महिला क्रिकेटरहरु प्रशिक्षणको लागि न्युजिल्यान्ड जाने

  • विकेटनेपाल, बैशाख २१ – शुक्रबार

नेपाली महिला क्रिकेट टिम तथा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफका ४ महिला क्रिकेटरहरु अभ्यास तथा प्रशिक्षणका लागि न्युजिल्यान्ड जाने भएका हुन् । भ्रमण तालिका सेप्टेम्बर १२ देखि २९ सम्मको रहेको छ ।

नेपालका बिनु बुढाथोकी, सिता रानामगर, सरिता मगर र करुणा भण्डारी सहित बंगलादेशका १२ महिला क्रिकेटरहरु न्युजिल्यान्ड जान लागेका हुन् । उक्त भ्रमणमा नेपाल र बंगलादेशका खेलाडीहरु सम्मिलित टिमले न्युजिल्यान्डका स्थानीय टिमहरुसँग अभ्यास खेलहरु खेल्ने कार्यक्रम रहेको छ ।

बिनु बुढाथोकी

ग्रेट ब्रिटेनका नागरिक तथा एपीएफ क्लबका भोलुन्टर प्रशिक्षक जोन कप्प्स जेन्नरले खेलाडीहरुलाई यस्तो ब्यबस्था गरेका हुन्, उनले यो भ्रमणले नेपाली खेलाडीहरुको स्तर वृद्धि गर्ने बताए । उनले भनेका छन्, बंगलादेशले क्रिकेटमा नेपालले भन्दा धेरै प्रगति गरेको छ र उनिहरुसँगै खेल्न पाउँदा नेपाली खेलाडीको स्तर बढ्ने छ भने त्यहाँका स्थानीय क्लबसँगको खेलले विभिन्न हावापानिमा खेल्न सहयोग गर्ने छ ।

Sita Rana Magar & Karuna Bhandari
Sita Rana Magar & Karuna Bhandari

सेप्टेम्बर १२ तारिखमा अकल्याण्डमा पुग्ने तालिका रहेको नेपाल र बंगलादेशका खेलाडीहरु सम्मिलित टिमले त्यहाँ रहुन्जेल क्रिस्चर्च, लीस्टन, मेनपावर ओभल, अकरोया, हगले ओभल, ग्रेमाउथ, क्विन्सटाउन लगायतका ठाउँमा एकदिवसीय र टी२० गरेर १० खेलहरु खेल्नेछन् ।

नेपाली रास्ट्रीय पुरुष क्रिकेट टिमले आफ्नो प्रदर्शनलाई अगाडी बढाउँदै गर्दा महिला क्रिकेट टिमको प्रदर्शन भने खस्कँदै गएको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) निलम्बनमा परेपनि प्राइभेट स्तरबाट लगातार आयोजना हुँदै आएका प्रतियोगिताले नेपाली क्रिकेटलाई सम्हाल्ने तथा अगाडी बढाउने  कार्य जारि राखेपनि महिला क्रिकेटको अवस्था भने फरक छ । विभिन्न समयमा खेलाडी आफैले खर्च व्यहोर्दै कहिले भारत त कहिले बंगलादेश लगायतका देशमा प्रशिक्षण गर्दै आईरहेका छन् । पछिल्लो पटक महिला क्रिकेट प्रतियोगिता (प्रधानमन्त्री कप क्रिकेट) फाल्गुन महिनामा आयोजना भएको थियो जुन बर्षको एकमात्र प्रतियोगिता थियो ।

(द हिमालयन टाइम्सको सहयोगमा तयार पारिएको)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]