भारतद्वारा नेपाललाई ३०५ रनको लक्ष्य : युथ एसिया कप

  • विकेटनेपाल, असोज १३ – शनिबार 

बंगलादेशमा शनिबार देखि यु-१९ युथ एसिया कप सुरु भएको छ। प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भारतको सामना गरिरहेको छ।

टस जितेर नेपालले पहिले बलिङ्ग गर्ने निर्णय गर्यो जसपछि ब्याटिंग गर्दै भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रनको योगफल तयार गर्यो।

उत्कृस्ट सुरुवात गर्दै भारतले पहिलो विकेटको लागि ८३ रन जोड्यो। ओपनर देवदत्त पडिक्कल ३० रन बनाएर आउट भए जसपछि तेश्रो नम्बरका पभन शाह पनि १३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि ओपनर यश्स्भी जैसवाल र प्रभ सिम्रन सिंहले ७६ रनको साझेदारी गर्दै भारतको इनिंगलाई २०० नजिक पुर्याए।

यश्स्भी जैसवाल शतकीय इनिंग खेल्दै तेश्रो विकेटको रुपमा आउट भए। उनले १०४ रन बनाए जुन क्रममा ११३ बलमा ५ छक्का र ८ चौका प्रहार गरे। त्यसपछि चौथो विकेटको रुपमा यश राथोड़ ३ रन बनाएर आउट हुँदा पाँचौ विकेटको लागि प्रभ सिमरनले आयुष बदोनिसंग ५४ रनको साझेदारी गर्दै स्कोर २५० कटाए।

Bhim Sharki
Bhim Sharki

पाँचौ विकेटको रुपमा प्रभ सिमरन ८२ रन बनाएर आउट भए जस अघि उनले ६१ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। पाँचौ विकेट गुमेपछि भारत यु-१९ ले लगातार विकेट गुमायो।

एक समय ३५० को योगफल छुने देखिएको स्कोर २६३/४ को अवस्थाबाट भारतले बाँकी ४१ रन मात्र जोड्दा ५ विकेट गुमाउन पुग्यो। फलस्वरुप ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनायो।

नेपालको लागि बलिङ्गमा भिम शार्कीले सर्वाधिक ४ विकेट लिने क्रममा ७ ओभरमा ४२ रन खर्चिए। यस्तै राशिद खानले २ ( ८-०-४५-२ ) तथा सागर ढकाल, कमल ऐरि र सन्दिप जोराले समान १ विकेट लिए।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]