सप्तरी प्रिमियर लिग : वर्षाका कारण दुवै खेल रद्द, तिरहुट टाइगर्स प्ले-अफमा 

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत सातौँ दिनको दुवै खेल वर्षाका कारण रद्द भएको छ।

कन्चनरुप राइनोज र सनराइज एघार तिलाठी कोइलाडी तथा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल रद्द भएको हो।

कन्चनरुप र तिलाठी कोइलाडी बीचको खेल पहिलोमा टस जितेर ब्याटिंग गरेको कन्चनरुपले ६.३ ओभरमा कन्चनरुप राइनोजले विकेट नगुमाई ११५ रन बनाएको थियो। त्यसपछि भारि वर्षाले खेल पुनः सुचारु हुन सकेन। खराब आउटफिल्डका कारण खेल ११ ओभरमा घटाएर खेलाइएको थियो।

कन्चनरुपको लागि सुभ कंसकारले अविजित ७५ तथा राकेश कामतले अविजित ३३ रन बनाए। आक्रामक ब्याटिंग गरेका सुभले मात्र २१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। राकेशले १८ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाए।

छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल भने टस समेत नभई रद्द भयो।

आजको नतिजा पछि लिग चरणको सबै ५ खेल समाप्त हुँदा छिन्नमस्ता लायन्स ३ जित र २ नतिजाविहिन खेलपछि ८ अंक सहित शिर्षस्थानमा छ।छिन्नमस्ताले पहिलो क्वालीफायरमा समेत स्थान पक्का गरेको छ। यस्तै कन्चनरुप राइनोजले पनि सबै ५ खेल खेल्दा ३ जित १ हार र १ नतिजाविहिन खेलपछि ७ अंक बटुल्दै दोश्रो स्थानमा छ।  कन्चनरुपले पनि प्लेअफ खेल्ने पक्का भैसकेको छ। अंकतालिकामा तेश्रो स्थानमा रहेको तिरहुट टाइगर्सले पनि प्लेअफमा स्थान पक्का गरेको छ जसको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहिन खेलपछि ५ अंक छ। ४ खेलमा १ जित, १ हार र दुई नतिजाविहिन खेलको अंकपछि ४ अंक सहित सनराइज एघार तिलाठी कोइलाडी चौंथो स्थानमा छ। एक खेल खेल्न बाँकी रहेको राजविराज राजदेवी एघारको ४ खेलमा १ जित र ३ हार पछि २ अंक छ। तिलाठी कोइलाडी र राजबिराज राजदेवीको प्लेअफ सम्भावना कायमैछ। चार वटै खेलमा हार पछि अंकविहिन बलान बिहुलको प्लेअफ सम्भावना समाप्त भैसकेको छ।

प्रतियोगिता अन्तर्गत शुक्रबार लिग चरणको अन्तिम दुई खेल हुनेछन्। विहान ९ बजे तिरहुट टाइगर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १:३० बजे राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोबिन लिग अन्तर्गत संचालन भइरहेको लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्।

https://youtu.be/_vfs1TEs6J8?si=mU9ZhJQRLgX9dUQI





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]