विश्वकपमा छनोट हुन सफल क्रिकेट टोलीलाई क्यानले ५० लाख दिने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ ।

आज सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनोट हुने सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपाल आईसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट भएको थियो ।

यस्तै क्यानले भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई आउँदो वर्ष सञ्चालन हुने १९ वर्षमुनिको एसिया कपमा छनोट हुन सफल टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy