४ खेलाडी जसले युएई बिरुद्धको विशाल जितमा महत्वपूर्ण योगदान दिए

Paras Khadka, Sandeep Lamichhane
  • विकेटनेपाल, माघ-१२ , शनिवार 

युएईसंग उसैको घरमा जारि ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा नेपालले युएईलाइ १४५ रनको बिशाल अन्तरले पराजित गर्दै सिरिज १-१ को बराबरीमा ल्याएको छ।

खेलमा टस जितेर नेपालले पहिले ब्याटिंग गरेको थियो र निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा युएईले १९.३ ओभरमा ९७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई जिताउन महत्वपूर्ण योगदान दिने ४ खेलाडीको यहाँ चर्चा गरेका छौ –

रोहित पौडेल 

Rohit Paudel
Rohit Paudel ( Photo – TheNational.ae )

युएईसंग टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा नेपालले राम्रो सुरवात गरे पनि लगातार विकेट गुमाउदा ११३/५ को नाजुक अवस्थामा पुग्यो। त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका रोहितले आरिफ शेखसंग छैठौं विकेटको लागि ८२ रनको साझेदारी गर्दै टिमको योगफल २०० पार गर्न महत्वपूर्ण योगदान दिए। रोहितले ५५ रन बनाउन ५८ बलमा ७ चौका प्रहार गरे। यस क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने बिश्वकै कान्छो पुरुष खेलाडीको रेकर्ड समेत बनाए। साथै उनि नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पाँचौ खेलाडी समेत बन्न पुगे।

सोमपाल कामि 

पहिलो एकदिवसीयमा नेपाललाई पराजित गरेपछि आलोचित नेपाली टिमलाई सिरिज बरबारी गर्न सोमपालले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। खेलमा ५ विकेट लिने क्रममा गुल्मी एक्सप्रेसले युएईको सुरुवात ४ जना ब्याट्सम्यानको विकेट लिए। सोमपालको बलिङ्गको कारण युएई ९७ रनमै समेटिन पुग्यो। उनले ६.३ ओभरमा १ मेडन ओभर गर्दै ३३ रन खर्चेर ५ विकेट लिए। नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिने सोमपाल पहिलो बलर पनि बनेका छन्। सोमपालले नेपालको लागि खेल्दै ५ विकेट लिएको यो दोश्रो अवसर हो।

Sompal Kami
Sompal Kami

सन्दिप लामिछाने 

नेपालको विकेट मेसिन सन्दिप लामिछानेले ४ विकेट लिंदै युएईको मध्यक्रम ध्वस्त पारे। सोमपालले सुरुवात ब्याट्सम्यानको विकेट लिएपछि युएईलाई लज्जास्पद हारतर्फ डोर्याउन सन्दिपले ४ ओभरमा १ मेडन गर्दै २४ रन खर्चेर ४ विकेट लिए। सन्दिपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यस भन्दा अघि पनि युएईसंग एसिया कप छनौट प्रतियोगितामा ४ विकेट लिएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational.ae )

ज्ञानेन्द्र मल्ल 

पहिलो खेलमा खाता नखोली आउट भए पछि आलोचित बनेका ज्ञानेन्द्र मल्लले यो पटक आलोचकहरुको मुख केहि मात्रमा टाल्न सके। बिनोद भण्डारीको रुपमा नयाँ जोडी पाएका मल्लले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। सोहि साझेदारीको बलमा नेपालले राम्रो योगफल बनाउन सक्यो। मल्लले ४४ रन बनाउन ६१ बलमा ४ चौका प्रहार गरे।

Gyanendra Malla
Gyanendra Malla ( Photo – ACC )

( Photo – TheNational.ae )





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]