कुशलको कीर्तिमानी अलराउण्ड प्रदर्शनमा नेपालको सान्त्वना जित

kushal bhurtel celebrate

कुशल भुर्तेलले कीर्तिमानी अल-राउण्ड प्रदर्शन गर्दा नेपालले एसीसी इमर्जिंग टिम्स एसिया कपको अन्तिम खेलमा युएई ए विरुद्ध ३ विकेटको सान्त्वना जित दर्ता गर्दै प्रतियोगिता अन्त्य गरेको छ।

दुवै टिम यस अघिनै सेमीफाइनल दौडबाट बाहिरिसकेका थिए। समुह ‘बि’ बाट भारत र पाकिस्तान तथा समुह ए बाट श्रीलंका र बंगलादेश सेमीफाइनल पुगीसकेका छन्। प्रतियोगिताको यस अघिको दुई खेलमा नेपाल भारत र पाकिस्तानसंग पराजित भएको थियो।

श्रीलंकाको कोलोम्बो स्थित पी सारा ओभल मैदानमा सम्पन्न खेलमा युएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट क्षेतीमा भेटायो।

नेपालको लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाए जुन क्रममा उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। देव खनाल र सन्दिप जोराले समान २४ तथा गुल्सन झाले ११ रन बनाए।

ओपनर अर्जुन साउद पहिलो बलमै खाता नखोली आउट भएपछि दोश्रो विकेटको लागि कुशल र देवले ९८ रनको साझेदारी गरेका थिए। कुशल तेह्रौं ओभरमा मोहम्मद फराजुद्दीनबाट क्याच आउट भए पछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप ९८/० बाट थप ५३ रन जोड्दा ७ विकेट गुमायो। कुशल मल्लले अविजित २ तथा प्रतिश जिसीले अविजित ८ रन बनाउदै जितसम्म पुर्याए।

युएई ए का बलर मोहम्मद फराजुद्दीन एक्लैले ५ विकेट लिए जुन क्रममा ६ ओभरमा १ मेडन ओभर गर्दै ३६ रन खर्चिए। मुहम्मद जवादुल्लाहले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको युएई ए ले ४४ ओभरमा १५७ रन बनायो। युएई ओपनर लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए।

राम्रो सुरुवात गरेको युएईले एक समय ९६ रन बनाउदा मात्र २ विकेट गुमाएको थियो। तर त्यसपछि लेग स्पिनर कुशल भुर्तेलले ६ विकेट लिंदै इनिंग्स धरासायी पारे। भुर्तेलले लिस्ट ए करियरकै तेश्रो उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए। अर्का लेग स्पिनर मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले १/१ विकेट लिए।

कुशलको कीर्तिमान

कुशल भुर्तेल नेपालको लागि लिस्ट ए क्रिकेटको एकै खेलमा पांच भन्दा बढी विकेट र अर्धशतक बनाउने एक मात्र क्रिकेटर बनेका छन्। कुशलको स्पेल ( १०-०-४०-६ ) लिस्ट ए क्रिकेटमा नेपालको तेश्रो उत्कृस्ट स्पेल समेत हो। यस अघि लेग स्पिनर सन्दिप लामिछानेले पपुवा न्यु गिनी र अमेरिका विरुद्ध एकै इनिंग्समा ६ विकेट लिएका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]