ब्रेभिसको ३५ बलको शतक पछि डीभिल्लीयर्सले के भने

१९ वर्षीय दक्षिण अफ्रिकी खेलाडी डेवाल्ड ब्रेभिसले दक्षिण अफ्रीकाको घरेलु टि-२० प्रतियोगिता अन्तर्गत टाइटन्स र नाइट्स बीचको खेलमा मात्र ५७ बलमा १६२ रन बनाउदै सनसनी मचाएका छन्।

ब्रेभिसले सोमबार अविश्वसनीय इनिंग्स खेल्दै टि-ट्वान्टी क्रिकेट इतिहासकै संयुक्त रुपमा पाँचौ छिटो शतक प्रहार गरे। उनले मात्र ३५ बलमा शतक पुरा गरे।

ओपनिंग ब्याटिंग गरेका दायाँ हाते ब्याट्सम्यानले ५७ बलमा १३ चौका र १३ वटै छक्का प्रहार गरे। पहिलो इनिंग्सको बाह्रौं ओभरको पहिलो बलमा उनले शतक उर गरिसकेका थिए। ३० बलमा ९४ रन बनाएता पनि शतक पुरा गर्न उनले थप ५ बल कुर्नु परेको थियो। उनि अन्तिम ओभरमा आउट हुन पुगे।

उनले थप १४ रन बनाएको भए क्रिस गेलको सर्वाधिक टि-२० स्कोरको रेकर्ड तोड्न सक्ने थिए। गेलले २०१३ आईपीएलमा अविजित १७५ रन बनाउदै उक्त रेकर्ड बनाएका थिए। अस्ट्रेलियाका आरोन फिंचले २०१८ मा जिम्बाब्वे बिरुद्ध दोश्रो धेरै १७२ रन बनाएका थिए। २०१९ मा अफगानिस्तानका हज्रतुल्लाह जजाईले आयरल्याण्ड बिरुद्ध अविजित १६२ रन बनाएका थिए जसको बराबरी ब्रेभिसले गरेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको टाईटन्सले २० ओभरमा ३ विकेट गुमाएर २७१ रन बनायो। जावफमा नाइट्सले २० ओभरमा ९ विकेट क्षेतीमा २३० रन बनाएता पनि ४१ रनको हार बेहोर्नु पर्यो।

डीभिल्लीयर्सले के भने 

जुनियर ए बि डी भिल्लीयर्सको नामले पनि परिचित ब्रेभिसको अविश्वसनीय इनिंग्सपछि दक्षिण अफ्रिकी पूर्व क्रिकेटर डीभिल्लीयर्सले ट्वीटर मार्फत प्रतिक्रिया दिएका हुन्।

“डेवाल्ड ब्रेभिस, थप भन्न आवस्यक छैन।” अर्थात् डीभील्लियर्सले उनको नामनै पर्याप्त रहेको बताए।


२००३ मा जोहनेसबर्गमा जन्मिएका ब्रेभिसले गत सिजन आईपीएल मुम्बई इन्डीएन्सबाट खेलेका थिए। दक्षिण अफ्रिकी यु-१९ टिममा उत्कृस्ट प्रदर्शन पछि उनलाई दक्षिण अफ्रिकी क्रिकेटको भविष्यको रुपमा हेरिन्छ।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]