इंग्ल्याण्डलाई पराजित गर्दा भारतले बनायो ७ रोमान्चक किर्तिमान

  • विकेटनेपाल, भदौ ६ – बुधबार

कप्तान बिराट कोहलीको उत्कृस्ट ब्याटिंग र जस्प्रित बुम्राह तथा हार्दिक पान्ड्यको उत्कृस्ट बलिंगको सहयोगमा इंग्ल्याण्ड बिरुद्धको टेस्ट सिरिजमा पाहुना टोलि भारतले पुनरागमन गरेको छ। नटिंगघम् स्थित ट्रेन्ट ब्रिजमा सम्पन्न तेस्रो टेस्टमा भारतले घरेलु टोलीलाई २०३ रनले पराजित गर्यो। जितसंगै ५ खेलको सिरिज २-१ ले इंग्ल्याण्डको पक्षमा रहेको छ।

तेस्रो टेस्टमा बनेका रोमान्चक रेकर्डहरु:

५२० रन – भारतले तेस्रो पारीको समाप्तीमा लिएको अग्रता तेस्रो सबैभन्दा ठुलो हो। यसभन्दा अगाडी भारतले न्युजिल्यान्ड बिरुद्द २००९ मा ६१६ रन र श्रीलंका बिरुद्द २०१७ मा ५४९ रनको अग्रता लिएको थियो। इंग्ल्याण्ड बिरुद्द भने सन् २००७ मा लिएको ४९९ रनको अग्रतानै यसअघि सर्वाधिक रहेको थियो।

२३ – विराट कोहलीले तेस्रो टेस्टको दोश्रो पारीमा १०३ रनको पारि खेल्दै आफ्नो करियरको २३ औं टेस्ट शतक तथा कप्तानको रुपमा १६ औं शतक प्रहार गरेका छन्। उनलाई २३ औं शतक प्रहार गर्न मात्र ६९ खेल लाग्यो। अब उनि भन्दा अगाडी सर्बाधिक धेरै शतक बनाउने कप्तानहरुमा दक्षिण अफ्रिकाका ग्रेम स्मिथ (२५ शतक) र अस्ट्रेलियाका रिक्की पोंटिंग (१९ शतक) रहेका छन्।

४४० रन – विराट कोहलीले जारि सिरिजमा अहिलेसम्म बनाएको रन जुन इंग्ल्याण्डमा भारतीय कप्तानले बनाएको सर्वाधिक धेरै रहेको छ। उनले २८ बर्ष अगाडी मोहम्मद अजरुद्दीनले ३ टेस्टको सिरिजमा बनाएको ४२६ रनको किर्तिमान तोडेका छन्। कोहलीको नाममा भारतीय कप्तानको रुपमा अस्ट्रेलिया (४४९ रन) र दक्षिण अफ्रिका (२८६ रन) मा सर्वाधिक रन बनाउने किर्तिमान पनि रहेको छ।

२२ – कप्तानी गर्दै ३८ टेस्ट मध्ये २२ औं जितसँगै विराट कोहली महेन्द्रसिंह धोनी पछी सर्बाधिक सफल भारतीय कप्तान बनेका छन्। धोनीले ६० टेस्टमध्ये २७ मा जित दिलाएका थिए भने तेस्रो नम्बरमा रहेका सौरभ गांगुलीको कप्तानीमा भारतले ४९ मध्ये २१ खेल जितेको थियो।

१२ – टेस्ट क्रिकेटमा डेब्यु गर्दै पहिलो रन छक्काबाट बटुल्ने रिशब पन्त १२ औं तथा भारतका पहिलो खेलाडी बनेका छन्। उनले आदील रशिदलाई आफुले सामना गरेको दोश्रो बलमानै छक्का प्रहार गरेका थिए।

७ – रिशब पन्तले डेब्यु टेस्टमा ७ क्याच लिएका छन् जुन कुनैपनि विकेटकिपरले लिएको संयुक्त रुपमा सर्बाधिक धेरै हो। (नोट: ब्रायन तबेर र क्रिस रिडले १/१ स्टम्पिंग गरेका थिए)

११ – इशान्त शर्माले एलिस्टर कुकलाई टेस्ट करियरमा ११ औं पटक आउट गरे। भारतका तर्फबाट कुनै एउटा ब्याट्सम्यानलाई धेरै पटक आउट गर्ने किर्तिमान कपिल देवको नाममा रहेको छ जसले मुदास्सर नजरलाई १२ पटक आउट गरेका थिए भने ग्राहम गोचलाई ११ पटक।

(रेकर्ड श्रोत: क्रिकबज)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy