अभानी प्रिमियर लिग : अभानी र लालीगुराँस विजयी

२०८० चैत्र ६, मंगलवार १२:०८

काठमाडौं । अभानी प्रिमियर लिग २०२४ क्रिकेट प्रतियोगितामा अभानी क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जित निकाल्नेक्रममा अभानीले वारियर्स क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ ।

अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।

वारियर्सका लागि मदन लामाले २१ बलमा ३७ तथा सुवास शाहले १८ बलमा २९ रन बनाए । नविन बस्नेतले १८ तथा कप्तान दिपेन्द्र थापाले ११ रन बनाए ।

अभानीका लागि सन्तोष घिमिरेले २ तथा ललित कुँवर र विज्ञान पलले समान १ विकेट लिए ।

वारियर्सले दिएको १ सय ९ रनको लक्ष्य अभानीले निर्धारित १२ ओभरमा २ बल बाँकी रहँदै ७ विकेट गुमाएर पूरा गर्यो ।

अभानीका लागि रमन जैसले ३३ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । सन्तोष घिमिरेले ९ तथा योगेन्द्र कार्कीले ६ रन बनाए ।

वारियर्सका लागि विनित श्रेष्ठले ३ तथा सुवास शाहले २ विकेट लिए । दोस्रो जितसँगै अभानी अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा नै पराजित वारियर्स पुछारबाट दोस्रो स्थानमा छ ।

दोस्रो खेलमा लालिगुरास क्रिकेट क्लबले सगरमाथा क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सगरमाथाले १८ दशमलब ३ ओभरमा १ सय ७ रन बनाउँदै अल आउट भयो ।

सगरमाथाका लागि कप्तान अर्जुन श्रेष्ठले ३३ बलमा २९ तथा कप्तान विष्णु कटुवालले ९ बलमा २० रन बनाए ।

लालिगुरासका लागि सन्दीप ढकाल, सन्तोष श्रेष्ठ र आविष्कार सुनारले समान २२ विकेट लिए ।

१ सय ८ रनको लक्ष्य लालिगुरासले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

लालिगुरासका लागि क्षितिज सिंहले ४४ बलमा ३८ तथा सन्दीप ढकालले २२ बलमा २७ रन बनाए ।

सगरमाथाका लागि माधव प्रसाई, अर्जुन श्रेष्ठ र ओम शाहले समान २ विकेट लिए । पहिलो खेलमा जित सहित लालिगुरास अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित सगरमाथा अंक तालिकाको छैटौं स्थानमा छ ।

हप्ताको अन्तिम दिन हुने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy