फाप्ला क्रिकेट मैदानलाई ५ करोड बजेट

  • विकेटनेपाल, असार १ – शुक्रबार

धनगढीलाई क्रिकेटको शहर बनाउने उदेश्य सहित सन् २०१४ मा आयोजनाको काम थालिएको फाप्ला क्रिकेट मैदानलाई प्रदेश नम्बर ७ को सरकारले ५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

इन्टर-स्कुल क्रिकेट लिग, धनगढी क्रिकेट लिग, धनगढी प्रिमियर लिग लगायतका प्रतियोगिताबाट नेपाली क्रिकेटको लागि विभिन्न समयमा उत्कृस्ट खेलाडी उत्पादन गरेको धनगढी क्रिकेट एकेडेमीको स्वामित्त्वमा रहेको मैदान निर्माण तथा स्तरोन्नतिको लागि अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्न सकिने र ४० हजार दर्शक क्षमताको “ड्रिम फाप्ला” नाम दिएर प्रोजेक्ट अगाडी बढाईएको थियो।

आज प्रदेश सरकारले सार्बजनिक गरेको बजेट अनुसार नेपालले एकदिवसीय मान्यता पाएको र यहाँका युवाहरुको क्रिकेट प्रतिको चासोलाई मध्यनजर गर्दै बजेट बिनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

प्रदेश सरकारको यो कदमलाई स्वागत गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा ड्रिम फाप्लाका अभियन्ता सुबास शाहीले आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोरालाई धन्यबाद ब्यक्त गरेका छन्।

https://platform.twitter.com/widgets.js

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy