पपुवा न्यू गिनी बिरुद्दको जितका ३ नायक

Sandeep Lamichhane
  • विकेटनेपाल – १ चैत्र, बिहिवार

जिम्बाबेमा जारि एक दिवसीय विश्वकप छनौटको प्ले अफ अन्तर्गत नेपालले पपुवा न्यू गिनीलाई ६ विकेटले पराजित गर्दै एक दिवसीय मान्यता प्राप्त राष्ट्र हुने गन्तव्यको नजिक पुगेको छ। हरारेमा टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएको नेपाली टोलिले सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको उच्च प्रदर्शनको सहयोगमा पपुवा न्यू गिनीलाई ११४ रनमा समेटेको थियो। नेपालको बलिंगमा सन्दिप र दिपेन्द्रले समान ४-४ विकेट लिएका थिए। यस्तै करन केसी र सोमपाल कामीले समान १-१ विकेट लिए। पपुवा न्यू गिनीको इनिंगमा चार्ल्स अमिनीले १९ र जेसन किलाले १५ रन जोडेका थिए। जवाफमा ब्याटिंग गरेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले अविजित अर्धशतक बनाए।

पपुवा न्यू गिनीसंगको जितमा नायक बनेका ३ खेलाडी :

दिपेन्द्र ऐरी

युवा खेलाडी दिपेन्द्र सिंह ऐरीको म्यान अफ दि म्याच प्रदर्शनकोबलमा नेपालले पपुवा न्यू गिनीलाई ६ विकेटले हराउन सफल भयो। टस जित्दै पहिले बलिंग रोजेको नेपालको बलिंगमा नायक साबित भएका दिपेन्द्रले किफायती बलिंग गर्दै पपुवा न्यू गिनीलाई ४ झट्का दिए। दिपेन्द्रले आफ्नो ४.२ ओभरको छोटो स्पेलमा मात्र १४ रन खर्चेर ४ विकेट हात पारे।

Dipendra Airee
Dipendra Airee

बलिंग तर्फको आत्मविश्वासलाई कायम राख्दै ब्याटिंगमा समेत दिपेन्द्रले उत्कृस्ट प्रदर्शन गरे। पपुवा न्यु गिनीको ११५ रन लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यानहरुले लगातार सुरुवाती विकेट गुमाउन पुग्यो। ३५ रन बनाउदा ओपनरद्वय ज्ञानेन्द्र मल्ल र अनिल साह आउट भए भने कप्तान पारस खड्का पनि पेभेलियन फर्किंदा नेपाल खराब अवस्थामा पुग्यो।

तर त्यसपछि दिपेन्द्र ऐरीले अविजित अर्धशतक बनाउदै नेपालको जित सुनिस्चित गरे। २३ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका ऐरीले ५८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। यस क्रममा उनले आरिफ शेखसंग चौथो विकेटको लागि ६९ रनको महत्वपूर्ण साझेदारी गरे।

सन्दिप लामिछाने 

स्टार लेग स्पिनर सन्दिप लामिछानेले फेरी एकपटक उत्कृस्ट प्रदर्शन गरे। आफ्नो लेग स्पिन र गूग्लीमा पपुवा न्यू गिनीका ब्याट्सम्यानहरुलाई फसाउने क्रममा सन्दिपले ४ विकेट चट्काए। आफ्नो ८ ओभरको स्पेलमा सन्दिपले २९ रन खर्चेर ४ विकेट लिए।

Sandeep Lamichhane

राष्ट्रिय टोलिबाट पपुवा न्यू गिनी बिरुद्द पहिलो पटक खेल्ने क्रममा सन्दिपको बलिंग उच्च कोटीको रह्यो। खेलमा कुनैपनि समय बिपक्षि ब्याट्सम्यानलाई पकड बनाउने मौका सन्दिपले दिएनन्। आफ्नो ८ ओभरमा सन्दिपले ३१ डट बल गरेका थिए।

आरिफ शेख

११५ रनको सामन्य विजय लक्ष्यको पिछा गर्ने क्रममा नेपाली टोलिले सुरुवात खाराब गर्यो। ३५ रन जोड्न ३ विकेट गुमाएको नेपाली ब्याटिंगलाई सम्हाल्न आरिफ शेखले दिपेन्द्र सिंह ऐरीसंग उत्कृस्ट साझेदारी गरे। ५ नम्बरमा ब्याटिंग गर्न आएका शेखले दिपेन्द्रसंग ६७ रनको साझेदारी गर्ने क्रममा व्यक्तिगत २६ रन जोडे। ४२ बलमा शेखले मात्र १ चौका प्रहार गरे पनि दिपेन्द्रसंगको साझेदारीमा स्ट्राइक रोटेट गर्न चुकेनन्। आरिफले दिपेन्द्रसंग गरेको साझेदारीको कारण नेपालले सहजै लक्ष्य पछ्याउन सक्यो।

Aarif Sheikh
Aarif Sheikh

यी खेलाडी बाहेकपनि नेपालको जितमा करन केसी र सोमपाल कामीको सुरुवाती १-१ विकेट महत्वपूर्ण रह्यो। यस्तै पारस खड्काको २० रन तथा खेलमा उनको कप्तानी समेत उत्कृस्ट रह्यो।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]