४ खेलाडी जसले सिंगापुर बिरुद्ध विशाल जितमा महत्वपूर्ण योगदान दिए

Pawan Sarraf

( फिचर फोटो – पवन सर्राफ, फाइल फोटो )

  • विकेटनेपाल, चैत-२९ , शुक्रबार 

मलेसियामा आज देखि सुरु भएको आईसीसी एसिया अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। पहिले ब्याटिंग गर्दै नेपालले २८२ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ ओभरमा ६५ रनमै समेटिन पुग्यो र नेपालले २१७ रनको विशाल जित दर्ता गर्यो।

नेपालको जितमा महत्वपूर्ण प्रदर्शन गर्ने ४ खेलाडीहरु 

१. कुशल मल्ल 

Kushal Malla
Kushal Malla

देब्रे हाते स्पिनर कुशल मल्ल खेलमा २ महत्वपूर्ण विकेट लिंदै सिंगापुरको माथिल्लो क्रम धरासायी बनाउन महत्वपूर्ण भूमिका निभाए। मल्लले १८ रन बनाएका ओपनर भेनुगोपाल र कप्तान अमन देसाईको विकेट लिए। यस्तै उनले ओपनर चबिरा र चौथो नम्बरका ब्याट्सम्यान सिंहभीलाई रन आउट समेत गरे। ब्याटिंगमा १० रन बनाएका मल्लले ७ बलमा १ छक्का र १ चौका हिर्काए।

२. राशिद खान 

Rashid Khan
Rashid Khan

आठौँ नम्बरमा ब्याटिंग गरेका राशिद खानले नेपालको योगफल बिशाल बनाउन ४८ रनको योगदान दिए। उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस क्रममा उनले कप्तान रोहित पौडेलसंग सातौँ विकेटको लागि ७७ रनको साझेदारी गरे जसको मदतले नेपालले २५० माथिको योगफल तयार गर्न सक्यो। बलिङ्गमा पनि राशिदले १ विकेट लिए जुन क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन मात्रै खर्चिए।

३. रोहित पौडेल 

Rohit Paudel

पहिलो पटक अन्डर-१९ टिमको लागि अधिकारिक खेलमा कप्तानी गर्ने क्रममा रोहितले टिमलाई जित मात्रै दिलाएनन् जिम्मेवार ब्याटिंग समेत गरे।

टस हारेर ब्याटिंग गर्ने क्रममा नेपालले पहिलो २ विकेट १८ रनमै गुमाउन पुग्यो। ओपनर रित गौतम र आसिफ शेख छिट्टै आउट भएपछि दबाबमा आएको नेपालको इनिंगलाई रोहितले सम्हाले।

यस क्रममा रोहित शतक बनाउन बाट ५ रनले चुक्न पुगे। ९५ रन बनाउन उनले १०५ बलमा ७ चौका र १ छक्का प्रहार गरे। इनिंगको क्रममा कप्तान रोहितले पवन सर्राफसंग ९० रनको, भिम शार्कीसंग ३६ रनको तथा राशिद खानसंग ७७ रनको महत्वपूर्ण साझेदारी गरे।

४. पवन सर्राफ 

Pawan Sarraf

राष्ट्रिय क्रिकेट टिमको लागि युएई सिरिजमा यसै वर्ष डेब्यु गरेका पवनले सिंगापुर बिरुद्ध जितमा ब्याटिंग र बलिङ्ग दुवैमा योगदान दिए।

खेलको प्लेयर अफ द म्याच समेत चुनिएका सर्राफले ब्याटिंगमा ४७ रन योगदान दिए जुन क्रममा ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यसक्रममा उनले रोहित पौडेलसंग ९० रनको साझेदारी समेत गरे।

यस्तै बलिङ्गमा पनि उत्कृस्ट योगदान दिने क्रममा उनले सर्वाधिक ३ विकेट लिन ६ ओभरमा ५ मेडन ओभर गर्दै मात्र ५ रन खर्चिए।

यी ४ खेलाडी बाहेक नेपालको जितमा भिम शार्की ( २६ रन ) , कमल सिंह ऐरि ( ३१ रन ) तथा सुर्य तामांग ( २ विकेट ) को पनि योगदान विशेष रह्यो।

आईसीसी एसिया यु-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा शनिवार युएईको सामना गर्नेछ। खेल नेपाली समय ७:४५ बजे विहान सुरु हुनेछ।

नेपाल लगायत आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई गरि ६ टोलि सहभागी प्रतियोगिताको विजेता टिम सन् २०२० जनवरी/फेब्रुवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनौट हुनेछ।

 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]