अभानी प्रिमियर लिग : अभानी र लालीगुराँस विजयी

काठमाडौं । अभानी प्रिमियर लिग २०२४ क्रिकेट प्रतियोगितामा अभानी क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जित निकाल्नेक्रममा अभानीले वारियर्स क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ ।

अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।

वारियर्सका लागि मदन लामाले २१ बलमा ३७ तथा सुवास शाहले १८ बलमा २९ रन बनाए । नविन बस्नेतले १८ तथा कप्तान दिपेन्द्र थापाले ११ रन बनाए ।

अभानीका लागि सन्तोष घिमिरेले २ तथा ललित कुँवर र विज्ञान पलले समान १ विकेट लिए ।

वारियर्सले दिएको १ सय ९ रनको लक्ष्य अभानीले निर्धारित १२ ओभरमा २ बल बाँकी रहँदै ७ विकेट गुमाएर पूरा गर्यो ।

अभानीका लागि रमन जैसले ३३ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । सन्तोष घिमिरेले ९ तथा योगेन्द्र कार्कीले ६ रन बनाए ।

वारियर्सका लागि विनित श्रेष्ठले ३ तथा सुवास शाहले २ विकेट लिए । दोस्रो जितसँगै अभानी अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा नै पराजित वारियर्स पुछारबाट दोस्रो स्थानमा छ ।

दोस्रो खेलमा लालिगुरास क्रिकेट क्लबले सगरमाथा क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सगरमाथाले १८ दशमलब ३ ओभरमा १ सय ७ रन बनाउँदै अल आउट भयो ।

सगरमाथाका लागि कप्तान अर्जुन श्रेष्ठले ३३ बलमा २९ तथा कप्तान विष्णु कटुवालले ९ बलमा २० रन बनाए ।

लालिगुरासका लागि सन्दीप ढकाल, सन्तोष श्रेष्ठ र आविष्कार सुनारले समान २२ विकेट लिए ।

१ सय ८ रनको लक्ष्य लालिगुरासले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

लालिगुरासका लागि क्षितिज सिंहले ४४ बलमा ३८ तथा सन्दीप ढकालले २२ बलमा २७ रन बनाए ।

सगरमाथाका लागि माधव प्रसाई, अर्जुन श्रेष्ठ र ओम शाहले समान २ विकेट लिए । पहिलो खेलमा जित सहित लालिगुरास अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित सगरमाथा अंक तालिकाको छैटौं स्थानमा छ ।

हप्ताको अन्तिम दिन हुने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ ।

 





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]