ब्रेभिसको ३५ बलको शतक पछि डीभिल्लीयर्सले के भने

१९ वर्षीय दक्षिण अफ्रिकी खेलाडी डेवाल्ड ब्रेभिसले दक्षिण अफ्रीकाको घरेलु टि-२० प्रतियोगिता अन्तर्गत टाइटन्स र नाइट्स बीचको खेलमा मात्र ५७ बलमा १६२ रन बनाउदै सनसनी मचाएका छन्।

ब्रेभिसले सोमबार अविश्वसनीय इनिंग्स खेल्दै टि-ट्वान्टी क्रिकेट इतिहासकै संयुक्त रुपमा पाँचौ छिटो शतक प्रहार गरे। उनले मात्र ३५ बलमा शतक पुरा गरे।

ओपनिंग ब्याटिंग गरेका दायाँ हाते ब्याट्सम्यानले ५७ बलमा १३ चौका र १३ वटै छक्का प्रहार गरे। पहिलो इनिंग्सको बाह्रौं ओभरको पहिलो बलमा उनले शतक उर गरिसकेका थिए। ३० बलमा ९४ रन बनाएता पनि शतक पुरा गर्न उनले थप ५ बल कुर्नु परेको थियो। उनि अन्तिम ओभरमा आउट हुन पुगे।

उनले थप १४ रन बनाएको भए क्रिस गेलको सर्वाधिक टि-२० स्कोरको रेकर्ड तोड्न सक्ने थिए। गेलले २०१३ आईपीएलमा अविजित १७५ रन बनाउदै उक्त रेकर्ड बनाएका थिए। अस्ट्रेलियाका आरोन फिंचले २०१८ मा जिम्बाब्वे बिरुद्ध दोश्रो धेरै १७२ रन बनाएका थिए। २०१९ मा अफगानिस्तानका हज्रतुल्लाह जजाईले आयरल्याण्ड बिरुद्ध अविजित १६२ रन बनाएका थिए जसको बराबरी ब्रेभिसले गरेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको टाईटन्सले २० ओभरमा ३ विकेट गुमाएर २७१ रन बनायो। जावफमा नाइट्सले २० ओभरमा ९ विकेट क्षेतीमा २३० रन बनाएता पनि ४१ रनको हार बेहोर्नु पर्यो।

डीभिल्लीयर्सले के भने 

जुनियर ए बि डी भिल्लीयर्सको नामले पनि परिचित ब्रेभिसको अविश्वसनीय इनिंग्सपछि दक्षिण अफ्रिकी पूर्व क्रिकेटर डीभिल्लीयर्सले ट्वीटर मार्फत प्रतिक्रिया दिएका हुन्।

“डेवाल्ड ब्रेभिस, थप भन्न आवस्यक छैन।” अर्थात् डीभील्लियर्सले उनको नामनै पर्याप्त रहेको बताए।


२००३ मा जोहनेसबर्गमा जन्मिएका ब्रेभिसले गत सिजन आईपीएल मुम्बई इन्डीएन्सबाट खेलेका थिए। दक्षिण अफ्रिकी यु-१९ टिममा उत्कृस्ट प्रदर्शन पछि उनलाई दक्षिण अफ्रिकी क्रिकेटको भविष्यको रुपमा हेरिन्छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy