यी हुन् डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन गरेका ३ नेपाली खेलाडी

  • विकेटनेपाल – २४ माघ, बुधवार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले बिहिबार नामिबिया बिरुद्ध पहिलो खेल खेल्दैछ। विश्व क्रिकेट लिग च्याम्पियनशिप ( २०१५-१७ ) बाट डिभिजन-२ मा घटुवा भएको नेपालका लागि यो प्रतियोगिता निकैनै महत्वपूर्ण छ।

सन् २०१५ मा नामिबियामानै भएको डिभिजन-२ मा सहभागी नेपालको लागि यो प्रतियोगिता नौलो भने होइन। अघिल्लो संस्करणमा नेपालले चौथो स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो र उत्कृस्ट-२ हुने लक्ष्य पुरा गर्न सकेको थिएन। आशा अनुरुप प्रदर्शन गर्न नसके पनि प्रतियोगितामा केहि खेलाडीले भने निकै उत्कृस्ट प्रदर्शन गरेका थिए।

यी हुन् ति ३ नेपाली खेलाडी जसले सन् २०१५ मा सम्पन्न डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन गरेका थिए :

Paras Khadka
Paras Khadka

पारस खड्का :  कप्तान पारस खड्कालाई नेपाली टोलिको खम्बाको उपनाम दिंदा अतियुक्ति नहोला। आफ्नो क्षमता स्वरूप अल-राउण्ड प्रदर्शन गर्दै पारस प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोसित भएका थिए। लिग चरणमा खेलेका ५ खेल र तेस्रो स्थानका लागि भएको खेल गरि पारसले कुल १८५ रन बनाएका थिए। यस्तै बलिंगतर्फ पनि पारसले ६ विकेट आफ्नो नाम गरेका थिए। उनले क्यानडासंग ७७ रन तथा नामिबियासंग ६४ रनको इनिंग खेल्दै नेपालको जितमा महत्वपूर्ण योगदान दिएका थिए भने बलिंगमा पनि युगान्डासंग ३ तथा नेदरल्याण्डसंग २ विकेट लिएका थिए।

Gyanendra Malla
Gyanendra Malla

ज्ञानेन्द्र मल्ल : नेपाली टोलिका कलात्मक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको प्रदर्शन पनि सम्झन लायक रहेको थियो। भरपर्दा ब्याट्सम्यान बनेका मल्लले प्रतियोगितामा सर्वाधिक रन बनाउनेको सुचिमा तेस्रो नम्बरमा आफ्नो नाम लेखाएका थिए। कुल ६ इनिंगमा मल्लले ५९ को औसतमा २३६ रन जोडेका थिए। केन्या बिरुद्धको खेलमा अविजित ९१ रन बनाएका मल्लको प्रदर्शनले नेपालको भविष्य यसपटक पनि निर्धारण गर्नेछ।

सोमपाल कामी : “गुल्मी एक्सप्रेस” सोमपाल कामीको प्रदर्शन पनि सन् प्रतियोगितामा उत्कृस्ट रहेको थियो। सोमपाल प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सुचिमा पाँचौ स्थानमा रहेका थिए। उनले खेलेको ६ खेलमा सोमपालले १९.१८ को औसतमा ११ विकेट चट्काएका थिए। तेस्रो स्थानका लागि भएको खेलमा सोमपालले केन्या बिरुद्ध ४१ रन खर्चेर ३ विकेट हात पारेका थिए। यसपटकको नेपाली टोलिमा प्रमुख बलर रहेका सोमपालले गर्ने प्रदर्शनमा नेपालको प्रदर्शनपनि निर्भर रहनेछ।

धेरैले पढेको :-

डिभिजन-२ बिशेष | ‘आमने-सामने’ – नेपाल बिरुद्ध नामिबिया





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]