फाप्ला क्रिकेट मैदानलाई ५ करोड बजेट

  • विकेटनेपाल, असार १ – शुक्रबार

धनगढीलाई क्रिकेटको शहर बनाउने उदेश्य सहित सन् २०१४ मा आयोजनाको काम थालिएको फाप्ला क्रिकेट मैदानलाई प्रदेश नम्बर ७ को सरकारले ५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

इन्टर-स्कुल क्रिकेट लिग, धनगढी क्रिकेट लिग, धनगढी प्रिमियर लिग लगायतका प्रतियोगिताबाट नेपाली क्रिकेटको लागि विभिन्न समयमा उत्कृस्ट खेलाडी उत्पादन गरेको धनगढी क्रिकेट एकेडेमीको स्वामित्त्वमा रहेको मैदान निर्माण तथा स्तरोन्नतिको लागि अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्न सकिने र ४० हजार दर्शक क्षमताको “ड्रिम फाप्ला” नाम दिएर प्रोजेक्ट अगाडी बढाईएको थियो।

आज प्रदेश सरकारले सार्बजनिक गरेको बजेट अनुसार नेपालले एकदिवसीय मान्यता पाएको र यहाँका युवाहरुको क्रिकेट प्रतिको चासोलाई मध्यनजर गर्दै बजेट बिनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

प्रदेश सरकारको यो कदमलाई स्वागत गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा ड्रिम फाप्लाका अभियन्ता सुबास शाहीले आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोरालाई धन्यबाद ब्यक्त गरेका छन्।

https://platform.twitter.com/widgets.js





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]