एमएम कप : आश्चर्यजनक नतिजाका साथ एपीएफ र प्रदेश-४ लाई पछि छाड्दै प्रदेश-१ सेमीफाइनलमा, मिनास थापाको शतक

Minas Thapa
  • विकेटनेपाल, पुष २९ – आइतबार 

इनरुवामा जारि मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा अस्चार्यजनक नतिजाहरु आउने क्रम जारि छ।

शनिवार विभागीय टोलि शशस्त्र प्रहरी बल एपीएफलाई अन्तिम बलमा चौका प्रहार गर्दै प्रदेश नम्बर-४ ले अत्यन्त रोमान्चक जित हात पारेको थियो। एपीएफले  समुह ‘डी’ अन्तर्गत पहिलो खेलमा प्रदेश-१ लाई पराजित गरेको थियो। एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई पराजित गरेको थियो।

दोश्रो खेलमा पराजित भएपछि एपीएफ र प्रदेश-४ ले  १-१ जित हाँसिल गरेको अवस्थामा समुह ‘बि’ बाट एपीएफ, प्रदेश-४ र प्रदेश-१ बीच सेमीफाइनल पुग्ने एउटा टिम तय हुन प्रदेश-१ र प्रदेश-४ बीचको अन्तिम खेल निर्णायक थियो।

प्रदेश-४ ले जित हाँसिल गरे मात्रै सेमीफाइनल प्रवेश पाउथ्यो भने प्रदेश-१ ले ठुलो अन्तरको जित हात पारे सेमीफाइनल प्रवेश पाउन सक्थ्यो। उता एपीएफ भने प्रदेश-१ र प्रदेश-४ मध्ये प्रदेश-१ को जित चाहन्थ्यो र नेट रन-रेटमा दुवै टिमलाई पछि पार्दै अघि बढ्न चाहन्थ्यो। प्रदेश-१ ले विशाल जित हात नपरेको खण्डमा एपीएफ सेमीफाइनल पुग्थ्यो।

मिनास थापाको शतक 

खेलमा पहिले ब्याटिंग गर्दै प्रदेश नम्बर-१ ले ५० ओभरमा ९ विकेट गुमाएर २९२ रनको योगफल तयार गर्यो।

ओपनीङ्ग ब्याटिंग गरेका मिनास थापा र निरज मुखियाले १५६ रनको साझेदारी गर्दै प्रदेश-१ लाई शानदार सुरुवात दिलाए। निरज ४१ रन ( ७१ बलमा ३ चौका र १ छक्का ) बनाएर २८ औं ओभरमा आउट भए।

शतक पुरा गरेका मिनास थापा ३३ औं ओभरमा १०८ रन बनाएर आउट भए। थापाले ११० बलमा २ छक्का र १६ चौका प्रहार गरे। प्रतियोगितामा प्रहार भएको यो चौथो शतक हो। यस अघि बिनोद भण्डारी, बिशाल सुश्लिङ्ग र प्रेम तामांगले शतक प्रहार गरिसकेका छन्।

Minas Thapa
Minas Thapa

मिनास थापाको विकेट पछि अन्य ब्याट्सम्यानले ठुलो योगफल बनाउन नसके पनि मध्ये क्रमका ब्याट्सम्यानहरुले सानो-सानो योगदान दिंदा टिमले ५० ओभरमा २९२ रन योगफल बनायो। मुकुन्द यादबले ३६ रन बनाए भने पुस्प थापा, रभी रोय र श्रवन यादबले समान १९ रन योगदान दिए।

प्रदेश-४ का बलर किशोर महतोले सर्वाधिक ३ विकेट ( १०-०-५६-३ ) लिए भने अमृत गुरुङ्ग ( ९-१-७१-२ ) , बिपिन खत्री ( १०-१-२६-२ ) र सन्तोष न्यौपानेले ( ९-१-५८-२ ) विकेट लिए।

१११ रनमा रोके सेमीफाइनल पुग्ने समीकरण 

२९२ रन बनाउदा पनि सेमीफाइनल पुग्न प्रदेश-१ ले प्रदेश-४ लाई १११ मा रोक्न सक्नुपर्थ्यो र त्यसो हुँदा प्रदेश-१ ले एपीएफ र प्रदेश-४ दुवैलाई नेट रन रेटमा पछि पार्न सक्थ्यो।

जस्तो प्रदेश-१ ले चाहेको थियो प्रदेश-४ ले अत्यन्त खराब सुरुवात गर्यो। दोश्रो ओभरमा ओपनर अनिल गुरुङ्गलाई पुस्पा थापाले विकेट दिलाएपछि प्रदेश-४ ले लगातार विकेट गुमायो। एपीएफसंग अर्धशतक बनाएका बिधान श्रेष्ठ १ र सन्तोष न्यौपाने खाता नखोली आउट भए भने २५ रन बनाएका ओपनर सुमन घिमिरे पनि आउट भए।

सुमनको विकेटपछि मन्जिल न्यौपाने ३ रन, किशोर महतो ४ रन बनाएर आउट हुँदा प्रदेश-४ को योगफल ९.२ ओभरमा ३८/५ पुग्यो।

त्यसपछि केहि सम्हालिने संकेत देखिए पनि १९ रनको मुस्कान थापा र अमृत गुरुङ्गको साझेदारी पुष्प थापाले तोड्दा पुनः विकेट झर्ने शिलशिला सुरु भयो। मुस्कान ११ र अमृत १३ रन बनाएर आउट भए भने त्यसपछि तल्लो क्रममा बिपिन खत्री २ रन तथा अघिल्लो खेलमा चौका प्रहार गर्दै अन्तिम बलमा खेल जिताएका मेख बहादुर सेन खाता नखोल्दै आउट हुँदा प्रदेश-४ ले १५.१ ओभरमा ६६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

प्रदेश-१ ले २२६ रनको नतिजा मात्रै हात पारेन १११ मा रोक्नु पर्नेमा त्यो भन्दा पनि त्यो भन्दा ४५ रन कममा प्रदेश-४ लाई रोक्दै अस्चार्यजनक नतिजाका साथ सेमीफाईनल प्रवेश गर्यो।

६६ रनमा रोकेपछि प्रदेश-१ को नेट रनरेट १.३४ पुग्यो भने प्रदेश-४ को ०.८८ रहेपछि प्रदेश-१ सेमीफाइनल प्रवेश गरेको हो। प्रतियोगितामा यस अघि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

Minas Thapa

प्रदेश-४ लाई ६६ रनमा रोक्न मनोज मण्डल र सिद्धान्त लोहनीले ३/३ विकेट लिए। मनोजले ६ ओभरमा १ मेडन ओभर गर्दै २४ रन खर्चिए भने सिद्धान्तले २ ओभरमा मात्र ५ रन खर्चिए। यस्तै पुस्पा थापा ( ३.१-०-१४-२ ) र दिपेश कंडेल ( ४-०-२२-२ ) ले २/२ विकेट लिंदै जितमा महत्वपूर्ण योगदान दिए।

शतकीय इनिंग खेलेका मिनास थापा खेलको प्लेयर अफ द म्याच चुनिए।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

( समाचार श्रोत – रोशन मण्डल )





थप समाचार

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]