६ रनमै अलआउट, ४ बलमा जित : टि-२० अन्तर्राष्ट्रियमा नयाँ रेकर्ड

६ रनमै अल-आउट , सुन्दा अपत्यारिलो लाग्छ तर यो सत्य हो।

मंगलबार माली र रुवान्डा बीच ‘कुइबुका महिला टि-२० अन्तर्रास्ट्रिय प्रतियोगिता अन्तर्गत’ माली महिला महिला राष्ट्रिय टिम ६ रनमै अल-आउट हुन पुगेको हो।

महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै यो सबैभन्दा कम योगफल हो।

Mali Womens Cricket Team

यस भन्दा अघि चिनको महिला राष्ट्रिय टिम युएई संग यसरी वर्ष जनवरीमा थाईल्याण्ड महिला टि-२० स्म्यास प्रतियोगितामा १४ रनमा अल-आउट भएको थियो। युएईले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा १० ओभरमा चिनले लज्जास्पद ब्याटिंग गरेको थियो। युएईले उक्त खेल १८९ रनले जितेको थियो जुन रन अन्तरको हिसाबले सबैभन्दा विशाल जित हो।

माली टिम ६ रनमै समेटिन पुगेपछि रुवान्डाले खेल मात्र ४ बलमा पुरा गर्यो। ११६ बल बाँकी रहनु कुनै पनि टिमले जित हात पार्दा योनै सबैभन्दा बढी बल बाँकी रहेको खेल हो।

६ रन बनाए पनि मालीले ९ ओभर ब्याटिंग गरेको थियो। उसका ९ जना ब्याट्सम्यान खाता नखोली आउट भए भने १ जना खाता नखोली अविजित रहिन्। ओपनर मारीएम सामाकेले १ रन बनाएपनि अन्य खेलाडीले खाता खोल्न सकेनन्। रुवान्डाले दिएको अन्य ५ रन अतिरिक्त रन बाट आएको थियो जसमा २ बाई, २ लेग बाइ र १ वाइड सामेल थियो।

रुवान्डाका बलर भुमिलिया ( ३-३-०-२ )  र निरियाँकुन्डीनेजाले ( २-२-०-३ ) कुनै पनि रन नखर्ची २ र ३ विकेट लिएका थिए।

मालीका ३  जना खेलाडी क्याच आउट , २ खेलाडी रन आउट, २ जना एलबिडब्लु र ३ खेलाडी बोल्ड आउट भएका थिए।

पुरुष टि-२० अन्तर्राष्ट्रियमा सबै भन्दा कम योगफल नेदरल्याण्डले बनाएको ३९ रन हो जुन सन् २०१४ मा श्रीलंका बिरुद्धको खेलमा थियो। टि-२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा कम योगफल ५६ हो जुन आयरल्याण्डसंग सन् २०१५ टि-२० विश्वकपमा थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गत वर्ष आफ्ना १०४ सदस्य राष्ट्रहरुलाई टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिएको थियो।

( फोटो – रुवान्डा क्रिकेट )





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]