स्पिनर बिरुद्ध कमजोर इंग्ल्यान्ड २०५ मै सिमित

२०७७ फाल्गुन २०, बिहीबार १६:४०

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत चौथो तथा अन्तिम टेस्ट नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सुरु भएको छ। सिरिजमा भारत २-१ ले अघि रहेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको भ्रमण टोलिले ७५.५ ओभरमा २०५ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

खराब सुरुवात गरेको इंग्ल्यान्डले सुरुवात ३ विकेट ३० रनको योगफलमै गुमाउन उग्यो। २ रन बनाएका ओपनर डोमिनिक सिबले र ९ रन बनाएका ज्याक क्रलेलाई अक्षर पटेलले पेभेलियन फर्काए। त्यसपछि कप्तान जो रुटलाई मोहम्मद सिराजले एलबिडब्लु धरापमा पारे जसले ५ रन मात्र बनाउन सके।

चौथो विकेटको लागि जोनी बेयरस्टोले बेन स्टोक्ससंग ४८ रनको साझेदारी गरे। बेयरस्टोलाई सिराजले एलबिडब्लु आउट गरे। त्यसपछि स्टोक्सले ओली पोपसंग ४३ रन जोडे। १२१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाएका स्टोक्सलाई वासिंगटन सुन्दरले एलबिडब्लु गर्दै साझेदारी तोडे। ८७ बलमा २९ रन बनाएका पोपलाई रभीचन्द्रन आश्विनले पेभेलियन फर्काए।


आठौँ नम्बरमा ब्याटिंग गरेका ड्यानीयल लरेन्सले ४६ रन बनाउदै टिमको योगफल २ सय नजिक पुर्याउन योगदान दिए। उनले ७४ बलमा ८ चौका प्रहार गरे। अक्षर पटेलले ७१ औं ओभरमा लरेन्स र डम बेसको विकेट लिंदै भारतलाई खेलमा फर्काए। जेम्स एण्डरसनले अविजित १० रन बनाउदै योगफललाई २ सय पार गराए।

भारतको बलिंगमा उत्कृस्ट लयमा रहेका देब्रे हाते स्पिनर अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २६ ओभर बलिंग गर्दै ७ मेडन ओभर गरेर ६८ रन खर्चिए। रभीचन्द्रन आश्विनले ३ ( १९.५-४-४७-३ ) , मोहम्मद सिराजले २ ( १४-२-४५-२ ) र वासिंगटन सुन्दरले १ विकेट ( ७-१-१४-१ ) लिए। इशान्त शर्मा विकेटविहिन रहे।

बिहिबारनै भारतले आफ्नो इनिंग्स सुरुवात गरिसकेको छ। भारतले पहिलो ओभरमा ओपनर शुबमन गिललाई खाता नखोल्दै गुमाउन पुगेको छ। यो समाचार तयार गर्दा भारतले ५ ओभरमा १ विकेट गुमाउदा ४ रन बनाएको छ। क्रिजमा रोहित शर्मा र चेतेश्वर पुजारा ब्याटिंग गरिरहेका छन्। जेम्स एण्डरसनले ३ ओभरमा कुनै रन नखर्ची १ विकेट लिएका छन्।

धेरैले पढेको 

https://wicketnepal.com/psl-sthagit-sandip-farkane-wn21/

https://wicketnepal.com/polard-6-ball-6-t20-i-wn21/

https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy