७ रनमै समेटियो गण्डकी, प्रदेश-१ समुह विजेताको रुपमा सेमीफाइनलमा

दाङमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा प्रदेश-१ ले गण्डकी प्रदेशलाई १४० रनको विशाल अन्तरले पराजित गरेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ८ ओभरमा ७ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुगेको हो। प्रधानमन्त्री कप महिला टि-२० कै यो सबैभन्दा कम टिम योगफल हो। स्कोरकार्ड , अंकतालिका 

गण्डकीको आठौँ नम्बरसम्मका ब्याट्सउमनहरु खाता नखोली आउट भए भने कुल ९ जनाले खाता खोल्न सकेनन्। कुसुम गोदार र सोनिया थापाले समान २ रन बनाईन्। अतिरिक्तको रुपमा प्रदेश-१ ले दिएको ३ रन गण्डकीको योगफलमा सर्वाधिक योगदान रह्यो।

पहिलो ओभरमा सबनम राईले ३ विकेट लिएपछि गण्डकीको विकेट जाने क्रम रोकिएन। दोश्रो ओभरमा संगीता राईले २ विकेट लिईन्। तेश्रो ओभरमा सबनमले १ तथा चौथो ओभरमा संगीताले अर्को विकेट लिंदा पहिलो ७ विकेट ३ रनको योगफलमा गण्डकीले गुमायो। त्यसपछि संगीताले थप २ विकेट लिंदा गण्डकी ८ ओभरमा ७ रनमै समेटिन पुग्यो।

प्रदेश-१ को बलिंगमा प्लेयर अफ द म्याच चुनिएकी संगीता राईले ५ विकेट लिने क्रममा ४ ओभरमा २ मेडन ओभर गर्दै मात्र ३ रन खर्चिन्। यस्तै सबनम राईले ४ विकेट लिने क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै मात्र ३ रन खर्चिन्। अप्सरी बेगमले १ विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १४७ रन बनाएको थियो।

५ विकेट लिएकी संगीता राई प्लेयर अफ द म्याच चुनिईन्

प्रदेश-१ को लागि रोमा थापा र काजल श्रेष्ठले अर्धशतकीय पारि खेले। रोमाले ४९ बलमा ८ चौका मद्दतले ५१ रन तथा काजलले ५७ बलमा ४ चौका मद्दतले ५२ रन बनाईन्।

पहिलो विकेटको लागि काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले ३६ रनको साझेदारी गरेका थिए। सातौं ओभरमा रुबिना आउट भएपछि दोश्रो विकेटको लागि काजलले रोमा थापासंग शतकीय साझेदारी गरिन्। दुवैले अविजित १११ रनको साझेदारी गरे जुन जारि प्रतियोगिताकै सबैभन्दा धेरै साझेदारी हो।

सेमीफाइनल समिकरण पुरा 

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० को सेमीफाइनल समीकरण पनि पुरा भएको छ।

समुह ‘ए’ को विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा लुम्बिनी तथा समुह ‘बि’ को विजेताको रुपमा प्रदेश-१ र उपविजेताको रुपमा सुदूरपश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरेका छन्।

भोलि बिहिबार हुने पहिलो सेमीफाइनलमा एपीएफ र सुदूरपश्चिम तथा भोलिनै हुने दोश्रो सेमीफाइनलमा प्रदेश-१ र लुम्बिनीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]