इन्टर फर्म टि-२० : तेश्रो दिनको खेलहरु सम्पन्न

  • विकेटनेपाल, माघ ९ – मंगलबार

किर्तिपुर स्थित ल्याबरेटरि स्कुल मैदानमा जारि सातौं एनकासा इन्टर फर्म टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनका खेल सम्पन्न भएका छन्।

नेपाल चार्टर्ड अकाउंटेंट बिद्यार्थी संगठन एनकासाको आयोजना भैरहेको प्रतियोगितामा आज भएको पहिलो खेलमा पी.आर.यस.एच/ एन पौडेल/ एन लामिछानेले सी.एस.सी एण्ड कम्पनिलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

म्यान अफ द म्याच बिशाल घिमिरेले ५२, बिकाश गिरीले ४० तथा सुवाष पौडेलले २९ रन बनाएपछि पी.आर.यस.एच/ एन पौडेल/ एन लामिछानेले पहिले ब्याटिंग गर्दै १५ ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो। सी.एस.सी एण्ड कम्पनिका बिराज पराजुली ६ रन दिएर ३ विकेट लिएका थिए।

जवाफमा पी.आर.यस.एच/ एन पौडेल/ एन लामिछानेका पुजनले ३ विकेट लिएपछि सी.एस.सी एण्ड कम्पनिले १५ ओभर खेल्दै ९ विकेट गुमाएर मात्र ५५ रन बनायो । उसका लागि दिपक कुँवरले अविजित २१ रन बनाएपनि अन्यले दोहोरो अंक जोड्न सकेनन्।

आजै भएको दोश्रो खेलमा बि.के एजीले के.के बुढाथोकीलाई ७ रनले पाराजित गरेको थियो । टस हारेर पहिले ब्याटिंग गरेको बि.के एजीले म्यान अफ द म्याच नबिन राईले २३ रन प्रहार गरेपछि १५ ओभरमा ३ विकेट गुमाएर १०१ रन बनाएको थियो । जवाफमा सागर न्यौपानेले २५ तथा सुजन सुबेधिले १२ रन बनाएपनि के.के. बुढाथोकीले १५ ओभरमा ५ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

त्यस्तै तेस्रो खेलमा बश्याल/ रबिन सुबेदि एस्सोसिएटले जे वि राजभण्डारी एंड दिबिन्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिले ब्याटिंग गरेको जे वि राजभण्डारी एंड दिबिन्सले मनिष मानन्धरको २१ रनको मद्दतमा १५ ओभरमा ८ विकेट गुमाएर ६९ रनमात्र बनाउन सक्यो ।

जवाफमा म्यान अफ द म्याच मनिष भट्टराईले २२ रन बनाएपछि बश्याल/ रबिन सुबेदि एस्सोसिएटले ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]