चार्टर्ड क्रिकेट लिग : चौंथो दिन बिज ग्लाइडर्स र द न्युबिज विजयी

काठमाडौँको मुलपानी मैदानमा जारि चार्टर्ड क्रिकेट लिगको दोश्रो संस्करण अन्तर्गत चौंथो दिनको खेलमा बिज ग्लाइडर्स र द न्युबिज विजयी भएका छन्।

दिनको पहिलो खेलमा बिज ग्लाईडर्सले माउन्टेन हक्सलाई ३ विकेटले पराजित गर्यो। माउन्टेन हक्सले दिएको १३२ रनको लक्ष्य ग्लाईडर्सले १८ ओभरमा ७ विकेट क्षेतीमा भेटायो।

ग्लाईडर्सको ब्याटिंगमा सरफराज हुसेनले ४७ तथा दिपेन सिंहले २७ रन बनाए। हक्सका बलर सन्तोष शाहले ३ विकेट लिए। यस अघि माउन्टेन हक्सले २० ओभरमा ८ विकेट क्षेतीमा १३१ रन बनाएको थियो। उसको लागि प्रयाश बिस्टले ३७ तथा मिशाल सिघ ठाकुरले ३३ रन बनाए। ग्लाईडर्सका बलर सरोज शर्माले ४ विकेट लिए। प्लेयर अफ द म्याच सरफराज हुसेन घोषित भए।

दिनको दोश्रो खेलमा टिमद न्युबिजले एपीए एभेन्जर्सलाई १ रनले पराजित गर्यो।न्युबिजले दिएको १४५ रनको लक्ष्य पछ्याएको एभेन्जर्सले १९.५ ओभरमा १४३ रनमा सबै विकेट गुमायो। एभेन्जर्सको ब्याटिंगमा गोपाल तिमिल्सिनाले ४७ तथा बिबेक चौधरीले २२ रन बनाए। न्युबिज बलर त्रिलोचन भट्टराईले ३ तथा प्रमाण नेपालले २ विकेट लिए।

यस अघि टिम न्युबिज २० ओभरमा ८ विकेट क्षेतीमा १४४ रन बनाएको थियो। उसको लागि सन्तोष थापाले सर्वाधिक ६९ रन तथा प्रसुन कंडेलले ३१ रन बनाए। एभेन्जर्सका बलर सन्दिप बस्यालले ३ तथा गोपाल तिमिल्सिनाले २ विकेट लिए। प्लेयर अफ द म्याच सन्तोष थापा चुनिए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]