क्यानडालाई पराजित गर्दा नेपाली टिमका ४ नायक

Sandeep Lamichhane , Karan KC
  • विकेटनेपाल, फाल्गुन २ – बुधबार 

क्यानडालाई असम्भव जस्तो खेलमा १ विकेटले पराजित गर्दै नेपाली क्रिकेट टिम जिम्बाबेमा मार्चमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौट खेल्न छानिएको छ। बिश्वकप छनौटमा छानिन क्यानडाबिरुद्ध जित बाहेक अरु बिकल्प नरहेको अवस्थामा १ विकेटको जित कुनै सपना वा जादु भन्दा कम थिएन।

क्यानडासंग जित हाँसिल गर्नेक्रममा महत्वपूर्ण यी ४ खेलाडीको प्रदर्शन महत्वपूर्ण रह्यो 

करन केसी 

प्रतियोगिताको अघिल्लो खेलहरुमा बिर्सनलायक प्रदर्शन गरेका करन केसीले क्यानडासंगको खेलमा बलिंगतर्फ खास प्रदर्शन गर्न सकेनन् र ८ ओभरको स्पेलमा ४० रन खर्चेर १ विकेट लिए। तर प्रतियोगिताभरको असफलता बिर्साउने गरि करनले ब्याटिंगमार्फत चमत्कारनै गरिदिए। १० औं नम्बरमा ब्याटिंग गर्न आएका करनले अन्तिम विकेटको लागि सन्दिप लामिछानेसंग ५१ रनको साझेदारी गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाए। खेलको म्यान अफ द म्याच समेत चुनिएका करनले आक्रामक ब्याटिंग गर्नेक्रममा मात्र ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै जितमा नायक बन्ने काम गरे।

अन्तिम ७ ओभरमा ५१ रन आवस्यक हुँदा करनले ४४ औं ओभरमा १ चौका र १ छक्का प्रहार गरेका थिए। त्यसपछि उनले ४८ औं ओभरमा १ छक्का, ४९ औं ओभरमा १ छक्का र १ चौका प्रहार गर्दै नेपालको योगफल जित नजिक पुर्याएका थिए।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन आवस्यक हुँदा करन केसीले सुरुको ४ बलमा रन बनाउन सकेका थिएनन्। ओभरको पाँचौ बलमा करनले कभरको माथि छक्का प्रहार गरेपछि नेपाललाई जितको लागि २ बलमा २ रन आवस्यक थियो। त्यो अवस्थामा क्यानडा बलर सत्सिमरंजित ढिंडसाले वाइड गरेपछि अन्तिम बलमा नेपाललाई जितको लागि आवस्यक १ रन लिंदै करन केसीले नेपाललाई जितसम्म पुर्याएका थिए।

Karan KC
Karan KC

दिलिप नाथ

ओपनिंग ब्याट्सम्यान दिलिप नाथ यस प्रतियोगिताका अघिल्ला खेलहरुमा लयमा थिएनन्। केन्या बिरुद्दको अघिल्लो खेलमा त उनलाई टोलीबाट हटाइएको पनि थियो। तर दिलिपले टिमलाई आवस्यक पर्दा क्यानडालाई पराजित गर्न महत्वपूर्ण योगदान दिए।

Dilip Nath
Dilip Nath

१९५ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपाली टोलिले लगातार दुई बलमा ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाउँदा ब्याटिंग समस्यामा परेको थियो। तर दिलिप नाथले ६८ बलमा ५ चौका सहित ४१ रनको इनिंग खेल्दै नेपालको ब्याटिंगलाई उकासेका थिए। तेस्रो विकेटका लागि दिपेन्द्र ऐरीसंगको ५० रनको साझेदारीले नेपालको चेजलाई सहि मार्गमा ल्याएको थियो।

बसन्त रेग्मी 

प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई १ विकेटले पराजित गर्दा नायक बनेका बसन्त रेग्मी नेपाली क्रिकेट टिमको संकटमोचकको रुपमा पनि चिनिने गर्छन्। क्यानडासंग जित हाँसिल गर्ने क्रममा पनि बसन्तले उत्कृस्ट प्रदर्शन गरे।

नेपाली टोलिको बलिंगतर्फ सर्वाधिक ३ विकेट लिंदा बसन्तले १० ओभरमा मात्र ३४ रन खर्चिएका थिए। पहिले ब्याटिंग गरेको क्यानडाले उत्कृस्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ४६ रन जोडेपछी नेपाली टोलि समस्यामा आएको थियो तर बसन्त रेग्मीले गुनासेकेराको विकेट लिंदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनका अन्य दुई विकेटमा एन एस धालिवाल र हेलिगर थिए।

सन्दिप लामिछाने 

प्रतियोगितामा उत्कृस्ट लयमा देखिएका सन्दिपले पुनः नेपालको जितमा महत्वपूर्ण योगदान दिए। क्यानडाले पहिले ब्याटिंग गर्दै राम्रो सुरुवात गरेपछि क्यानडाको मध्येक्रम ध्वस्त गर्न सन्दिपले खतरनाक हुनसक्ने ब्याट्सम्यान नितिश कुमार र धनुका पाथीरानालाई आउट गरेका थिए। उनले ९ ओभरको स्पेल ४० रन दिएर २ विकेट हात पारे।

बलिंग पछि नेपाललाई अविस्मरणीय जित दिलाउने क्रममा सन्दिपले अन्तिम विकेटको लागि करन केसीसंग ५१ रनको अविजित साझेदारी गरे। सन्दिपले एउटा इनिंगमा विकेट जोगाउने काम गर्दै १८ बल खेल्दै अविजित ५ रन बनाए। प्रतियोगिताको पहिलो खेलमा पनि सन्दिपले नामिबियासंग १ विकेटको जित हाँसिल गर्नेक्रममा बसन्त रेग्मीसंग अन्तिम विकेटको लागि १८ रनको साझेदारी गरेका थिए।

धेरैले पढेको – 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]