इंग्ल्याण्ड बलियो स्थितिमा

  • विकेटनेपाल, मङ्सिर-८ 

श्रीलंका भ्रमण अन्तर्गत कोलम्बोमा जारि इंग्ल्याण्ड र घरेलु टिम बीच तेश्रो टेस्टको देस्रो दिनको खेल समाप्तीमा इंगलैंड ९९ रनले अगाडी छ।

कोलोम्बोमा जारि टेस्टको पहिलको इनिंगमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले जोनी बेयरस्टोको ११० रन तथा बेन स्टोक्स ५७ रनको मद्दतले भ्रमणकारी टोलिले ३३६ रन बनाएको थियो।

दोश्रो दिनको खेलमा पहिलो इनिंग ब्याटिंगमा उत्रेको श्रीलंकाले सबै विकेट गुमाएर मात्र २४० रन बनाउन सक्यो। घरेलु टिमलाई सस्तैमा समेट्न लेग ब्रेक बलर आदील राशिदले १३.५ ओभरमा ४९ रन खर्चेर ५ विकेट हात पारे। बेन स्टोक्सले ३ तथा ज्याक लिचले १ विकेट हात पारे।

Karunaratne
Karunaratne

श्रीलंकाका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ८३ तथा धनन्जय शिल्भाले ७३ बनाउदा अन्य ब्याट्सम्यानले उल्लेखनिय योगदान गर्न सकेनन्।

दोश्रो दिनमै ब्याटिंग सुरु गरेको इंग्ल्याण्डले ३ रन बनाउदा विकेट गुमाएको छैन र कुल ९९ रनको अग्रता लिएको छ। ओपनर केटन जेनिङ्ग्स र रोरी बर्न्स क्रमश १ र २ रन बनाएर खेलिरहेका छन्।

England Team
England Team

तिन टेस्टको शृंखला इंग्ल्याण्डले यस अघिनै २-० ले जितीसकेको छ। पहिलो टेस्टमा २११ रनले तथा दोश्रोमा ५७ रनले श्रीलंका पराजित भएको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy