आठौँ रास्ट्रिय तेश्रो दिन : पुलिस, प्रदेश १ , २ र ५ को जित

Aarif Sheikh
  • विकेटनेपाल, बैशाख-६ 

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फको तेश्रो दिन सम्पन्न खेलहरुमा प्रदेश-१ , प्रदेश-२, नेपाल पुलिस क्लब र प्रदेश-५ ले जित दर्ता गरेका छन्। प्रदेश-१ ले प्रदेश-३ लाई २० रनले, प्रदेश-२ ले प्रदेश-६लाई ९ विकेटले, नेपाल पुलिस क्लबले प्रदेश-४ लाई १८ रनले तथा प्रदेश-५ ले प्रदेश-७ लाई २२ रनले पराजित गर्यो।

अंकतालिका ( ग्रुप ए ) 

अंकतालिका ( ग्रुप बि )

 

प्रदेश-१ Vs प्रदेश-३ , दिपेश कंडेलको उत्कृस्ट बलिंग 

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-३ ले प्रदेश-१ लाई २० रनले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिंग गरेको प्रदेश-१ ले २० ओभरमा ८ विकेट गुमाएर १०६ को योगफल तयार गरेको थियो। प्रदेश-१ को लागि कप्तान पुष्प थापाले सर्वाधिक २४ रन तथा राजन मगर र सन्नी पुनले समान १२ रन योगदान दिए। प्रदेश-३ बलर सोनु देबकोटाले २ विकेट ( ४-०-१७-२ ) लिए।

१०७ रनको लक्ष्य पछ्याउदा प्रदेश-३ १८.३ ओभरमा ८६ रनमा समेटिन पुग्यो। पहिलो विकेटको लागि ओपनर रबिन जोशी र इशान पाण्डेले ४२ रनको साझेदारी गरेपनि त्यस पछि लगातार विकेट गुमाउन पुग्दा प्रदेश-३ पराजित हुन पुग्यो। रबिनले २४ तथा इशानले २० रन बनाए।

Dipesh Kandel

८.१ ओभरमा ४२/१ पुगेको प्रदेश-३ को ब्याटिंग नाटकीय रुपले फेल भयो। मध्यक्रममा हेमराज पौडेलले १५ तथा आदील खानले ९ रन बनाएपनि विकेट झर्न रोकिएन। १७ ओभरमा ८३/६ रहेको प्रदेश-३ ले त्यसपछि ३ रन जोड्दा ४ विकेट गुमाउन पुग्यो।

प्रदेश-१ को बलिंगमा प्लेयर अफ द म्याच चुनिएका दिपेश कंडेलले सर्वाधिक ४ विकेट ( ३.३-२-१०-४ ) लिए। पुष्प थापा ( ४-१-६-१ ) , फिर्दोश अन्सारी ( ३-०-८-१ ) र श्रवन यादब ( १-०-३-१ ) ले १/१ विकेट लिए। ( स्कोरकार्ड )

प्रदेश-२ Vs प्रदेस-६ ,  प्रदेश-६ को कमजोर प्रदर्शन 

खेलमा प्रदेश-२ ले प्रदेश-६ लाई सहजै ९ विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको प्रदेश-६ ले २० ओभरमा ९ विकेट गुमाएर ५७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

हेमन्त ओलीले १० , दिवान पुन र कप्तान रबिन्द्र जंग शाहीले समान ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्रदेश-२ का प्लेयर अफ द म्याच समेत चुनिएका बलर कुमार थापाले ४ विकेट ( ४-०-१०-४ ) लिए। हरिशंकर शाह ( ४-१-९-२ ) ले २ विकेट लिए।

५८ रनको लक्ष्य प्रदेश-२ ले ११.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। हरि शंकर शाहले ३३ तथा सुधिर चौधरीले अविजित १४ रन बनाए। ( स्कोरकार्ड )

Kumar Thapa

नेपाल पुलिस क्लब Vs प्रदेश-४,  पुलिसको जितमा आरिफको अल-राउण्ड प्रदर्शन 

प्रतियोगितामा दोश्रो जित दर्ता गर्ने क्रममा पुलिस क्लबले प्रदेश-४ लाई १८ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको पलिसले १९.५ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ४५ ( ३६ बलमा ७ चौका ) , आरिफ शेखले ३४ ( २७ बलमा ४ चौका ) रन बनाए। प्रदेश-४ का बलर करन केसी ( ३.५-०-२१-२ ) , किशोर महतो ( ४-०-२३-२ ) , बिपिन खत्री ( ४-०-२५-२ ) , र अमृत गुरुङले ( ४-०-३५-२ ) २/२ विकेट लिए।

१३६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-४ ले २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमेर १०७ रन मात्र बनाउन सक्यो।

Aarif Sheikh
Aarif Sheikh

आकाश थापाले ३० रन ( २६ बलमा ३ चौका र १ छक्का ) तथा सुमन घिमिरेले २८ रन बनाउनु बाहेक अन्य प्रदेश-४ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिसको लागि बलिंगमा राम नरेश गिरिले २ ( ४-०-१५-२ ) तथा दिपेन्द्र ऐरी( ३-१-३-१ ) , आरिफ सेख ( ३-१-६-१ ) र ललित राजबंशीले ( ४-०-१९-१ ) समान १/१ विकेट लिए।  ( स्कोरकार्ड )

प्रदेश-५ Vs प्रदेश-७, राजबिरको अर्धशतक 

पहिले ब्याटिंग गरेको प्रदेश-५ ले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो। प्रदेश-५ को लागि यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका राजबिर सिंहले ५८ रन बनाए जुन क्रममा ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै सुरज दराईले ३३ रन बनाए।

प्रदेश-७ बलर बिकाश आग्रीले ४ विकेट ( ४-१-१८-४ ) लिए भने अरुन ऐरीले २ विकेट ( ३-०-१९-२ ) लिए।

१३८ रन लक्ष्य पछ्याउने क्रममा प्रदेश-७ ले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो। अरुन ऐरीले ३५, खडक बोहराले ३२ र सन्जु दमाईले २० रन बनाए।

प्रदेश -५ बलर बिक्रम भुसाल ( ४-०-१९-२ ) र सन्दिप सुनार ( ४-०-२०-२ ) ले २/२ विकेट लिए। ( स्कोरकार्ड )

Rajbir Singh

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]