अश्फाकको करियरकै उत्कृस्ट ब्याटिंग, युएईद्वारा सिरिज व्हाइटवास

नेदरल्याण्डलाई चौथो टि-२० मा ७ विकेटले पराजित गर्दै युएईले ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज ४-० ले व्हाइटवास गरेको छ।

युएईमा आगामी महिना अक्टोबर-११ देखि आयोजना हुने टि-२० विश्वकप छनौटको तयारी स्वरूप आयोजना गरेको सिरिजमा युएईले लगातर उत्कृस्ट प्रदर्शन गर्दै २०२० टि-२० विश्वकपको लागि दाबेदारी प्रस्तुत गरेको हो। युएई टि-२० विश्वकप छनौट आयोजकको रुपमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) नखेली स्वतः छनौट भएको हो।

सिरिज अन्तर्गत पहिलो खेलमा १३ रनले, दोश्रो खेल ५ विकेटले , तेश्रो खेलमा १४ रनले र चौथो खेलमा ७ विकेटले युएई विजयी भयो।


नेदरल्याण्डको स्पोर्टपार्क वेस्टभ्लीएटमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले दिएको १५१ रनको लक्ष्य युएईले १९.४ ओभरमा ३ विकेट मात्रै गुमाएर पुरा गर्यो।

युएईको लागि ओपनर अश्फाक एहमदले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ५३ बलमा ११ चौका र २ छक्का प्रहार गरे। एहमदको यो करियरकै उत्कृस्ट व्यक्तिगत स्कोर हो। यस्तै घुलाम सब्बिरले अविजित ५८ रन ( ५४ बलमा ७ चौका ) बनाए। एहमद र सब्बिरले दोश्रो विकेटको लागि १११ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। एहमदले पहिलो र तेश्रो खेलमा पनि अर्धशतक बनाएका थिए।

अस्फाकले सिरिजमा ३ वटा अर्धशतक बनाए
अस्फाकले सिरिजमा ३ वटा अर्धशतक बनाए ( फोटो – इमर्जिंग क्रिकेट )

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा नेदरल्याण्डको लागि कुनै पनि ब्याट्सम्यानले ठुलो योगफल बनाउन सकेनन्। ओपनर म्याक्स ओडोड र एन्टोनियस स्टालले सर्वाधिक २८ रन तथा स्टेफेन माइबर्ग र कप्तान पिटर सिलरले समान २५ रन बनाए।

युएई बलर सुल्तान एहमदले २ तथा कदिर एहमद, अश्फाक एहमद र अहमद राजाले १/१ विकेट लिए। रोहन मुस्तफालाई खेलमा आराम दिईएको थियो।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]