कतार बिरुद्ध नेपालको जितमा बनेका ५ ठूला कीर्तिमान

आयोजक कतारलाई पराजित गर्दै नेपालले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। विशाल जित दर्ता गर्ने क्रममा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतार २७ रनमै समेटिन पुग्यो। खेलको क्रममा नेपालले बिभिन्न ठूला रेकर्डहरु बनाएका छन् जसलाई यहाँ प्रस्तुत गरेका छौँ।

१. नेपालको ११९ रनको जित टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि नेपालको ठूलो जित सन् २०१९ मा इन्डोनेसिया बिरुद्धको ९२ रनको जित थियो। यो जित कतार बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा कुनै पनि देशले गर्त गरेको सबैभन्दा ठूलो जित हो।

२. नेपालले पहिले ब्याटिंग गर्दै बनाएको १४६ रन टि-२० अन्तर्राष्ट्रियमा नेपाली महिला टिमको सर्वाधिक योगफल हो। कतार बिरुद्ध कुनै पनि टिमले बनाएको पनि यो सर्वाधिक योगफल हो। यस अघि नेपालको सर्वाधिक योगफल सन् २०१९ मा मलेसिया बिरुद्ध बनाएको १२६ रन थियो।

३. इन्दु बर्माले खेलमा ४७ बलमा ५ चौका मद्दतले अविजित ५५ रन प्रहार गरिन्। इन्दु टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बनेकी छिन्। यस अघि सिता राना मगरले सन् २०१९ मा इन्डोनेसिया बिरुद्ध बनाएको ४८ रन सर्वाधिक स्कोर थियो। इन्दु टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा कतार बिरुद्ध अर्धशतक बनाउने विश्वकै पहिलो क्रिकेटर समेत बनेकी छिन्।

४. खेलमा सिता राना मगर र इन्दु बर्माले दोश्रो विकेटको लागि ८८ रनको साझेदारी गरेका थिए। यो साझेदारी टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि यो रेकर्ड सिता र इन्दुकै नाममा थियो जसले २०१९ मा इन्डोनेसिया बिरुद्ध दोश्रो विकेटको लागिनै ७० रनको साझेदारी गरेका थिए।

५. लक्ष्य पछ्याउने क्रममा नेपालले कतारलाई कतार महिला क्रिकेट इतिहासकै कम योगफल २७ रनमै समेट्न सफल भयो। यस अघि कतारको सबै भन्दा कम योगफल ओमान बिरुद्ध बनाएको ६९ रन थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy