मलेसिया बिरुद्ध जितमा उत्कृस्ट प्रदर्शन गर्ने ४ नेपाली खेलाडी

२ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। यस क्रममा नेपालले मलेसियालाई ७ विकेटले सहजै पराजित गर्यो। मलेसियाले टस जितेर पहिले ब्याटिंग गर्दै दिएको १२९ रनको लक्ष्य नेपालले ९ बल बाँकी रहँदै ३ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा उत्कृस्ट प्रदर्शन गर्ने ४ खेलाडीहरु 

१. पारस खड्का – नेपालको लागि खेलमा सर्वाधिक रन बनाएका पारसले मात्र ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे। टि-२० अन्तर्राष्ट्रियमा दोश्रो अर्धशतक तथा नेपाली ब्याट्सम्यानको सर्वाधिक व्यक्तिगत योगफल बनाउने क्रममा उनले ओपनिंग गर्दै अन्तिमसम्म ब्याटिंग गरे। अर्को किनारमा विकेट गुमे पनि उनले आक्रामक ब्याटिंग जारि राखेका थिए।

Paras Khadka
Paras Khadka ( File Photo ) 

यस क्रममा पारसले पहिलो विकेटको लागि प्रदिप ऐरीसंग २९, दोश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग २१, तेश्रो विकेटको लागि रोहित पौडेलसंग १८ रनको तथा चौथो विकेटको लागि शरद भेसावकरसंग ६१ रनको साझेदारी गरे। पारसनै खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

२. बसन्त रेग्मी 

Basant Regmi

मलेसियाले टस जितेर ब्याटिंग गर्दै एक समय राम्रो सुरुवात गरेको थियो भने राम्रो रन गतिमा समेत रन बनाईरहेको थियो। ओपनर भिरनदिप सिंहले अर्धशतक बनाएर नेपालको लागि खतरा बनेका थिए।

बसन्त रेग्मीले १५ औं ओभरमा ५७ रन बनाएका भिरनदिप सिंहको विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए। त्यो समयमा भिरनदिपको विकेट नआएको भए मलेसियाले अझ ठुलो योगफल बनाउन सक्थ्यो। त्यसपछि रेग्मीले मलेसियाको दबाब थप्न लगत्तै ओभरमा शफिक शरिफलाई २ रनमै पेभेलियन फर्काए जसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो। ४ ओभरमा रेग्मीले २८ रन खर्चेर २ विकेट लिए।

३. करन केसी

Karan KC 

करन केसीले खेलमा सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। केसीले अन्तिम ओभरमै सबै ३ विकेट लिंदै मलेसियालाई ठुलो योगफल बनाउन रोकेका थिए। यस क्रममा उनले अन्तिममा आक्रामक सट खेल्न सुरु गरेका कप्तान अहमद फैजको विकेट लिए। ४५ रन बनाएका फैजलाई अन्तिम ओभरको दोश्रो बलमा आउट गरेपछि उनले ओभरको चौथो बलमा ८ रन बनाएका स्याहादत र पाँचौ बलमा खाता नखोल्दै अनवर रहमानलाई पेभेलियन फर्काएका थिए।

४. सन्दिप लामिछाने

Sandeep Lamichhane
Sandeep Lamichhane

२ विकेट लिने क्रममा ४ ओभरमा २५ रन खर्चेका सन्दिपले दोश्रो विकेटको लागि नेपालको लागि खतरनाक बन्दै गएको साझेदारी तोडेका थिए। भिरनदिप सिंह र फित्री शामले दोश्रो विकेटको लागि ४१ रन बनाईसकेका थिए भने रन गति पनि बढ्ने क्रममा थियो। सोहि समयमा सन्दिपले १२ रन बनएक शामलाई क्याच आउट गराएर साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएका थिए।

यस्तै खेलमा सोमपाल कामि ( ३-०-१५-१ ) र शरद भेसावकर ( अविजित १६ ) को योगदान पनि महत्वपूर्ण रहेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]