन्न सक्छन्- 

सिकन्दर राजा 

जिम्बाब्वे बिरुद्धको खेलमा नेपालको जीतका लागी बाधक बन्न सक्ने पहिलो खेलाडी हुन् अलराउन्डर सिकन्दर राजा। सन् २०१३ मा डेब्यु गरेका राजाले ७९ एकदिवसीय खेलमा २१८५ रन बनाएका छन्। करियरको सुरुवातमा माथिल्लो क्रममा ब्याटिङ गर्ने गरेता पनि अहिले भने राजा जिम्बाब्वेका लागि मध्यक्रमका ब्याट्स्म्यान हुन जसले आक्रामक ब्याटिंगको मद्दतले चाडै स्कोरलाई माथि पुर्याउन सक्छन्।

सिकन्दर राजा  (Picture Credit: cricket365.com)

गत डिसेम्बरमा भएको बंगलादेश प्रिमियर लिगमा उनले ३९.७१ को औशतले २७८ रन बनाएका थिए । बाङलादेशमानै भएको त्रिदेशीय शृङ्खलामा उनले ४ खेलमा ६०.३३ को औशतले १८१ रन जोडेका थिए। भर्खरै अफ्गानिस्तान-बिरुद्ध शृङ्खलाको दोस्रो खेलमा राजाले ९२ रन प्रहार गरेका थिए। राजा उत्कॄस्ट लयमा छन् र बुलावायोमा उनको प्रदर्शन प्रशंशनिय हुने गरेको छ। उनको बुलावायोमा एकदिवसीय औसत ४२.२८ रहेको छ र आफ्नो करियर बेस्ट १४१ (अफ्गानिस्तान बिरुद्ध) पनि बुलावायोमानै बनाएका थिए । राजा बलिङबाट पनि महत्वपुर्ण योगदान दिन सक्छन्।

तेन्डाई चटारा

दायाँ हाते मध्यम गतिका बलर तेन्डाई चटारा पछिल्ला केही खेलहरुमा लयमा देखिएका छन् । चटाराले अन्तिम दश एकदिबसीय खेलमा १४ विकेट निकालेका छन् । ५० एक दिवसीय खेलेका चटाराको हाल सम्म कुल विकेट सङ्ख्या ६८ रहेको छ । उनि सन् २०१५ को अस्ट्रेलिया र न्युजील्यान्डमा भएको विश्वकपमा जिम्बाब्वेका लागि सर्बाधिक विकेट लिने खेलाडी पनि हुन् । उनको दायाँ हाते ब्याट्स्म्यान बिरुद्ध १९.६५ को उल्लेख्निय औशत छ । साथै उनका कुल ६८ विकेट मध्ये ४३ विकेट दायाँ हाते ब्याट्स्म्यानहरुको हो । त्यसैले, दायाँ हाते ब्याट्स्म्यानहरुको बाहुल्यता भएको नेपाललाई तेन्डाई चटारा ठुलो चुनौतिका रुपमा रहन सक्छन् ।

तेन्डाई चटारा (Picture Credit: ste.india.com)

ब्रेन्डन टेलर

एक दिवसीय क्रिकेटमा ब्रेन्डन टेलर जिम्बाब्वेका लागी सर्वाधिक रन बनाउने खेलाडीमा फ्लाओर दाजुभाई पछी तेस्रो नम्बरमा पर्छन्। उनले १७६ एक दिवसीय खेलमा कुल ५५८५ रन बनाएका छन् । पुर्वकप्तान समेत रहेका टेलरले २०१५ को विश्वकपपछि नखेल्ने बताएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएपछि टेलरले ईङ्ल्यान्डको घरेलु एक दिवसीय प्रतियोगिता रोयल लन्डन वानडे कपमा नटिङ्हम्सरबाट खेलेका थिए।

ब्रेन्डन टेलर (Picture Credit: crictracker.com)

जिम्बाब्वेले विश्वकप छनोट खेल्नु पर्ने भएकाले टेलर पुनः राष्ट्रिय टोलीमा फर्किएका हुन्। राष्ट्रिय टोलीमा फर्किएदेखी उनले श्रीलङ्का बिरुद्द एक अर्धशतक र अफ्गानिस्तान बिरुद्द एक शतक सहित राम्रै प्रदर्शन गरिरहेका छन्। गत मार्च १ मा पपुवा न्यु गिनी बिरुद्दको वार्मअप खेलमा ५२ प्रहार गरी टेलरले आफू लयमा रहेको संज्ञा दिएका छन्।

जिम्बाबे टिम

गरेम क्रिमर ( कप्तान ) , सिङ विलियम्स, टेण्डाई चिसोरो, टेण्डाई चटारा, क्रेग इर्भिन, कल जार्भिस, ह्यामिल्टन मासाकाट्जा, पिटर मुर्, सोलोमोन मिरे, ब्लेसिंग मुजराबानी, केफास झुवाओ, सिकन्दर राजा, ब्रेण्डन टेलर, ब्रायन भिटोरी, माल्कम वालर





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]