आयरल्याण्ड भ्रमण अन्तर्गत पहिलो खेलमा जितपछि लगातार तिन हार बेहोरेको जिम्बाब्वेले सिरिज हार पछि पुनरागमन गर्दै अन्तिम खेलमा सान्त्वना जित दर्ता गरेको छ। आयरल्याण्डले सिरिज ३-२ ले आफ्नो पक्षमा पार्यो।
ब्रेडी क्रिकेट क्लब मैदान, नर्दर्न आयरल्याण्डमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १२५ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो।
आयरल्याण्डको लागि निल रकले सर्वाधिक २२ रन , पल स्टरलिंगले १९ रन, शेन गेटकाटेले १५ रन तथा क्रेग योंगले अविजित ११ रन बनाए। जिम्बाब्वेका बलर लुक जोंग्वे ( ४-०-२९-३ ) र डोनाल्ड ट्रिपानोले ( ४-०-३१-३ ) समान ३ तथा वेलिंगटन मासाकाट्जा ( ३-०-१५-१ ) र रिचर्ड नगराभाले
यस अघि टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले २० ओभरमा ४ विकेट क्षेतीमा १२४ रन बनाएको थियो। जिम्बाब्वेको लागि कप्तान क्रेग इर्भिनले सर्वाधिक अविजि ६७ रन बनाए जुन क्रममा ५७ बलमा ७ चौका र १ छक्का प्रहार गरे। डायन मायर्सले २६ तथा मिल्टन शुम्बाले अविजित १४ रन बनाए। ३४ रनमा पहिलो ३ विकेट गुमाएपछि कप्तान इर्भिनले चौथो विकेटको लागि मायर्ससंग ५७ तथा पाँचौ विकेटको लागि शुम्बासंग अविजित ३३ रनको साझेदारी गरे।
आयरल्याण्डको बलिंगमा मार्क अडेरले ३ ( ४-०-२३-३ ) तथा जोशुवा लिटलले १ विकेट ( ४-१-१६-१ ) लिए।
सिरिज अन्तर्गत पहिलो खेल जिम्बाब्वेले ३ रनले जितेको थियो भने दोश्रो, तेश्रो र चौथो खेल आयरल्याण्डले ७ विकेट, ४० रन र ६४ रनले जितेको थियो।