४ बलमा ४ विकेट लिंदै यी महिला क्रिकेटरले बनाइन् नयाँ वर्ल्डरेकर्ड

४ बलमा लगातार ४ विकेट लिंदै जर्मन महिला क्रिकेटर अनुराधा डोड्डाबल्लापुरले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ किर्तिमान कायम गरेकी छिन्।

अस्ट्रिया बिरुद्ध शुक्रबार सम्पन्न खेलमा टिम कप्तान समेत रहेकी अनुराधाले मात्र १ रन खर्चेर ५ विकेट लिएकी थिईन्। यस क्रममा उनले ३ ओभरमा २ मेडन ओभर गर्दै मात्र १ रन खर्चेकी थिईन्।

खेलको १५ औं ओभरमा बलिंग गर्ने क्रममा अनुराधाले ओभरमा दोश्रो, तेश्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएकी थिईन्। पहिलो विकेट क्याच आउटको रुपमा लिएपछि बाँकी तिन वटै विकेट उनले बोल्ड गर्दै लिएकि थिईन्। अनुराधा बलिंग गर्न आउदा ४०/३ रहेको योगफल उनको १५ औं ओभर पछि ४०/७ पुगेको थियो।


खेलमा पहिले ब्याटिंग गर्दै जर्मनीले १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्य पछ्याउने क्रममा अनुराधाले चमत्कारिक बलिंग गरेपछि अस्ट्रियाले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्रै बनाउन सक्यो र १३७ रनले खेल हार्न पुग्यो। जर्मनीले अस्ट्रिया टुर अन्तर्गत ४ वटै खेल जित्दै सिरिज ४-० ले आफ्नो पक्षमा पार्यो।

टि-२० अन्तर्राष्ट्रियमा ४ बलमा ४ विकेट लिने पहिलो महिला क्रिकेटर बनिन् अनुराधा

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनुराधाले लिएको ह्याट्रिक १९ औं हो। तर ४ बलमा ४ विकेट लिएको भने महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै पहिलो पटक हो।

पुरुष क्रिकेटमा भने लासिथ मालिंगा र राशिद खानले ४ बलमा ४ विकेट लिईसकेका छन्। राशिदले पहिलो पटक आयरल्याण्ड बिरुद्ध २०१९ फेब्रुअरीमा तथा मालिंगाले २०१९ सेप्टेम्बरमा न्युजिल्यान्ड बिरुद्ध दोश्रो पटक यस्तो किर्तिमान बनाएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ४ बलमा ४ विकेट लिने खेलाडी भने लासिथ मालिंगा हुन्। उनले सन् २००७ वानडे विश्वकपमा दक्षिण अफ्रीका बिरुद्ध ४ बलमा ४ विकेट लिंदै इतिहास कायम गरेका थिए। वानडे अन्तर्राष्ट्रियमा अहिलेसम्म अन्य क्रिकेटरले उक्त किर्तिमान बनाउन सकेका छैनन्।

४ बलमा ४ विकेट लिएको भने महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै पहिलो पटक हो।

नेपाली खेलाडीले लिएको ह्याट्रिक र अन्जलीको विश्वकिर्तिमान

नेपाली खेलाडीको कुरा गर्दा टि-२० अन्तर्राष्ट्रियमा रुबिना क्षेत्री र अन्जली चन्दले ह्याट्रिक लिएका छन्। पुरुष नेपाली क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिएका छैनन्।  रुबिनाले पहिलो पटक कुवेत बिरुद्ध २०१९ फेब्रुअरीमा तथा अन्जलीले माल्दिभ्स बिरुद्ध २०१९ डिसेम्बरमा ह्याट्रिक लिएकी थिईन्।

रुबिना क्षेत्रीले सन् २००९ को एसीसी महिला टि-२० प्रतियोगिता सिंगापुर बिरुद्ध ह्याट्रिक सहित एकै ओभरमा ५ विकेट लिएकी थिईन्। तर उक्त खेलले आईसीसीको अधिकारिक अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन। अहिले आईसीसीको मान्यता प्राप्त जुन सुकै राष्ट्रले खेलेको खेलले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाउने गर्छ। त्यसबेला यो नियम लागु भएको भए रुबिना विश्वकै एकमात्र क्रिकेटर बन्न सक्थीन्।

अन्तर्राष्ट्रिय मान्यता नपाएको खेलको कुरा गर्दा नेपालको लागि शक्ति गौचन, करुना भण्डारी र सबनम राईले पनि ह्याट्रिक लिएका छन्। शक्ति गौचनले २०१२ टि-२० विश्वकप छनौटमा डेनमार्क बिरुद्ध, करुनाले २०११ एसीसी महिला टि-२० च्याम्पियनसिपमा थाइल्याण्ड बिरुद्ध तथा सबनमले २०१७ महिला टि-२० विश्वकप एसिया छनौटमा चिन बिरुद्ध ह्याट्रिक लिएकी थिईन्। तिन वटै खेलले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन।

नेपाली महिल क्रिकेटर अन्जली चन्दले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा उत्कृस्ट बलिंग स्पेलको विश्वकिर्तिमान कायम गरेकी थिईन्

अन्जलीको विश्वकिर्तिमान 

अन्जली चन्दले २०१९ डिसेम्बरमा माल्दिभ बिरुद्ध ह्याट्रिक सहित रननै नखर्ची ६ विकेट लिंदै विश्वरेकर्डनै कायम गरेकी थिईन्। अन्जलीले त्यस खेलमा २.१ ओभरमा २ मेडन ओभर गर्दै कुनै पनि रन नखर्ची ६ विकेट लिएकी थिईन् जुन महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो। महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो उत्कृस्ट बलिंग स्पेल पनि नेपाली खेलाडीकै नाममा रहेको छ। नेरी थापाले २०१९ फेब्रुअरीमा हंगकंग बिरुद्ध मात्र ६ विकेट लिने क्रममा ४ ओभरमा मात्र ८ रन खर्चेकी थिईन्।

सम्बन्धित :- 

https://wicketnepal.com/anjali-chand-world-record-wn20/

https://wicketnepal.com/neri-thapa-special-world-record-wn20/

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/stuart-broad-inhaler-wn20/





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]