कतार बिरुद्ध नेपालको सिरिज जितमा बनेका ५ कीर्तिमान

घरेलु टोलि कतारलाई तिन खेलको टि-२० अन्तर्राष्ट्रियमा ३-० ले पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले इतिहासमै पहिलो पटक सिरिज जित दर्ता गर्न सफल भएको छ। सिरिज अन्तर्गत नेपालले पहिलो खेल ११९ रनले दोश्रो खेल ६१ रनले तथा तेश्रो खेल १०९ रनले जित्न सफल भयो। सिरिज दौरान बनेका कीर्तिमानहरुलाई यो लेखमा समेटेका छौँ।

१. कतार बिरुद्ध ३-० को सिरिज जित नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको इतिहासकै पहिलो सिरिज जित हो भने पहिलो सिरिज क्लिन स्विप पनि हो। यो नै नेपालले खेलेको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज पनि हो।

२. सिरिज अन्तर्गत तेश्रो खेलमा नेपाली ओपनर सिता राना मगरले बनाएको अविजित ८२ रन टि-२० अन्तर्राष्ट्रियमा नेपाली महिला खेलाडीको व्यक्तिगत सर्वाधिक स्कोर हो। सिरिजकै पहिलो खेलमा इन्दु बर्माले बनाएको ५५ रनको रेकर्ड सिताले तोडेकी हुन्। नेपालको लागि १६ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा ३३९ रन बनाएकी सिता नेपालको सर्वाधिक रनकर्ता समेत हुन्।

३. सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो जुन नेपाली महिला क्रिकेट टिमको टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन अन्तरको जित हो। खेलमा नेपालले दिएको १४८ रनको लक्ष पछ्याएको कतार २७ रनमै समेटिन पुगेको थियो।

४. सिरिजको पहिलो खेलमा दोश्रो विकेटको लागि इन्दु बर्मा र सिता राना मगरले गरेको ८८ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी हो। यस अघि इन्दु र सिताले सन् २०१९ मा इन्डोनेसिया बिरुद्ध दोश्रो विकेटकै लागि ७० रनको साझेदारी गरेका थिए जुन सोहि जोडीले तोडेको हो।

५. सिता राना मगरले तेश्रो खेलमा ८२ रन बनाउने क्रममा प्रहार गरेको ७ वटा चौका महिला टि-२० अन्तर्राष्ट्रियको एकै इनिंग्समा नेपाली ब्याटर प्रहार गरेको सर्वाधिक चौका हो। यस अघि सिता र इन्दु बर्माको नाममा यो रेकर्ड थियो जसले समान ५ चौका प्रहार गरेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy