डी भिल्लीयर्सले आक्रामक ब्याटिंग गर्दा इगल्सले जित्यो 3TC सोलिडारिटी कप

दक्षिण अफ्रीका क्रिकेटले नयाँ फर्म्याटमा आयोजना गरेको 3TC सोलिडारिटी कप एबि डी भिल्लीयर्स कप्तानीको इगल्स टिमले जितेको छ।

कोभीड-१९ महामारीले असर गरेका मानिसहरुलाई क्रिकेट मार्फत सहयोग रकम जुटाउन तथा महामारी बिरुद्ध एकजुट हुनको लागि खेलको आयोजना गरेको थियो।

खेलको फर्म्याट अनुसार सहभागी तिन वटा टिमले एकै खेलमा प्रतिस्पर्धा गरेका थिए। कुल ३६ ओभर खेलमा १२-१२ ओभरको तिन वटा इनिंग खेलिएको थियो जसलाई ६/६ ओभरमा बाँडिएको थियो।

एबि डी भिल्लीयर्सको आक्रामक ब्याटिंगमा इगल्सको जित 

यस्तो रह्यो पहिलो राउण्ड 

किंगफिसर : ५६/२ ( ६ ओभर )

इगल्स : ६६/१ ( ६ ओभर )

काइट्स : ५८/१ ( ६ ओभर )

खेलमा टस जितेर किंगफिसर टिमले ब्याटिंग रोजेको थियो। जसले पहिलो ६ ओभरको इनिंगमा २ विकेट गुमाएर ५६ रन बनाएको थियो। त्यसपछि ब्याटिंग गरेको भिल्लीयर्स कप्तानीको इगल्सले १ विकेट गुमाएर ६६ रन बनायो। त्यसपछि टेम्बा बभुमा कप्तानीको काइट्स टिमले ब्याटिंग गर्दै ६ ओभरमा १ विकेट गुमाएर ५८ रन बनायो।

दोश्रो राउण्ड

पहिलो इनिंगमा धेरै रन बनाएको टिमले दोश्रो इनिंगमा पहिले ब्याटिंग गरेको थियो। त्यस अनुसार भिल्लीयर्सको टिमले पहिले ब्याटिंग गर्यो।

डी भिल्लीयर्सले आक्रामक ब्याटिंग गर्दा दोश्रो इनिंगको ६ ओभर पछि कुल १२ ओभरमा इग्लासले ४ विकेट गुमाएर १६० रन बनायो। डी भिल्लीयर्सले मात्र २१ बलमा अर्धशतक बनाउने क्रममा २४ बलमा ६१ रन बनाए। यस्तै इगल्सको लागि एडेन मारक्रमले पनि २७ बलमा अर्धशतक बनाए।

दोश्रो राउण्डको दोश्रो इनिंगमा ब्याटिंग गरेको काइट्सलाई ६ ओभरमा इगल्सलाई जित्न १०२ रन बनाउनु पर्ने थियो। तर कुल १२ ओभरमा ३ विकेट गुमाएर काइट्सले १३८ रन मात्र बनाउन सक्यो।  ड्वेन प्रिटोरियसले १७ बलमा ५० रन बनाएता पनि काइट्सले इगल्सलाई जित्न असफल रह्यो।

तेश्रो राउण्डमा ब्याटिंग गरेको किंगफिसरले ६ ओभरमा १०४ रन बनाउनु पर्ने थियो। तर ५ विकेट गुमाएर उसले १२ ओभरमा ११३ रन मात्र बनाउन सकेपछि इगल्स टिमले सहजै खेल जित्यो।

पहिलो स्थान हाँसिल गरेको इगल्सले स्वर्ण पदक, दोश्रो भएको काइट्सले रजत र किंगफिसरले कास्यपदक प्राप्त गर्यो।

यस्तो रह्यो दोश्रो राउण्ड पछिको योगफल 

इगल्स : १६०/४ ( १२ ओभर ) स्वर्ण पदक

काइट्स : १३८/३ ( १२ ओभर ) रजत पदक

किंगफिसर : ११३/५ ( १२ ओभर ) कास्य पदक

क्रिकेट इतिहासमै पहिलो पटक तिन वटा टिमले एकै खेलमा प्रतिस्पर्धा गरेका थिए।

धेरैले पढेको :- 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]