आईपीएलको मुख्य प्रायोजन गर्न ५ कम्पनि बीच प्रतिस्पर्धा

चिनियाँ मोबाइल कम्पनि भिभोले आईपीएलको मुख्य प्रायोजकबाट जात झिकेपछि प्रतियोगिताको मुख्य प्रायोजक बन्ने होडमा ठुला कम्पनिहरु अघि आएका छन्। भारतमा चिन बिरोधि भावना बढेको हुँदा भिभोले प्रायोजनबाट यो वर्ष हट्ने निर्णय गरेको थियो।

भारतीय मिडियाहरुका अनुसार ठुला कम्पनिहरुले प्रायोजक बन्न निवेदन दिएका छन् जसमा टाटा सन्स, रिलायन्स जियो, पतंजली, बाइजु, अनएकेडेमी रहेका छन्। शुक्रबार निवेदन दिने अन्तिम म्याद रहेको थियो। टाटा कम्पनिका प्रवक्ताले आईपीएल टाइटल प्रायोजक बन्न निवेदन दिएको स्वीकार गरेका छन्। फेन्टासी गेमिंग प्ल्याटफर्म ड्रिम इलेभेनले पनि निवेदन दिएको बताईएको छ जसको पुस्टि भने भएको छैन

को बन्ला प्रायोजक ?

बिज्ञहरुका अनुसार यस अघि क्रिकेटमा प्रायोजन नगरेका अन एकेडेमी र टाटा मध्ये एकले रामदेवको पतंजलीलाई पछि पार्न सक्नेछ। पतंजलीको नाम केहि दिन अघि आईपीएल प्रायोजकको लागि बोलि लगाउने भएपछि चर्चामा आएको थियो जसको पतंजली प्रवक्ताले पुस्टि गरेका थिए। पतंजलीले अब टाटा सहित अन्य तिन कम्पनि बाइजु, अनएकेडेमी, रिलायन्स जियोलाई प्रतिस्पर्धामा पछि पार्नुपर्नेछ।

“टाटा ग्रुप राम्रो खेलाडी हो। आईपीएल चाडपर्वको सिजनमा आयोजना हुन लागेको र मात्र १ वर्षको प्रायोजन सम्झौता जसमा छुट पनि हुनेछ, यस्तो मौकाको फाइदा टाटा उठाउन चाहन्छ।” श्रोतले हिन्दुस्तान टाईम्सलाई बताएको छ।

श्रोतका अनुसार रिलायन्स जियो टिमहरु तथा आईपीएलकै प्रमुख प्रायोजक रहँदै आएको कारणले आक्रामक बोलि लगाउने छैन। बाइजु भारतीय टिमको जर्सी प्रायोजक रहेकोले ठुलो रकम त्यसमै खर्चेको हुँदा ठुलो बोलि लगाउने सम्भावना कम देखिएको छ। तर यसै साता बाइजुले कोलकाता नाइट राइडर्सको प्रायोजकबाट हात झिकेको हुँदा रेसमा अघि बढ्ने सम्भावना देखिएको छ। पतंजली र अन एकेडेमीले चासो देखाएता पनि उनीहरुले सम्झौताको लागि कति बोलि लगाउनेछ हेर्न रोचक हुनेछ।

बिसीसीआई र भिभो बीच २०१७ मा ५ वर्षको लागि प्रतिवर्ष ४४० करोड भारुमा प्रायोजन सम्झौता भएको थियो। यो पटक बिसीसीआईले भिभोले दिएको भन्दा ३०-४० प्रतिशत छुट दिने बताईएको छ।

अगस्ट १८ तारिखका दिन भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले अधिकारिक रुपमा अधिकार हाँसिल गर्ने कम्पनिको घोषणा गर्नेछ।

बिसीसीआई सुत्रका अनुसार टाटाले प्रायोजन अधिकारको लागि बलियो बोलि लगाएको छ र ठुलो ब्राण्ड हुँदा बाँकी प्रतिस्पर्धीलाई पछि छाड्ने सम्भावना रहेको छ।

बिसीसीआईले आईपीएलको प्रायोजक भारतीय कम्पनिलाई बनाउने कुरालाई प्राथमिकतामा राखेको छ। यसको लागि केहि थोरै रकम पाएता पनि बिसीसीआईले सम्झौता गर्न सक्छ।

बिसीसीआईले मुख्य प्रायोजक बाहेक अन्य ३ वटा सह-प्रायोजकको लागि पनि ठाउँ राखेको छ। टाटाको अल्ट्रो आईपीएलको अफिसियल पार्टनर रहीसकेको छ। अन एकेडेमीले टाइटल प्रायोजक नपाए नयाँ अफिसियल पार्टनरको रुपमा जोडिने सम्भावना रहेको छ।

आईपीएलको १३ औं संस्करण युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर ८ सम्म आयोजना हुँदैछ।

सम्बन्धित :-

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/

राष्ट्रिय फुटबलरलाई पनि देखियो कोरोना

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/stuart-broad-inhaler-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]