आईपिएलमा रिटेन हुन नसकेका यी ८ स्टार खेलाडी

  • विकेटनेपाल – २६ पौष, बुधवार

ईन्डियन प्रिमियर लिग (आईपिएल) को ११औं संस्करणका लागि सबै ८ टोलिले खेलाडी रिटेन गरिसकेका छन्।

दुई बर्षको प्रतिबन्ध खेप्दै चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्स आईपिएलमा फर्किएका छन् र जसको पुनरागमनले यस संसकरणको आईपिएलमा बृहत खेलाडी लिलामी (अक्सन) हुनेछ। प्रत्येक टोलिले अधिकतम ३ जना खेलाडी मात्र रिटेन गर्न पाउने व्यवस्था थियो। सबै ८ टोलिले केहि दिन अघि मात्र एक समारोह मार्फत खेलाडी रिटेन गरे। बिराट कोहली, एबी डीभिल्लर्स, रोहित शर्मा, महेन्द्रसिंह धोनी, स्टिभ स्मिथ, डेभिड वार्नर जस्ता खेलाडीहरुलाई टिमहरुले रिटेन गरे। हेर्नुस लिस्ट 

तर खेलाडी रिटेन गर्दाको केहि निणर्यले भने सारा आईपिएल समर्थकलाईनै चकित बनायो। आईपिएलका केहि स्टार खेलाडीलाई आफ्नो फ्रेन्चाइजले रिटेन गरेनन्।

यी हुन् ति ८ खेलाडी जसलाई आफ्ना टोलीले रिटेन गरेनन् :

क्रिस गेल : वेस्ट ईन्डिजका बिष्फोटक ब्याट्सम्यान क्रिस गेललाई रोयल च्यालेन्जर्स बैंगलोरले रिटेन गरेन। टि-२० क्रिकेटमा विश्वकै सबैभन्दा खतरनाक ब्याट्सम्यानका रुपमा गेललाई लिने गरिन्छ। बैंगलोरका लागिपनि धेरै बिष्फोटक पारि खेलेका छन्। टि-२० क्रिकेटमा १०,००० रन बनाउने पहिलो खेलाडी पनि हुन् गेल। बैंगलोरले बिराट कोहली, एबी डीभिल्लियर्स र सरफराज खानलाई रिटेन गरेको छ।

ग्लेन म्याक्स्वेल : यस सिजनको आईपिएलमा रिटेन हुन नसकेका अर्का टि-२० का स्टार खेलाडी हुन् ग्लेन् म्याक्स्वेल। किंग्स एलेभेन पन्जावका लागि पछिल्ला केहि सिजनदेखि खेल्दै आएका म्याक्स्वेल अहिले भने लयमा देखिएका छैनन्। खतरनाक अष्ट्रेलियन ब्याट्सम्यान म्याक्स्वेल भर्खरै मात्र अष्ट्रेलियाको राष्ट्रिय टोलिबाट पनि ड्रप भएका छन्। केहि समय किंग्स एलेभेन पन्जावको कप्तानी समेत गरेका म्याक्स्वेल यस पटक भने अक्सनमा जानेछन्। पन्जावले यसपटक अक्षर पटेललाई मात्र रिटेन गर्यो।

डेभिड मिलर : दक्षिण अफ्रिकी बिष्फोटक ब्याट्सम्यान डेभिड मिलरलाई पनि यसपटक किंग्स एलेभेन पन्जावले रिटेन गरेन। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने ब्याट्सम्यानको किर्तिमान भर्खरै मात्र आफ्नो नाम गरेका मिलरले आईपिएलमा समेत शतक बनाईसकेका छन्। पन्जावका लागि एक्लो प्रयासमा केहि खेल जिताईसकेका मिलरले अघिल्लो सिजनमा भने खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

हाशिम आम्ला : किंग्स एलेभेन पन्जावले यसपटक रिटेन नगरेका अर्का टि-२० का स्टार खेलाडी हुन् हाशिम आम्ला। आम्लाले अघिल्लो सिजन किंग्स एलेभेनबाट खेल्दै प्रतियोगितामा दुईवटा शतक बनाएका थिए। क्लासिकल ब्याट्सम्यानका रुपमा चिनिने आम्लालाई पन्जावले रिटेन नगर्दा सारा आईपिएल समर्थक चकित भए। टि-२० क्रिकेटमा पनि क्लासिकल ब्याट्सम्यानको भूमिका हुन्छ भनेर आम्लाले प्रमाणित गरिसकेका छन्। अब आम्लापनि जनवारीको २७ र २८ तारिखमा हुने अक्सनमा जानेछन्।

डव्येन ब्राभो : वेस्ट ईन्डिजका स्टार टि-२० अल-राउण्डर डव्येन ब्राभो पनि रिटेन नभएका एक प्रमुख खेलाडी हुन्। इनिंगको अन्त्यतिर आई ठुला सट प्रहार गर्न र आफ्नो चतुर बलिंगका लागि चिनिने ब्राभो रिटेन हुन सकेनन्। चेन्नई सुपरकिंग्सबाट २०१५ को सिजन खेलेका ब्राभोले चेन्नई प्रतिबन्धित भएपछी भने गुजरात लायन्सबाट खेलेका थिए। तर यसपटक चेन्नईले महेन्द्र सिंह धोनी, सुरेश रैना र रबिन्द्र जडेजालाई रिटेन गर्यो। उत्कृस्ट अल-राउण्ड क्षमतासंगै खेलमा पृथक शैलीको कारणले गर्दा पनि ब्राभो आईपिएलमा परिचित छन्। उनको च्याम्पियन डान्स विश्वभरिका क्रीकेट समर्थकमाझ निकै प्रख्यात छ। यसपटकको अक्सनमा महँगोमा बिक्ने एक सम्भाब्य खेलाडी हुन् ब्राभो।

शिखर धवन : बायाँ हाते बिष्फोटक ब्याट्सम्यान शिखर धवनलाई सनराईजर्स हैदराबादले यस पटक रिटेन गरेन। भारतका नियमित ओपनर धवन, पछिल्लो केहि समयदेखि उत्कृस्ट लयमा रहेका छन्। अघिल्लो सिजनको आईपिएलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सुचिमा शिर्ष ३ मा अटाएका धवनलाई यसपटक कुन टोलीले किन्ने छ भनेर त जनवारी २७ र २८ मानै थाहा हुनेछ।

गौतम गम्भीर : आईपिएलकै सबैभन्दा सफल कप्तान मध्येका एक मानिने गौतम गम्भीरलाई यसपटक कोलकत्ता नाईट राईडर्सले रिटेन गर्न उचित ठानेन। सौरभ गांगुलीको स्थानमा कप्तान बने यता गम्भीरले कोलकत्तालाई आईपिएल इतिहासकै एक सफल टोलि बनाएका छन्। तर आफ्नो सफल कप्तानलाईनै रिटेन नगर्नु कोलकत्ताको आश्चर्यजनक निर्णय रह्यो। यो निर्णय कलकत्तालाई कति महँगो सावित हुनेछ त समयलेनै बताउने छ।

युवराज सिंह : सनराईजर्स हैदराबादको रिटेनेशन सुचिमा नपरेका अर्का स्टार खेलाडी हुन् युवराज सिंह। बायाँहाते बिष्फोटक ब्याट्सम्यान युवराजले आईपिएल क्रिकेटमा एक “म्याच विनर” को रुपमा आफुलाई स्थापित गरेका छन्। अल-राउण्ड प्रदर्शनको क्षमता राख्ने युवराज आफ्नो एक्लो प्रयासमा खेल जिताउ सक्षम खेलाडी हुन्। सन २०१६ मा सनराईजर्स हैदराबादले आईपिएल ट्रफी जित्दा, युवराजको भूमिका महत्वपूर्ण थियो।

यी ८ खेलाडी बाहेकपनि अन्य केहि त्यस्ता खेलाडी छन् जो रिटेन नहुँदा सारा क्रिकेटप्रेमी अचम्मित रहे। यजुभेन्द्र चहल, केएल राहुल, रबिचंद्रन आश्विन, ब्रेन्डन मैक्कलम जस्ता खेलाडी रिटेन हुन सकेनन्। जनवारी २७ र २८ मा हुने अक्सनमा यी खेलाडीलाई कति मोल लाग्नेछ त्यो हेर्न लायक रहनेछ।

यो पनि पढ्नुस – कोहली बने आईपिएल इतिहासकै महङ्गा खेलाडी, हेर्नुस कसको मूल्य कति ?





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]