हंगकंगद्वारा नेपाललाई ८३ रनको लक्ष प्रस्तुत

  • विकेटनेपाल, २६ मङ्सिर- मंगलबार 

एसीसी अन्डर १६ इस्टर्न प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेपाल र हंगकंग प्रतिस्पर्धा गरिरहेका छन्।

टेर्ड थाई मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको हंगकंगले पहिलो इनिंगको समाप्तिमा ३५ ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाई ८२ रन बनाएको छ। स्कोरकार्ड 

हंगकंगलाई ८२ रनमै सिमित गर्न नेपाली बलर प्रतिस जिसीले सर्बाधिक ३ विकेट हात पारे जुन क्रममा उनले ७ ओभरमा २ मेडन ओभर सहित १५ रन मात्रै खर्चिएका थिए। यस्तै अत्यन्त किफायती बलिंग गरेका अजय कुमार लुनियाले २ विकेट लिने क्रममा कुल ७ ओभर बलिंग गर्दै ५ मेडन ओभर सहित मात्र २ रन खर्चेका थिए। नारायण जोशी र निखिल कुमार सिंहले पनि १/१ विकेट हात पारे l

प्रतिस जिसीले ३ विकेट हात पारे

हंगकंगको लागि सातौ नम्बरमा ब्याटिंग गरेका आर्यन शरद शेट्टीले सर्बाधिक २४ रन बनाए जुन क्रममा २ छक्का र १ चौका प्रहार गरे। यस्तै कल्हन चल्लुले १६ तथा आरुष भागवतले १२ रन योगदान दिए।

नेपालले आफ्नो पहिलो खेलमा हिजो सोमबार थाईल्याण्डलाई १३३ रनले पराजित गरेको थियो। यस्तै हंगकंगले आफ्नो पहिलो खेलमा म्यानमारलाई २१२ रनले पराजित गरेको थियो।

अजय लुनियाले अत्यन्त किफायती बलिंग गरे

८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा हंगकंग, थाईल्याण्ड र म्यानमारसंगै रहेको छ।नेपालले १४ डिसेम्बरमा म्यानमारको सामना गर्नेछ। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

प्रशिक्षक – जंगबहादुर थापा, दिपेन्द्र चौधरी

नेपालको खेल तालिका –

११ डिसेम्बर : नेपाल- थाईल्याण्ड

१२ डिसेम्बर : नेपाल – हंगकंग

१४ डिसेम्बर – नेपाल – म्यानमार

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy