लुइसको आक्रामक इनिंग्स, अस्ट्रेलिया बिरुद्ध वेस्टइन्डिजको ४-१ ले सिरिज जित

इभिन लुइसको आक्रामक इनिंग्स मद्दतले पाँचौ खेलमा अस्ट्रेलियालाई १६ रनले पराजित गर्दै घरेलु टोलि वेस्टइन्डिजले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज ४-१ ले जितेको छ।

सेन्ट लुसिया स्थित डेरेन स्यामी स्टेडियममा शनिवार विहान सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १८३ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाको लागि कप्तान आरोन फिंचले सर्वाधिक ३४ रन, मिचेल मार्शले ३९, म्याथु वेडले २६ तथा मोइसेस हेनरिकसले २१ रन योगदान दिए। मिचेल स्वेपसन र जोश हेजलवुडले क्रमशः अविजित १४ र १३ रन बनाए। ब्याट्सम्यानहरुको सुरुवात राम्रो गरेता पनि लामो समय क्रिजमा जम्दै ठूलो साझेदारी गर्न नसक्नु अस्ट्रेलियाको हारको कारण बन्न पुग्यो।

कप्तान आरोन फिन्चले दोश्रो विकेटको लागि मिचेल मार्शसंग ३७ रन तथा तेश्रो विकेटको लागि हेनरिक्ससंग ४९ रनको साझेदारी गरेका थिए। दशौँ ओभरमा फिंचलाई हेडन वाल्सले क्याच आउट गर्नु अघि अस्ट्रेलिया ९५/२ को अवस्थामा थियो। फिंचलाई आउट गर्न फाबियन एलेनले बाउन्ड्रीमा डाइभ गर्दै उत्कृस्ट क्याच समाते।  सोहि ओभरमा मोइसेस हेनरिक्सलाई निकोलस पुरनले रन आउट गर्दै अस्ट्रेलियालाई दबाब बनाए। त्यसपछि एलेक्स केरी, म्याथु वेडलाई आन्द्रे रसेलले पेभेलियन फर्काए।

अन्तिम २ ओभरमा जितको लागि ३६ रन आवस्यक हुँदा शेल्डन कटरेलले गरेको ओभरमा जेसन बेह्रनडर्फ क्याच आउट तथा एडम जाम्पा रन आउट हुन पुगेपछि वेस्टइन्डिज खेलमा पूर्णत हावी बन्यो।


वेस्टइन्डिजको बलिंगमा सेल्डन कटरेल ( ४-०-२८३ ) र आन्द्रे रसेलले ( ४०-४३-३ ) समान ३ विकेट तथा हेडन वाल्सले १ विकेट लिए।

लुइसको आक्रामक ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट क्षेतीमा १९९ रन बनाएको थियो।

वेस्टइन्डिजको लागि ओपनर इभिन लुइसले सर्वाधिक ७९ रन बनाए जुन क्रममा ३४ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। ७६ औं खेल खेल्ने क्रममा लुइसले टि-२० अन्तर्राष्ट्रिय करियरमा छक्का संक्य १०१ पुर्याएका छन्। टि-२० अन्तर्राष्ट्रियमा सय भन्दा बढी छक्का प्रहार गर्ने उनि विश्वको मात्र सातौं खेलाडी हुन्। वेस्टइन्डिजको क्रिस गेलले ( ११९ छक्का ) यस अघि १ सय छक्का प्रहार गरेका थिए। सबै भन्दा धेरै छक्का न्युजिल्यान्डका मार्टिन गप्टिलले १४७ वाट प्रहार गरेका छन्

मात्र २३ बलमा अर्धशतक पुरा गरेका लुइसले जेसन बेह्रनडर्फले गरेको छैठौं ओभरमा २ छक्का र २ चौका, एन्ड्रयु टाईले गरेको आठौँ ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए। यस्तै निकोलस पुरनले ३१, करिस गेल आर निकोलस पुरनले समान २१ रन योगदान दिए।

लुइसले आन्द्रे फ्लेचरसंग ४० रनको ओपनिंग, दोश्रो विकेटको लागि क्रिस गेलसंग ४३ रनको, तेश्रो विकेटको लागि लेन्डल सिमोन्ससंग ४१ रनको साझेदारी गरे। लुइसलाई ११ औं ओभरमा शन मार्शले क्याच आउट गराएका थिए। लुइसको विकेट पछि सिमोन्स र कप्तान निकोलस पुरनले ४४ रनको साझेदारी गरे।

देब्रे हाते ब्याट्सम्यान इभिन लुइसले ३४ बलमा ७९ रन बनाए

१५ ओभरमा १६९ रन बनाएको वेस्टइन्डिजले अन्तिम ५ ओभरमा भने मात्र ३० रन मात्र बनाएर थप ५ विकेट गुमाउन पुग्यो। एन्ड्रु टाई, जोश हेजलवुड र एडम जम्पाले डेथ ओभरमा राम्रो बलिंग गरे। फलस्वरुप आन्द्रे रसेल, फाबियन एलेन र डेरेन ब्राभो लामो समय क्रिजमा जम्न सकेनन्।

अस्ट्रेलियाको बलिंगमा दायाँ हाते पेसर एन्ड्रयु टाईले ३ विकेट ( ४-०-३७-३ ) लिए भने जाम्पा ( ४-०-३०-२ ) र मार्श ( २-०-१२-२ ) ले समान २ विकेट र मिचेल स्वेपसनले १ विकेट लिए।

सिरिजको उत्कृस्ट खेलाडी लेग स्पिनर हेडेन वाल्स चुनिए जसले सिरिजमा कुल १२ विकेट हात पारे।

सिरिज अन्तर्गत वेस्टइन्डिजले पहिलो ३ खेल क्रमशः १८ रन, ५६ रन र ६ विकेटले जितेको थियो भने चौथो खेल अस्ट्रेलियाले ४ रनले जितेको थियो। दुई देश बीच अब जुलाई २० तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु हुने तालिका रहेको छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]