सिंगापुर बिरुद्ध विशाल जितमा उत्कृस्ट प्रदर्शन गर्ने ४ नेपाली खेलाडी

सिंगापुरलाई सहजै पराजित गर्दै नेपाल मलेसियामा जारि एसीसी यु-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको सेमीफाइनलमा समुह ‘ए’ को विजेताको रुपमा पुगेको छ।

किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रनको ठुलो योगफल तयार गरेको थियो। जवाफमा ब्याटिंग गरेको सिंगापुर ३९.१ ओभरमा १०९ रनमै समेटिन पुग्यो र नेपालले २१७ रनको जित हाँसिल गर्यो।

नेपालको जितमा उत्कृस्ट प्रदर्शन गर्ने ४ खेलाडीहरु – 

पवन सर्राफ

Pawan Sarraf

पहिलो खेलमा चिन बिरुद्ध विस्फोटक ब्याटिंग गर्दै अविजित २१ बलमा ६ चौका र ३ छक्का मदातले ४६ रन बनाएका सर्राफले दोश्रो खेलमा पनि लय कायम राखे। अर्धशतक बनाउन चुके पनि सर्राफले ४१ बलमा १० चौका मदतले ४५ रन बनाए। यस क्रममा उनले पहिलो विकेटको लागि रित गौतमसग ९२ रनको साझेदारी पनि गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए।

रित गौतम

Rit Gautam

अन्डर-१९ करियरमा पहिलो शतक बनाउने क्रममा रित गौतमले अविजित ११५ रन बनाए।अर्को किनारमा विकेट गए पनि निकै धैर्यताका साथ ब्याटिंग गरेका रितले १३७ बलमा १० चौका र १ छक्का प्रहार गरे।

यस क्रममा रितले पहिलो विकेटको लागि पवन सर्राफसंग ९२, दोश्रो विकेटको लागि खडक बोहरासंग १३१, पाँचौ विकेटको लागि कुशल मल्लसंग ८२ रनको साझेदारी गरे।

यस अघि रितले अन्डर-१६ राष्ट्रिय टिमको लागि खेल्ने क्रममा म्यानमार बिरुद्ध शतक बनाएका थिए। त्यस बेला रितनै टिमको कप्तान समेत रहेका थिए। दुई उमेर समुहमा शतक बनाउने रित नेपालकै पहिलो ब्याट्सम्यान बन्न पुगेका छन्। यस अघि अन्डर-१९ स्तरमा शक्ति गौचन , कनिस्क चौगाईं, फैजलुर रहमान, राजु रिजालले मात्र शतक बनाउन सकेका छन्।

कुशल मल्ल 

Kushal Malla

खडक बोहरा, बिशाल बिक्रम केसी र कप्तान रोहित पौडेलले छोटो अन्तरालमा विकेट गुमाउदा नेपालले एक समय ३०० को योगफल नबनाउने जस्तो स्थिति आएको थियो। तर कुशल मल्लले छैठौं नम्बरमा ब्याटिंग गर्दै विस्फोटक इनिंग खेल्दै योगफल ३०० सहजै पार गराए।

यस क्रममा मात्र २३ बलमा उनले अर्धशतक पुरा गरे। ५ छक्का र ४ चौका प्रहार गरेका मल्लले अन्तिम ओभरमा ४ चौका र १ छक्का तथा ४६ औं ओभरको तेश्रो , चौथो र पाँचौ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए।

यस्तै बलिङ्गमा पनि उत्कृस्ट प्रदर्शन गर्दै देब्रे हाते स्पिनर मल्लले ४ विकेट लिए। ९.१ ओभरमा उनले मात्र १६ रन खर्चिए। रोचक के रह्यो भने कुशलले ४ विकेट लिने क्रममा ३७ औं ओभरको  सातौँ बलमा विकेट लिए। अम्पायरले गल्ति गर्दा कुशलले सातौँ बल पनि गर्न पाएका थिए।

खडक बोहरा 

Khadak Bohara

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमको लागि खेल्दै राम्रो प्रदर्शन गरे पछि अन्डर-१९ राष्ट्रिय टिममा मौका पाएका बोहराले पहिलो अवसरमै उत्कृस्ट ब्याटिंग गरे।

पवन सर्राफको विकेटपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका बोहराले शतक पुरा गर्न नपाए पनि ९० बलमा १२ चौका प्रहार गर्दै ९० रन बनाए। रित गौतमसंग दोश्रो विकेटको लागि उनले १३१ रनको साझेदारी पनि गरे। भाग्यमानी सावित भएका खडकको २ वटा क्याच सिंगापुर फिल्डरले अर्धशतक बनाउनु अघि छुटाएका थिए।

४ खेलाडी बाहेक खेलमा भिम शार्कीले २ वटा रन आउट गर्दै आफुलाई उत्कृस्ट फिल्डर पुनः सावित गरे। ब्याटिंगमा भने उनलाई अवसर दिईएन। तिलक राज भण्डारीले २ विकेट लिए भने राशिद खान र सागर ढकालले पनि १/१ विकेट लिंदै जितमा योगदान दिए।

 





थप समाचार

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]

अर्जुन ट्रफी : सेमिफाईनल समिकरण पुरा

कैलाली । क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाईनल पुरा भएको छ। शुक्रबार भएको लिग […]