नेपाल र नामिबिया टी-ट्वान्टी आईमा पहिलो पटक खेल्दै

काठमाडौं । नेपाल र नामिबियाबीच पहिलो पटक टी-ट्वान्टी आई खेल हुने भएको छ ।

मंगलबारबाट सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित टी-ट्वान्टी आईको पहिलो खेलमा नेपाल र नामिबिया खेल्दै छन् । नेपाल र नामिबियाबीच ओडिआई तथा लिस्ट ए मान्यताप्राप्त खेलमा पटक पटक भेट भए पनि टी-ट्वान्टी आई मान्यताप्राप्त खेलमा पहिलो पटक खेल्दैछन् ।

नेपाल र नामिबियाबीच २०१५ मा आयरल्यान्डमा एक टी-ट्वान्टी खेल तय भए पनि वर्षाका कारण खेल रद्द भएको थियो । २०१६ को टी-ट्वान्टी विश्वकप छनोटको सो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ दशमलब ४ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल हुन सकेको थिएन । खेल पुन सुचारु हुन नसकेपछि दुवै टोलीले अंक बाडेका थिए । यस खेलले टी-ट्वान्टी आईको मान्यता भने पाएको थिएन ।

नामिबिया टी-ट्वान्टी आईमा नेपालको २२ औं प्रतिद्वन्दी बन्दैछ । सिरिजको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग खेल्दैछ । मंगलबार सुरु हुने सिरिजको खेलतालिका अनुसार पहिलो खेलमा नेपाल र नामिबिया खेल्नेछन् ।

दोस्रो खेल २८ फेब्रुअरी अर्थात फागुन १६ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा २९ फेब्रुअरी अर्थात फागुन १७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् । नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा १ मार्च अर्थात फागुन १८ मा नामिबियासँग खेल्नेछ । २ मार्चमा अर्थात फागुन १९ मा नेदरल्याण्ड्स खेल्दा नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।

नेपाली टोली :

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, राशिद खान, आरिफ शेख, सागर ढकाल र अभिनास बोहोरा ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]