युएई बिरुद्दको जितका ५ नायक

Lalit Singh Bhandari
  • विकेटनेपाल, फाल्गुन १५ – मंगलबार

मार्च ४ तारिख देखि आयोजना हुन लागेको विश्वकप छनौट प्रतियोगिताको लागि जिम्बाबेमा रहेको नेपाली टिमले मंगलबार पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्सलाई ५ विकेटले पराजित गर्यो । १७२ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगाबै मात्र ५ विकेट गुमाएर जित हाँसिल गर्यो । जितसँगै नेपालले डिभिजन-२ को फाइनलमा युएईसंग हारको बदला समेत लिएको छ भने बिश्वकप छनोट अघि आत्मविश्वास समेत पाएको छ।

जित हासिल गर्नेक्रममा महत्वपूर्ण यी ५ खेलाडीको प्रदर्शन महत्वपूर्ण रह्यो

ललित सिंह भण्डारी

देब्रेहाते तिब्र गतिका बलरको खडेरी तोड्दै रास्ट्रीय टिमसम्मको यात्रा गरेका भण्डारीले नेपालको जितमा महत्त्वपूर्ण योगदान दिए। उनले ६ ओभर बलिंग गर्दै ४० रन खर्चिएपनि महत्वपूर्ण ४ विकेट हात पारे। उनले कप्तान रोहन मुस्ताफालाई पहिलो ओभरमा ४ रनमा, शैमन अनवरलाई १६ रनमा, मुहम्मद उसमानलाई २६ रनमा तथा मोहम्मद भूटालाई १ रनमा आउट गरेका थिए।

Lalit Singh Bhandari
Lalit Singh Bhandari

शरद भेसावकर

पछिल्लो केहि समयदेखि खराब फर्ममा रहेका भेसावकरले ठुलो प्रतियोगिता अगाडी रन बनाउनुले टिमको मनोबल बढाएको छ। लामो समयदेखि नेपालि क्रिकेटको मेरुदण्ड बनेका उनले धैर्यतापुर्वक क्रिजमा रहँदै जित दिलाएर मात्र फर्किए। म्यान अफ द म्याच समेत घोषित उनले ४१ रन बनाउने क्रममा १ छक्का प्रहार गरेका थिए भने कुनै पनि चौका हानेनन्। ५४ बलको सामना गरेका शरदले पारस खड्का ६९/४ को स्थितिमा आउट भएपछी पाचौं विकेटको लागि दिपेन्द्र सिंह ऐरीसँग मिलेर ५७ रनको साझेदारी जितको आधार तयार पारेका थिए।

Sharad Vesawkar
Sharad Vesawkar

दिपेन्द्र सिंह ऐरी

मात्र ६९/४ को स्थितिमा पारस खड्का आउट भएपछी क्रिजमा आएका दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेटको लागि शरद भेसावकरसँग मिलेर ५७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। नेपालको जितको बाटो कोर्नेकाम गरेका दिपेन्द्रले उक्त साझेदारीको क्रममा व्यक्तिगत ४१ रन बनाएका थिए ।आक्रामक ब्याटिंग गर्दै ४१ रन बनाउने क्रममा ऐरीले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। डिभिजन-२ मा फ्लप साबित भएका ऐरी फर्ममा आउनु समेत नेपाली टिमको लागि सुखद खबर भएको छ।

Dipendra Singh Airee
Dipendra Singh Airee

आरिफ शेख

दिपेन्द्र ऐरीले आक्रामक इनिंग खेल्दै नेपालको स्कोर १०० पार गराएपनि नेपाल जित भन्दा अझै टाढा थियो र अर्को एउटा विकेटले नेपाल दबाबमा पर्न सक्थ्यो। तर त्यसो हुनबाट जोगाउन क्रिजमा जमेर खेलिरहेका शरद भेसावकरको साथ दिन आरिफ शेखले महत्त्वपूर्ण भूमिका खेले। मात्र १५ बलको सामना गरेका उनले २ चौका र १ छक्का सहित अविजित २३ रन बनाउदै छैठौं विकेटको लागि भेसावकरसँग अविजित ४६ रनको साझेदारी गरेका थिए।

Aarif Sheikh
Aarif Sheikh

ललित राजबंशी 

नेपाली रास्ट्रिय टिमको लागि पहिलो पटक खेल्ने मौका पाएका युवा लेफ्ट आर्फ़ स्पिनर ललित राजबंशीले पहिलो खेलमा राम्रो बलिंग गरे। ५ ओभर बलिंग गर्दै ३० रन खर्चेर २ विकेट लिएका राजवंशीले खतरनाक देखिएका युएई ओपनर अश्फाक एह्मदलाई ४२ रनको स्कोरमा पेभेलियन फर्काएका थिए भने त्यसपछि पाँचौ नम्बरका ब्याट्सम्यान रामिज शाहजादलाई खाता नखोल्दै आउट गरे। साथी स्पिनर सन्दिप लामिछाने विकेट बिहिन रहेको खेलमा मध्य इनिंगमा विकेट निकाल्ने काम ललितले गरे।

Lalit Rajbanshi
Lalit Rajbanshi

माथि उल्लेखित खेलाडीहरुले गरेको प्रदर्शन मात्रैले नेपाललाई खेल जित्न असम्भव थियो। त्यो बाहेक अन्य खेलाडीहरुको प्रदर्शन समेत खेलमा महत्वपूर्ण रह्यो। करन केसीले युएइको तल्लो क्रमका ब्याट्सम्यानहरुलाई आउट गर्दै ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिन किफायती बलिंग गरे। ब्याटिंगमा पनि पारसले २८ रनको इनिंग खेले।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]