( Feature photo – thenational.ae )
अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग-२ मा तेश्रो जित दर्ता गर्न सफल रह्यो। ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई अघिल्लो २ खेलमा पराजित गरेको नेपालले विजयी लय कायमै राख्ने क्रममा अमेरिकाले दिएको २३१ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सफल भयो। खेलको क्रममा नेपाली क्रिकेट टिम र खेलाडीहरुले बिभिन्न कीर्तिमानहरु बनाएका छन् जुन यो लेखमा प्रस्तुत गरेका छौँ –
१. २३१ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पछ्याएको दोश्रो ठूलो लक्ष्य हो। युएई बिरुद्ध २०१९ मा नेपालले लक्ष्य पछ्याउदै सर्वाधिक २५५ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जितेको यो चौथों खेल हो।
२. कुशल भुर्तेलले बनाएको ८४ रन नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनिंग ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। यस अघि यो कीर्तिमान ज्ञानेन्द्र मल्लको नाममा रहेको थियो जसले गत वर्ष ओमान बिरुद्ध ओपनिंग गर्दै ५६ रन बनाएका थिए। यस्तै कुशल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेश्रो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन्। कुशल भन्दा बढी रोहित पौडेलले ८६ तथा पारस खड्काले ११५ रन बनाएका छन्।
३. कुशल भुर्तेल र आसिफ शेखले ६६ रनको ओपनिंग साझेदारी गरे जुन पहिलो विकेटको लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रियको सर्वाधिक ओपनिंग साझेदारी हो। आसिफ र कुशलको ६६ रनको साझेदारी समग्रमा संयुक्त रुपमा चौथों ठूलो साझेदारी हो। ओमान टुरमै पपुवा न्यु गिनी बिरुद्ध रोहित पौडेल र करन केसीले सातौँ विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए।
४. रोहित पौडेल र बिनोद भण्डारी बीच भएको ८४ रनको साझेदारी पाँचौ विकेटको लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक साझेदारी हो। यस अघि यो कीर्तिमान रोहित पौडेल र पारस खड्काको नाममा रहेको थियो जसले युएई बिरुद्ध २०१९ मा ५४ रनको साझेदारी गरेका थिए।
५. रोहित पौडेल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तिन वटा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। अमेरिका बिरुद्ध अविजित ६२ रन बनाएका रोहितले ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीसंग ८४ तथा २०१९ मा युएई बिरुद्ध पहिलो अर्धशतक बनाउने क्रममा ५५ रन बनाएका थिए। रोहित पछि पारस खड्का र ज्ञानेन्द्र मल्लले समान २ पटक अर्धशतक या त्यसमाथिको स्कोर बनाएका छन्।
६. रोहित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सर्वाधिक ब्याटिंग औशत भएको खेलाडी बनेका छन्। रोहितले ८ खेलमा २७५ रन बनाएका छन् जुन क्रममा उनको औशत ३९.२८ रहेको छ। रोहित पछि दोश्रो धेरै औशत सोमपाल कामिको ३५.८०, तेश्रो धेरै पारस खड्काको ३५ तथा चौथों धेरै कुशल भुर्तेलको ३४ रहेको छ।
७. नेपाल अमेरिका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक जित दर्ता गर्ने टिम बनेको छ। नेपालले अमेरिकालाई ३ पटक प्रतिस्पर्धा हुँदै ३ पटकनै पराजित गरेको छ। नेपाल पछि अमेरिकालाई ओमनाले २ पटक पराजित गरेको छ।