वर्ष २०१८ मा नेपालले सनसनीपूर्ण रुपमा अन्तिम ओभरमा जितेको ४ खेल

  • विकेटनेपाल, पुष १७ – मङ्गलबार 

वर्ष २०१८ मा नेपाली क्रिकेट टिमले आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२, एकदिवसीय बिश्व कप छनौट, एसिया कप छनौट  टि-२० बिश्व कप छनौट ( एसिया बि ) , नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा इंग्ल्याण्डमा त्रि-कोणीय टि-२० सिरिज खेल्यो। त्यस क्रममा नेपाल डिभिजन-२ को उपविजेता हुँदै बिश्वकप छनौट खेल्न छनौट भयो र जिम्बाबेमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय टिमको मान्यता समेत पायो। नेपालले ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाउने बाटो डिभिजन-२ इतिहासकै कठिन प्रतियोगिता थियो जहाँ नेपालले ३ वटा खेल अन्तिम ओभरमा जितेको थियो। यस्तै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न नेदरल्याण्ड पुगेको नेपाली टिमले दोश्रो एकदिवसीयमा नेदरल्याण्डलाई मात्र १ रनले पराजित गर्दै ऐतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गर्यो। नेपालले २०१८ मा खेलेका खेल मध्ये अन्तिम ओभरमा पुगेर जितेका ४ वटा खेलहरु प्रस्तुत गरेका छौँ –

बिरुद्ध नामिबिया ( डिभिजन-२ २०१८ फेब्रुअरी ) , १ विकेटको जित 

नामिबियामा आयोजित आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटको रोमान्चक अन्तरले पराजित गरेको थियो।

Basant Regmi

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो। सन्दिप लामिछानेले ४ विकेट ( ८.२-२-१८-४ ) तथा सोमपाल कामिले ३ विकेट ( ७-१-३५-३ ) लिए।

जवाफमा ब्याटिंग गरेको नेपालले पनि लगातार विकेट गुमायो। १२१ रन बनाउदा नेपालले ९ विकेट गुमाईसकेको थियो। क्रिजमा त्यसबेला थिए बसन्त रेग्मी र सन्दिप लामिछाने , जितको लागि नेपाललाई आवस्यक थियो २० बलमा १८ रन। ४८ औं ओभरमा मात्र २ रन आएपछि अन्तिम २ ओभरमा जित्न १६ रन चाहियो।

बसन्त रेग्मीले १९ औं ओभरको चौथो बलमा छक्का प्रहार गरेपछि उक्त ओभरमा नेपालले ९ रन बटुल्यो। अब अन्तिम ओभरमा आवस्यक थियो। अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका देब्रे हाते ब्याट्सम्यान बसन्तले ओभरको दोश्रो बलमा चौका प्रहार गरे।

४९.३ ओभरमा फ्रीलिंकको बल लेग साइडमा वाइड भएपछि नेपालले ३ बल बाँकी छदै खेल जितेको थियो। नायक बनेका  बसन्तले अविजित २४ रन बनाउने क्रममा २४ बलमा २ चौका र १ छक्का प्रहार गरे भने सन्दिप १ रनमा अविजित रहे।

बिरुद्ध केन्या ( डिभिजन-२ २०१८ फेब्रुअरी ) , ३ विकेटको जित  

डिभिजन-२ अन्तर्गतनै लिगको चौथो खेल खेल्ने क्रममा नेपालले केन्याको सामना गर्दै थियो। पहिले ब्याटिंग गर्दै नेपालले फिल्डिंग रोज्यो जसपछि पहिले ब्याटिंग गरेको केन्याले ५० ओभरमा १७७/८ को योगफल तयार गर्यो। सन्दिप लामिछानेले ५ विकेट ( १०-५-२०-५ ) लिए।

१७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ५ विकेट ८२ रनको योगफलमै गुमाउन पुग्यो। त्यसपछि रोहित पौडेल र आरिफ शेखले नेपाललाई जिततर्फ त अघि बढाए तर जित सहज भने रहेन।

sandeep lamichhane , rohit poudel
sandeep lamichhane , rohit poudel

आरिफ ४९ औ ओभरको दोश्रो बलमा आउट भएपछि रोहितसंगको ८७ रनको साझेदारी तोडिएको थियो। ४२ रन बनाएका आरिफले ८२ बलमा २ चौका प्रहार गरे। नेपाल जितबाट मात्र २ रन टाढा रहंदा रोहित पौडेल रन आउट हुन पुगे र नेपालले छैठौ विकेट गुमायो। ८५ बलको सामना गरेका रोहितले ४७ रन बनाए जुनक्रममा १ चौका प्रहार गरे।

रोहितको विकट पछि नेपाललाई अन्तिम २ बलमा जितको लागि २ रन आवस्यक थियो। सोमपालले नेल्सन ओडीयम्बो ओभरको पाँचौ बलमा रन लिन सकेनन् र अन्तिम बलसम्म खेल पुग्यो। अन्तिम बलमा २ रन आवस्यक हुँदा सोमपालले लेग साइडमा हानेको बल केन्या फिल्डरले राम्रोसंग रोक्न नसक्दा सोमपालले २ रन लिंदै नेपाललाई जितसम्म पुर्याए। सोमपाल ५ रन ( ५ बलमा ) अविजित रहे।

बिरुद्ध क्यानडा ( डिभिजन-२ २०१८ फेब्रुअरी ) , १ विकेटको जित 

डिभिजन-२ अन्तर्गत पाँचौ खेलमा क्यानडासंग टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर १९४ रनको योगफल तयार गर्यो। बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए।

१९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४४ रनमै ९ विकेट गुमाईसकेको थियो। जितको लागि ५१ रन आवस्यक भएको बेला करन केसी र सन्दिप लामिछानेले अन्तिम विकेटको लागि चमत्कारिक साझेदारी गरे र जितसम्म पुर्याए।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन आवस्यक हुँदा करन केसीले सुरुको ४ बलमा रन बनाउन सकेका थिएनन्। ओभरको पाँचौ बलमा करनले कभरको माथि छक्का प्रहार गरेपछि नेपाललाई जितको लागि २ बलमा २ रन आवस्यक थियो। त्यो अवस्थामा क्यानडा बलर सत्सिमरंजित ढिंडसाले वाइड गरेपछि अन्तिम बलमा नेपाललाई जितको लागि आवस्यक १ रन लिंदै करन केसीले नेपाललाई जितसम्म पुर्याएका थिए।

Sandeep Lamichhane, Karan KC
Sandeep Lamichhane, Karan KC

करनले अविजित ४२ रनको इनिंग खेले जुन क्रममा मात्र ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दिप लामिछाने १८ बलमा ५ रन बनाएर अविजित रहे।

क्यानडा बिरुद्धको करनको सोहि इनिङ्गको कारण नेपाल बिश्वकप छनौट प्रतियोगिता खेल्न छनौट भयो जहाँ नेपालले एकदिवसीय मान्यतासम्मको यात्रा गर्यो। फेब्रुअरी १४ तारिक अर्थात भ्यालेन्टाइन डे (प्रेम दिवस) को दिन करनले देखाएको सो जादुपछि उनको नामनै पछिल्लो समय “भ्यालेन्टाइन ब्वाई” रहन गएको छ।

बिरुद्ध , नेदरल्याण्ड ( दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय, नेपाल-नेदरल्याण्ड सिरिज ) 

एकदिवसीय मान्यता पाएपछि खेलेको दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल नेदरल्याण्डको भीआरए मैदानमा खेल्दै थियो। खेलमा टस जितेर नेपालले ब्याटिंग रोज्यो र ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रनको योगफल तयार गर्यो। सोमपाल कामिले सर्वाधिक ६१ रन तथा पारस खड्काले ५१ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले ४३.३ ओभरमा १८५ रनमै ९ विकेट गुमाउन पुग्यो। नेपाल सहज जिततर्फ अघि बढ्दै थियो तर अन्तिम विकेटका लागि फ्रेड क्लासेन र पल भेन मिकिरनले गजबको साझेदारी गर्दै जितमा तगारो बने।

अन्तिम २ ओभरमा नेदरल्याण्डलाई जितको लागि मात्र ९ रन आवस्यक थियो। ४९ औं ओभर गर्न आएका दिपेन्द्र सिंह ऐरीले सो ओभरमा मात्र ३ रन खर्चिए पछि अन्तिम ओभरमा नेदरल्याण्डसलाई जितका लागि ६ रन आवश्यक रह्यो। अन्तिम ओभर बलिङ्ग गर्न आए पारस खड्का।

Nepal Cricket Team

ओभरको पहिलो बलमा फ्रेड क्लासेनले १ रन लिंदै मिकिरनलाई स्ट्राईक दिए। ओभरको दोस्रो बलमा मिकिरन रन जोड्न विफल रहे। तेस्रो बलमा भने मिकिरनले १ रन लिए। अब नेदरल्याण्डसलाई जितका लागि ३ बलमा ४ रनको आवश्यक थियो। त्यससमयमा क्लासेनले २ रन जोड्दै स्कोरलाई अघि बढाए। ओभरको पाँचौ बलमा रन जोड्न नसक्दा नेदरल्याण्डलाई अन्तिम बलमा २ रनको आवश्यकता थियो। अन्तिम बलमा ब्याट्सम्यानले प्रहार गरेको सट सिधा स्टम्पमा गएर लागेपछि पारस खड्काले ब्याट्सम्यानलाई रन आउट गर्दै नेपालको रोमान्चक जितको कथा कोरेका थिए।

नेदरल्याण्डसको ब्याटिंगमा वेस्ली वारेसीले ७१ तथा टर ब्राकले ३८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। नेपालको बलिंगतर्फ सन्दिप लामिछानेले ३ विकेट चट्काएका थिए। यस्तै ललित भण्डारीले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मीले एक एक विकेट लिए।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]