पाँच नेपाली युवा क्रिकेटरले भारतमा उच्चस्तरीय प्रशिक्षण लिने

नेपाल क्रिकेट संघ ( क्यान ) ले पाँच जना नेपाली युवा क्रिकेटरहरुलाई खेलाडी विकास कार्यक्रम अन्तर्गत दुई हफ्ता भारत अभ्यासमा पठाउने भएको छ।

राष्ट्रिय क्रिकेटरहरु लोकेश बम, गुल्सन झा र कुशल मल्ल सहित अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल सहित यु-१९ राष्ट्रिय क्रिकेटर आदील आलम आज राति भारतको बैंगलोर प्रस्थान गर्नेछन्। आज दिउँसो लखनउ हुँदै फ्लाइटमा उनीहरु बैंगलोर पुग्नेछन्।

भारतको बैंगलोर स्थित जस्ट क्रिकेट एकेडेमीमा उनीहरुले दुई साता उच्चस्तरीय अभ्यास गर्नेछन्। उक्त एकेडेमीमा भारतीय क्रिकेट बोर्डबाट मान्यता प्राप्त मैदान, इन्डोर, बलिंग, ब्याटिंग र फिटनेस सुविधा रहेको छ।

अपूर्व देसाई

जस्ट क्रिकेट एकेडेमी सन् २०१८ मा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ब्याटिंग कन्सल्टेन्टको रुपमा आएका अपूर्व देसाईले संचालन गर्दै आएका छन्। एसिया कप छनोट प्रतियोगिता अघि उनि नेपाल आएका थिए। ४७ वर्षय देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त प्रशिक्षक हुन्। देसाईले आईपीएल टिम कोलकाता नाइट राइडर्समा ब्याटिङ प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । उनले बैंगलोर स्थित भारतको नेशनल क्रिकेट एकेडेमीमा १० वर्ष ब्याटिंग प्रशिक्षकको काम गरेका थिए।

आक्रामक ब्याट्सम्यानको परिचय बनाएका लोकेश बमले भर्खरै सम्पन्न ओमान भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेता पनि प्रदर्शन खास रहन सकेको थिएन। यस्तै गत वर्ष राष्ट्रिय टिमको लागि डेब्यु गरेका गुल्सन झाले पनि आफ्नो क्षमता प्रदर्शन गर्न सकेका छैनन्। यस्तै अर्का आक्रामक देब्रे हाते ब्याट्सम्यान कुशल मल्ल पछिल्लो समय खराब लयमा छन्। यस्तै कलात्मक ब्याटिंगले पछिल्लो समय मन जितेका देव खनाल तथा विस्फोटक ब्याटिंग गर्न सक्ने आदील आलमले पनि बैंगलोरमा क्षमता अझ निखार्ने विश्वास गरिएको छ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]