जन्मदिन बिशेष : ज्ञानेन्द्र मल्लका ७ रोचक तथ्यहरु

Gyanendra Malla
  • विकेटनेपाल, भदौ ३१  

नेपाली क्रिकेट टिमका उपकप्तान तथा कलात्मक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको आज जन्मदिन परेको छ। सोहि अवसरमा नेपाली क्रिकेट टिमका प्रतिभाशाली ब्याट्सम्यान मल्लको बारेमा रोचक तथ्य तपाईहरु सामु प्रस्तुत गरेका छौ।

सुरुवातमै गजब

रास्ट्रिय क्रिकेट टिमको लागि खेल्नु अघि ज्ञानेन्द्र मल्लले नेपालको १५ बर्ष मुनि क्रिकेट टिमको प्रतिनिधित्व गरेका थिए। सन् २००५ को एसीसी यु-१५ कपमा नेपालको प्रतिनिधित्व गरेका मल्लले पहिलो खेल ११ अप्रिल २००५ मा कतारसंग खेलेका थिए। पहिलो खेलमै अविजित १७ रन बनाएका थिए।

उक्त प्रतियोगितामा नेपालले जित्दा मल्लले ५०.५० को औशतमा रन बनाएका थिए जसअन्तर्गत सेमीफाईनल खेलमा युएईसंग अविजित ७३ रन बनाउदै म्यान अफ द म्याच समेत चुनिएका थिए।

दक्षिण अफ्रीकालाई पराजित गर्दा उत्कृस्ट ब्याटिंग

श्रीलंकामा सम्पन्न यु-१९ बिश्वकप २००६ को प्लेट च्याम्पियनशिपको सेमीफाईनल अन्तर्गत दक्षिण अफ्रीकालाई नेपालले २ रनले पराजित गर्दा मल्लले अविजित ४६ रन बनाएका थिए। ओपनर कनिस्क चौगाईले ५९ रन बनाएको खेलमा चौथो नम्बरमा ब्याटिंग गर्न आएका मल्लको उत्कृस्ट ब्याटिंग मदतले नेपालले १०६/३ को स्थितिबाट २१४ रनको स्कोर खडा गरेको थियो।

उत्कृस्ट टिमसंग पहिलो अर्धशतक 

२००५ मा यु-१५ रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेपछि सोहि बर्ष यु-१७ र यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि खेलेका मल्लले यु-१९ बिश्वकप २००६ मा राम्रो प्रदर्शन गरेपछि सिनियर टिममा स्थान बनाए।

नामिबियासंग आईसीसी इन्टरकन्टिनेन्टल कप २००६ ( ४ दिने ) मा रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका मल्लले त्यस खेलको दोश्रो इनिंगमा अविजित १६ रन बनाएका थिए।

त्यसपछि स्टार पाकिस्तानी खेलाडीहरुले भरिएको पाकिस्तान क्रिकेट एकेडेमीसंग नेपालको प्रतिनिधित्व गरेका मल्लले दोश्रो खेलमा अविजित ७८ रन बनाउदै सिनियर टिमको लागि पहिलो अर्धशतक बनाएका थिए। उक्त पाकिस्तान क्रिकेट एकेडेमी टिममा अनवर अलि, फवाद आलम , खुर्रम मन्जुर, नासिर जम्सेद जस्ता खेलाडी पाकिस्तान रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका खेलाडी समेत थिए।

अन्तर्राष्ट्रिय खेलमा भने मल्लले एसीसी ट्रफी २००६ मा कुवेतसंग पहिलो अर्धशतक ( ७९ रन ) बनाएका थिए र म्यान अफ द म्याच समेत चुनिएका थिए।

Gyanendra Malla
Gyanendra Malla

६ बलमा ६ चौका , सबैभन्दा छिटो अर्धशतक

सन् २०१२ को एसीसी ट्रफी इलाइट प्रतियोगितामा साउदी अरबसंग ज्ञानेन्द्र मल्लले अचम्मको कारनामा गरे। खेलको दशौं ओभरमा मोहम्मद नदीमको ओभरको सबै बललाई बाउन्ड्री पार गराउदै मल्ल उक्त काम गर्ने पहिलो नेपाली खेलाडी बने।

सोहि इन्निंगमा १७ बलमै अर्धशतक पुरा गर्दै मल्लले सबैभन्दा छिटो अर्धसतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका थिए। खेलमा मल्लले अविजित ६१ रन बनाउदा २३ बलको सामना गरि १३ चौका र १ छक्का प्रहार गरेका थिए।  खेल नेपालले ९ विकेटले जितेको थियो।

२०१४ मा पहिलो शतक

२००६ मा रास्ट्रिय टिमको लागि पहिलो खेल खेलेका मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतकको लागि ८ बर्ष कुर्नु पर्यो। मलेसियामा सम्पन्न सन् २०१४ को डीभिजन-३ प्रतियोगितामा मल्लले सिंगापुरसंग उक्त सफलता हाँसिल गरे।

खेलमा पहिले ब्याटिंग गरेको नेपालको लागि तेश्रो नम्बरमा आउदै मल्लले ११४ रनको इनिंग खेल्दै शतक प्रहार गर्ने सातौ नेपाली खेलाडी भएका थिए। उनले १२५ बलको उक्त इनिंगमा १७० मिनेट ब्याटिंग गर्दै १३ चौका र १ छक्का प्रहार गरेका थिए। नेपालको लागि एकै खेलमा सर्बाधिक रन बनाउने लिस्टमा सुबास खकुरेल ( ११५ ) पछि मल्ल दोश्रो नम्बरमा छन्।

Gyanendra Malla
Gyanendra Malla

एक दिवसीय क्रिकेटमा पहिलो अर्ध-शतक

नेपालले नेदरल्याण्ड बिरुद्ध यसै बर्ष अगस्ट १ मा आफ्नो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो।

नेदरल्याण्डको घरेलु मैदानमा भएको शृंखलाको पहिलो खेलमा १९० रनको लक्ष्यको पिछा गरेको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ५१ रनको इनिंग खेल्दै जिततर्फ लैजाने प्रयास गरे। मल्लको इनिंगका बाबजुत नेपाल ५५ रनले पराजित हुन पुगे पनि ज्ञानेन्द्र भने इतिहास कायम राख्न सफल भए।

नेपाली क्रिकेट इतिहासमा आफ्नो नाम लेखाउने क्रममा ज्ञानेन्द्र मल्ल नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध-शतक प्रहार गर्ने पहिलो खेलाडी बने। ६१ बलको सामना गरेका मल्लले ८ चौका सहित ५१ रन जोडेका थिए।

Gyanendra Malla

टि२० मा नेपालको लागि छिटो अर्धशतक

यसै वर्ष श्रावणमा सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा नेपालले मलेसिया बिरुद्द ७ विकेटको जित निकाल्ने क्रममा मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक पुरा गरेका थिए। २० बलमै अर्धशतक पुरा गरेका मल्ल नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। उक्त प्रतियोगिता अघि मलेसियासंग आयोजित सिरिजमा बिनोद भण्डारीले २५ बलमा अर्धशतक बनाएका थिए। २ खेल पछिनै मल्लले उक्त रेकर्ड तोडेका हुन्।

 

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]