चार्टर्ड क्रिकेट लिग : चौंथो दिन बिज ग्लाइडर्स र द न्युबिज विजयी

२०७८ माघ २७, बिहीबार २०:०१

काठमाडौँको मुलपानी मैदानमा जारि चार्टर्ड क्रिकेट लिगको दोश्रो संस्करण अन्तर्गत चौंथो दिनको खेलमा बिज ग्लाइडर्स र द न्युबिज विजयी भएका छन्।

दिनको पहिलो खेलमा बिज ग्लाईडर्सले माउन्टेन हक्सलाई ३ विकेटले पराजित गर्यो। माउन्टेन हक्सले दिएको १३२ रनको लक्ष्य ग्लाईडर्सले १८ ओभरमा ७ विकेट क्षेतीमा भेटायो।

ग्लाईडर्सको ब्याटिंगमा सरफराज हुसेनले ४७ तथा दिपेन सिंहले २७ रन बनाए। हक्सका बलर सन्तोष शाहले ३ विकेट लिए। यस अघि माउन्टेन हक्सले २० ओभरमा ८ विकेट क्षेतीमा १३१ रन बनाएको थियो। उसको लागि प्रयाश बिस्टले ३७ तथा मिशाल सिघ ठाकुरले ३३ रन बनाए। ग्लाईडर्सका बलर सरोज शर्माले ४ विकेट लिए। प्लेयर अफ द म्याच सरफराज हुसेन घोषित भए।

दिनको दोश्रो खेलमा टिमद न्युबिजले एपीए एभेन्जर्सलाई १ रनले पराजित गर्यो।न्युबिजले दिएको १४५ रनको लक्ष्य पछ्याएको एभेन्जर्सले १९.५ ओभरमा १४३ रनमा सबै विकेट गुमायो। एभेन्जर्सको ब्याटिंगमा गोपाल तिमिल्सिनाले ४७ तथा बिबेक चौधरीले २२ रन बनाए। न्युबिज बलर त्रिलोचन भट्टराईले ३ तथा प्रमाण नेपालले २ विकेट लिए।

यस अघि टिम न्युबिज २० ओभरमा ८ विकेट क्षेतीमा १४४ रन बनाएको थियो। उसको लागि सन्तोष थापाले सर्वाधिक ६९ रन तथा प्रसुन कंडेलले ३१ रन बनाए। एभेन्जर्सका बलर सन्दिप बस्यालले ३ तथा गोपाल तिमिल्सिनाले २ विकेट लिए। प्लेयर अफ द म्याच सन्तोष थापा चुनिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy