७१ वर्षको प्रतिक्षा सकियो, कोहली कप्तानीको भारतलाई ऐतिहासिक सफलता

  • विकेटनेपाल, पुष २३ , सूम्बर 

७१ वर्षको प्रतीक्षा पछि भारतले अस्ट्रेलियालाई टेस्ट सिरिजमा पराजित गर्दै ठुलो सफलता हात पारेको छ।

४ टेस्टको सिरिज अन्तर्गत चौथो सिड्नी टेस्ट बराबरीमा टुंगिएपछि भारत २-१ ले सिरिज आफ्नो पक्षमा पर्न सफल भयो।

सिरिज अन्तर्गत पहिलो टेस्ट भारतले ३१ रनले जितेको थियो भने दोश्रो टेस्ट अस्ट्रेलियाले १४६ रनले जितेको थियो। तेश्रो टेस्टमा भारतले कम्ब्याक गर्दै १३७ रनले जितेको थियो। टेस्ट टेस्टमा पनि जितको नजिक पुगेको भारतको लागि चौथो र पाँचौ दिनको वर्षा बाधक बनेको थियो।

टेस्टमा भारतले टस जितेर ब्याटिंग गर्दै ६२२/७ को योगफलमा इनिंग घोषणा गरेपछि ब्याटिंग गरेको अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा ३०० रनमा सबै विकेट गुमाएको थियो। फलो अनमा परेपछि पुनः ब्याटिंग गर्न आएको अस्ट्रेलियाले ६ रन बनाएको अवस्थामा वर्षाले चौथो दिन र पाँचौ दिन पनि खेल हुन पाएन। टेस्ट ड्र भए पछि भारतले सिरिज जितेको हो।

पुजारा प्लेयर अफ द सिरिज 

सिरिजमा ३ वटा शतक र एउटा अर्धशतक मदतले कुल ५२१ रन बनाएका चेतेश्वर पुजारा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए। उनले एड्लेड टेस्टमा १२३ र ७१ , पर्थ टेस्टमा २४ र ४ , मेलबर्न टेस्टमा १०६ र ० तथा सिड्नी टेस्टमा १९३ रनको इनिंग खेलेका थिए। पुजारानै चौथो टेस्टको पनि प्लेयर अफ द म्याच चुनिए।

कोहलीको किर्तिमान 

अस्ट्रेलियामा सिरिज जित्ने विराट कोहली पहिलो भारतीय र पहिलो एसियाली कप्तान समेत बन्न पुगेका छन्।

अस्ट्रेलियामा सबैभन्दा धेरै सिरिज जित्ने टिम इंग्ल्याण्ड हो जसले १३ पटक सिरिज जितेको छ भने वेस्ट इन्डिजले ४ पटक, न्युजिल्याण्डले १ पटक र दक्षिण अफ्रीकाले ३ पटक अस्ट्रेलियालाई सिरिजमा पराजित गरेको छ। तर कुनै पनि एसियन टिमले अस्ट्रेलियामा अस्ट्रेलियालाई सिरिजमा पराजित गर्न सकेको थिएन।

भारत बाहिर कोहलीको कप्तानीमा भारतले जितेको यो चौथो टेस्ट सिरिज हो। २०१५ मा श्रीलंकालाई २-१ ले, २०१६ मा वेस्ट इन्डिजलाई २-० ले तथा २०१७ मा श्रीलंकालाई ३-० ले कोहली कप्तानीको टिमले पराजित गरेको थियो।

सिरिज जितपछि कोहलीले यो आफ्नो करियरकै सबैभन्दा ठुलो जित भएको बताएका छन्।

( फोटोहरु – आईसीसी )





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]