नेपाल टि-२० : सहभागी चार टिमको घोषणा

पहिलो पटक हुन लागेको नेपाल ट्वान्टी–२० लिगमा भारतीय स्वामित्व रहेका दुई फ्रेन्चाइज टोली पनि हुने भएका छन् ।

पहिलो संस्करणको नेपाल ट्वान्टी–२० क्रिकेट लिग आगामी असोज ८ देखि कात्तिक पाँच गतेसम्म आयोजना हुँदै छ । सोही लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम आयोजना गर्दै ६ फ्रेन्चाइज टोलीमध्ये चार टोलीको नाम र मालिक सार्वजनिक गरेको थियो । तीमध्ये दुई भारतीय स्वामित्वमा रहेका फ्रेन्चाइज टोली हुनेछन् । नेपाल ट्वान्टी–२० क्रिकेट लिग पनि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नै रणनीति र कमर्सियल साझेदारीको अधिकार पाएको छ । विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सलाई भारतीय कम्पनीले खुला प्रतिस्पर्धाबाट खरिद गरेका हुन् ।

राजस्थानको गोल्ड स्पोटर््स प्राइभेट लिमिटेडले जनकपुर रोयल्सलाई किन्यो । यो कम्पनीले सन् २०१६ देखि नै खेलकुद क्षेत्रमा काम गर्दै आएको जनाएको छ । अर्को भारतीय कम्पनी डाइमन्ड डिजिक्याप स्पोर्ट्स प्रालिले भने विराटनगर सुपर किङ्सलाई आफ्नो बनायो । डाइमन्ड डिजिक्याप भने भारतमा सुन र हीराको व्यापार गर्दै आएको कम्पनी हो । यी दुवै कम्पनीले नेपालको क्रिकेट विकासमा कोसेढुङ्गा बन्ने महŒवाकांक्षासहित नेपाल ट्वान्टी–२० लिगको हिस्सा बनेको जनाएका छन् । यद्यपि, यी दुई कम्पनीसहित चार कम्पनीले कति मूल्यमा फ्रेन्चाइज टोली खरिद गरे भन्ने बारे खुलाइएको छैन ।

‘अहिले हामीले चार फ्रेन्चाइज टोली मात्र सार्वजनिक गरेका छौं । कम्पनीकै आग्रहमा आज उहाँहरूको नाम सार्वजनिक नगरेका हौं । बाँकी दुई टोली पनि छिट्टै घोषणा गर्नेछौं,’ क्यानका सचिव प्रशान्त मल्लले भने, ‘यी टोलीले कति मूल्यमा फ्रेन्चाइज खरिद गरे भन्ने चाहिँ खुलाउन नमिल्ने सम्झौतामा उल्लेख छ ।’ अब फार वेस्टर्न र पोखराका लागि पनि टोली घोषणा हुन बाँकी छ । अमेरिकामा व्यावसायिक क्रिकेट लिग खेल्दै आएको अल स्टार स्पोर्ट्सले लुम्बिनी अल स्टार्स खरिद ग¥यो ।

टेक्सासमा रहेको अल स्टारले पनि अमेरिकामा क्रिकेट खेल्दै आएको छ । केही महिना अगाडि मात्र नेपाली क्रिकेट टोलीले अमेरिका भ्रमण गर्दा अल स्टारसँग अभ्यास क्रिकेट पनि खेलेको थियो । कान्तिपुर मिडिया ग्रुपले भने कान्तिपुर क्यापिटल्स खरिद ग¥यो । सोमबार एक कार्यक्रमबीच यी चारै टोलीका मालिक पनि सार्वजनिक गरिएको थियो । सबैले नेपालमा क्रिकेट खेल निकै लोकप्रिय रहेको र यो फ्रेन्चाइज लिगले नेपालको क्रिकेटलाई राम्रो उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरे ।

ट्वान्टी–२० लिगको रणनीति र कमर्सियल साझेदारीको जिम्मेवारी पाएको सेभेन थ्री स्पोट्र्सका चेयरमेन जतिन आलुहबालियाले क्यानको शिर निहुराउने किसिमको काम नगर्ने उल्लेख गर्दै यस ट्वान्टी–२० लिगबाट नेपालको क्रिकेट अर्को उचाइमा पुग्ने विश्वास व्यक्त गरे । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले निर्वाचित भएलगत्तै नेपाल प्रिमियर लिग गर्ने आफ्नो योजना महामारी र अन्य कारणले सम्भव हुन नसकेको बताए । साथै कोही व्यक्तिले नेपाल प्रिमियर लिगको अधिकार आफ्नो नाममा दर्ता गराएकाले क्यानले आफ्नो पूर्वनिर्धारित योजना अगाडि बढाउन नपाएको पनि चन्दको भनाइ छ ।

‘निर्वाचित भएलगत्तै हाम्रो नेतृत्वले नेपाल प्रिमियर लिग गर्ने योजना सार्वजनिक गरेको थियौं । तर, महामारी र अन्य कारणले हुन सकेन । केही व्यक्तिले नेपाल प्रिमियर लिगको राइट दर्ता गरेकाले हाम्रो योजनाले सार्थकता पाउन सकेनन् । अब नेपाल ट्वान्टी–२० लिगबाट नेपालको क्रिकेटलाई नयाँ उचाइमा पुग्ने विश्वास लिएको छु,’ चन्दले भने । फ्रेन्चाइज टोली घोषणा कार्यक्रममा भारतीय क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मलहोत्राले नेपाली क्रिकेटको भविष्य आफूले देखेको बताए । मलहोत्रा भारतीय क्रिकेट टिमका पूर्वप्रशिक्षक तथा छनोटकर्ता पनि हुन् ।
क्यानले लिगको कमर्सियल साझेदारी सेभेन थ्री स्पोर्ट्स कम्पनीलाई आठ वर्षसम्मका लागि दिएको थियो । त्यसबापत सेभेन थ्री स्पोर्ट्सले वार्षिक चार करोड १२ लाख ५० हजार क्यानलाई उपलब्ध गराउनेछ । डबल राउन्ड लिगका आधारमा खेलाइने लिगमा पहिलो वर्ष ६ फ्रेन्चाइज टोली सहभागी गराइने यसअघि नै क्यानले स्पष्ट पारिसकेको छ । यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सलाई भारतीय कम्पनीले खुला प्रतिस्पर्धाबाट खरिद गरेका हुन् ।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]