सप्तरी प्रिमियर लिग : छिन्नमस्ता र कन्चनरुप प्लेअफमा 

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत छैठौं दिन सम्पन्न दुईवटा खेलमा कन्चनरुप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन्। कन्चनरुपले राजविराज राजदेवी एघारलाई तथा छिन्नमस्ताले बलान बिहुल सुपर किंग्सलाई पराजित गर्यो।

आजको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज राजदेवी एघारलाई ६ विकेटले पराजित गर्यो।

राजविराज राजदेवीले दिएको १५५ रनको लक्ष्य कन्चनरुप राइनोजले ३ ओभर बाँकी हुँदै ४ विकेट गुमाएर भेटायो।

कन्चनरुपका ओपनर सुभ कंसकारले ९३ रन बनाउदै जितमा अहम भूमिका निभाए। प्लेयर अफ द म्याच घोषित सुभले ५३ बलमा ८ चौका र ८ छक्का प्रहार गरे। राकेश कामतले २४ तथा राहुल मण्डलले अविजित २५ रन बनाए। राजदेवी एघारका बलर विजय यादवले २ तथा श्रवन यादव र जितेन्द्र यादवले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। उसको लागि श्रवन यादवले सर्वाधिक ५५ रन बनाए जुन क्रममा उनले ३० बलमा ६ चौका र ३ छक्का प्रहार गरे। हिमांशु दत्ताले ३१, मन्नु दासले १५ तथा रिजन ढकालले १४ रन बनाए।

कन्चनरुपको बलिंगमा कप्तान राशिद खान र चित्र बहादुर बिस्टले २/२ विकेट लिए। राशिदले ४ ओभरमा २२ तथा चित्रले ४ ओभरमा १९ रन खर्चिए। दिनेश अधिकारी र अरनिको यादवले १/१ विकेट लिए।

आजको दोश्रो खेलमा  छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई ३७ रनले पराजित गर्यो।

छिन्नमस्ता लायन्सले दिएको १४० रनको लक्ष्य पछ्याएको बलान बिहुलले १७.१ ओभरमा १०२ रनमा सबै विकेट गुमायो।

बलान बिहुलको लागि साहिल पटेलले सर्वाधिक २३ रन योगदान दिए। साहब आलमले अविजित १६, तुल बहादुर थापाले १५ तथा बब्बु गोठीयाले १४ रन योगदान दिए।

छिन्नमस्ताको बलिंगमा फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित अन्सारीले ३ ओभरमा २८ रन खर्चिए। मोहम्मद सोहेल र गुनंद रेले २/२ विकेट तथा बिशाल पटेल र रेवती रेले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो।

छिन्नमस्ताको लागि मयन यादवले सर्वाधिक ३२ रन योगदान दिए भने बिशाल पटेलले अविजित २९, फिर्दोश अन्सारी र बिकाश दासले समान २२ रन बनाए। बलिंगतर्फ बलान बिहुलका शाहब आलम र बब्बु गोठीयाले समान २ विकेट लिए। बिबेक यादव, नितेश यादव र गोमानन्द अमात्यले समान १ विकेट लिए।

४ खेलमा ३ जित र १ नतिजाविहिन खेल खेलपछि छिन्नमस्ता ७ अंक सहित अंकतालिकाको शिर्षस्थानमा छ। एक खेल अगावै छिन्नमस्ताले प्लेअफमा स्थान समेत सुरक्षित गरेको छ। यस्तै ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित दोश्रो स्थानमा रहेको कन्चनरुप राइनोजले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ। चारवटै खेलमा हार बेहोरेको बलान बिहुलको एक खेल अगावै प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। आजको हार पछि ४ खेलमा २ अंक रहेको राजविराज राजदेवी अंकतालिकामा पाँचौ स्थानमा छ। ३ खेलमा ३ अंक सहित तिलाठी कोइलाडी चौंथो स्थानमा छ। ३ खेलमा ४ अंक सहित तिरहुट टाइगर्स तेश्रो स्थानमा छ।

प्रतियोगिता अन्तर्गत सातौँ दिन बिहिबार पनि दुई खेल हुनेछन्। विहान ९:३० बजेको खेलमा सनराइज एघार तिलाठी कोइलाडी र कन्चनरुप राइनोज तथा दिउँसो १:३० बजेको खेलमा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]