७१ वर्षको प्रतिक्षा सकियो, कोहली कप्तानीको भारतलाई ऐतिहासिक सफलता

२०७५ पुष २३, सोमबार १०:५९

  • विकेटनेपाल, पुष २३ , सूम्बर 

७१ वर्षको प्रतीक्षा पछि भारतले अस्ट्रेलियालाई टेस्ट सिरिजमा पराजित गर्दै ठुलो सफलता हात पारेको छ।

४ टेस्टको सिरिज अन्तर्गत चौथो सिड्नी टेस्ट बराबरीमा टुंगिएपछि भारत २-१ ले सिरिज आफ्नो पक्षमा पर्न सफल भयो।

सिरिज अन्तर्गत पहिलो टेस्ट भारतले ३१ रनले जितेको थियो भने दोश्रो टेस्ट अस्ट्रेलियाले १४६ रनले जितेको थियो। तेश्रो टेस्टमा भारतले कम्ब्याक गर्दै १३७ रनले जितेको थियो। टेस्ट टेस्टमा पनि जितको नजिक पुगेको भारतको लागि चौथो र पाँचौ दिनको वर्षा बाधक बनेको थियो।

टेस्टमा भारतले टस जितेर ब्याटिंग गर्दै ६२२/७ को योगफलमा इनिंग घोषणा गरेपछि ब्याटिंग गरेको अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा ३०० रनमा सबै विकेट गुमाएको थियो। फलो अनमा परेपछि पुनः ब्याटिंग गर्न आएको अस्ट्रेलियाले ६ रन बनाएको अवस्थामा वर्षाले चौथो दिन र पाँचौ दिन पनि खेल हुन पाएन। टेस्ट ड्र भए पछि भारतले सिरिज जितेको हो।

पुजारा प्लेयर अफ द सिरिज 

सिरिजमा ३ वटा शतक र एउटा अर्धशतक मदतले कुल ५२१ रन बनाएका चेतेश्वर पुजारा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए। उनले एड्लेड टेस्टमा १२३ र ७१ , पर्थ टेस्टमा २४ र ४ , मेलबर्न टेस्टमा १०६ र ० तथा सिड्नी टेस्टमा १९३ रनको इनिंग खेलेका थिए। पुजारानै चौथो टेस्टको पनि प्लेयर अफ द म्याच चुनिए।

कोहलीको किर्तिमान 

अस्ट्रेलियामा सिरिज जित्ने विराट कोहली पहिलो भारतीय र पहिलो एसियाली कप्तान समेत बन्न पुगेका छन्।

अस्ट्रेलियामा सबैभन्दा धेरै सिरिज जित्ने टिम इंग्ल्याण्ड हो जसले १३ पटक सिरिज जितेको छ भने वेस्ट इन्डिजले ४ पटक, न्युजिल्याण्डले १ पटक र दक्षिण अफ्रीकाले ३ पटक अस्ट्रेलियालाई सिरिजमा पराजित गरेको छ। तर कुनै पनि एसियन टिमले अस्ट्रेलियामा अस्ट्रेलियालाई सिरिजमा पराजित गर्न सकेको थिएन।

भारत बाहिर कोहलीको कप्तानीमा भारतले जितेको यो चौथो टेस्ट सिरिज हो। २०१५ मा श्रीलंकालाई २-१ ले, २०१६ मा वेस्ट इन्डिजलाई २-० ले तथा २०१७ मा श्रीलंकालाई ३-० ले कोहली कप्तानीको टिमले पराजित गरेको थियो।

सिरिज जितपछि कोहलीले यो आफ्नो करियरकै सबैभन्दा ठुलो जित भएको बताएका छन्।

( फोटोहरु – आईसीसी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy