न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

२०८२ बैशाख ३, बुधबार २०:५६

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली समुदायको बीचमा क्रिकेटको माध्यमबाट एकता कायम गर्ने उद्देश्यसहित यो प्रतियोगिता लिलामी-आधारित फ्रेन्चाइज लिगको रूपमा सञ्चालन हुने पहिलो पटक हो।

प्रतियोगितामा चार टिमहरू बिग ब्लास्टर, यति स्ट्राइकर द रोयल्स र हिमालयन हुरिकेन्स  १,५०० न्युजिल्यान्ड डलरको पुरस्कार राशिको लागि प्रतिस्पर्धा हुनेछ।

लिगको प्रमुख आकर्षणको रूपमा रहेको खेलाडी लिलामीमा निकै रोचक प्रतिस्पर्धा देखिएको थियो। बिवेक थापा ४१०० अंकसहित सबैभन्दा महँगो खेलाडी बन्दै यति स्ट्राइकरमा चयन भए।

शीर्ष ५ महँगो खेलाडीहरू यस प्रकार छन्:

१. बिवेक थापा (४१०० अंक –यति स्ट्राइकर )
२. बिशाल भण्डारी (३१५० अंक – बिग ब्लास्टर)
३. मिलन खरेल (२५०० अंक – हिमालयन हुरिकेन्स)
४. दिपेश यादव (२५०० अंक – हिमालयन हुरिकेन्स)
५. राधे यादव (२२५० अंक – बिग ब्लास्टर)

CNPL को लिलामी तीन श्रेणी (A, B, C) मा विभाजित थियो, जसमा प्रत्येक टिमले निम्न अनुसार खेलाडी छनोट गर्नुपर्ने थियो:

  • अधिकतम ३ जना Category A का खेलाडी

  • न्यूनतम ४ जना Category B का खेलाडी

  • न्यूनतम २ जना Category C का खेलाडी

  • अधिकतम २ जना गैर-नेपाली खेलाडी

साथै, खेललाई अझ रोमाञ्चक बनाउन Impact Player Rule समेत लागू गरिएको छ, जसअन्तर्गत खेलको दौरान एक खेलाडी परिवर्तन गर्न सकिनेछ।

टिम र मालिकहरू

  • Big Blasters – मुभिंग पुन  र दीपक चौहान

  • Yeti Strikersप्रकाश गौतम

  • The Royalsसमुन्द्र बास्तोला

  • Himalayan Hurricanesसन्तोष गिरी

नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी सुवास खकुरेल यस लिगका ब्राण्ड एम्बेसडर रहेका छन्। उनको उपस्थिति युवा खेलाडीहरूलाई प्रेरणा दिने विश्वास गरिएको छ।

अकल्याण्ड, टउरांगा, टिमारू, क्विन्सटाउन लगायत क्राइस्टचर्चबाट आएका खेलाडीहरूले यो प्रतियोगिता अझ विविध र समावेशी बनाएको छ। CNPL लाई केवल प्रतियोगिता मात्र नभई नेपाली संस्कृति, युवा सहभागिता, र समुदायको एकताको उत्सवको रुपमा लिईएको छ। “हामी नेपाली समुदायलाई एकतामा बाँध्ने उद्देश्यले यो लिग ल्याएका हौं। यसले नेपाली युवाहरूलाई प्लेटफर्म दिनेछ र क्रिकेटमार्फत खुसी बाँड्नेछ।” आयोजकले बताएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy