सप्तरी प्रिमियर लिग : वर्षाका कारण दुवै खेल रद्द, तिरहुट टाइगर्स प्ले-अफमा 

२०८१ जेष्ठ २४, बिहीबार १४:१८

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत सातौँ दिनको दुवै खेल वर्षाका कारण रद्द भएको छ।

कन्चनरुप राइनोज र सनराइज एघार तिलाठी कोइलाडी तथा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल रद्द भएको हो।

कन्चनरुप र तिलाठी कोइलाडी बीचको खेल पहिलोमा टस जितेर ब्याटिंग गरेको कन्चनरुपले ६.३ ओभरमा कन्चनरुप राइनोजले विकेट नगुमाई ११५ रन बनाएको थियो। त्यसपछि भारि वर्षाले खेल पुनः सुचारु हुन सकेन। खराब आउटफिल्डका कारण खेल ११ ओभरमा घटाएर खेलाइएको थियो।

कन्चनरुपको लागि सुभ कंसकारले अविजित ७५ तथा राकेश कामतले अविजित ३३ रन बनाए। आक्रामक ब्याटिंग गरेका सुभले मात्र २१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। राकेशले १८ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाए।

छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल भने टस समेत नभई रद्द भयो।

आजको नतिजा पछि लिग चरणको सबै ५ खेल समाप्त हुँदा छिन्नमस्ता लायन्स ३ जित र २ नतिजाविहिन खेलपछि ८ अंक सहित शिर्षस्थानमा छ।छिन्नमस्ताले पहिलो क्वालीफायरमा समेत स्थान पक्का गरेको छ। यस्तै कन्चनरुप राइनोजले पनि सबै ५ खेल खेल्दा ३ जित १ हार र १ नतिजाविहिन खेलपछि ७ अंक बटुल्दै दोश्रो स्थानमा छ।  कन्चनरुपले पनि प्लेअफ खेल्ने पक्का भैसकेको छ। अंकतालिकामा तेश्रो स्थानमा रहेको तिरहुट टाइगर्सले पनि प्लेअफमा स्थान पक्का गरेको छ जसको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहिन खेलपछि ५ अंक छ। ४ खेलमा १ जित, १ हार र दुई नतिजाविहिन खेलको अंकपछि ४ अंक सहित सनराइज एघार तिलाठी कोइलाडी चौंथो स्थानमा छ। एक खेल खेल्न बाँकी रहेको राजविराज राजदेवी एघारको ४ खेलमा १ जित र ३ हार पछि २ अंक छ। तिलाठी कोइलाडी र राजबिराज राजदेवीको प्लेअफ सम्भावना कायमैछ। चार वटै खेलमा हार पछि अंकविहिन बलान बिहुलको प्लेअफ सम्भावना समाप्त भैसकेको छ।

प्रतियोगिता अन्तर्गत शुक्रबार लिग चरणको अन्तिम दुई खेल हुनेछन्। विहान ९ बजे तिरहुट टाइगर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १:३० बजे राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोबिन लिग अन्तर्गत संचालन भइरहेको लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्।

https://youtu.be/_vfs1TEs6J8?si=mU9ZhJQRLgX9dUQI

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy